चौथो अंग : परराष्ट्र मामिलामा संवेदनशील हुनुपर्छ, तर घुम्न बोलाउँदैन कि भन्ने लोभ पत्रकारमा देखिन्छ

चौथो अंग : परराष्ट्र मामिलामा संवेदनशील हुनुपर्छ, तर घुम्न बोलाउँदैन कि भन्ने लोभ पत्रकारमा देखिन्छ

केही वर्षअघि भारत र चीनले पक्राउ परेका आफ्ना नागरिकलाई सीधै आफ्नो देशमा सुपुदर्गी गरिनुपर्ने प्रस्ताव ल्याए।

नेपाली मिडियाले यो नेपालको स्वार्थमा नहुने भन्दै निरन्तर समाचार लेखे। त्यसपछि यो प्रकारको सन्धि हुन पाएन। प्रसारण लाइन सहयोगमा नै बनाउनुपर्ने भएपछि अमेरिकाले बनाइदिनेभयो। यो हाम्रो राष्ट्रिय स्वार्थमा थियो, यो बन्नुपर्छ भन्ने लाइनमा मिडियाले ढिलै भए पनि लेखे एमसीसीको पक्षमा।

त्यस्तै एसपीपीमा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले सहभागी हुन अमेरिकालाई पत्र नै पठाएका थिए। मिडियामार्फत नै यो बाहिरियो। यो सैन्य मामिलामा हामी बस्न हुँदैन भन्ने निरन्तर लेखेपछि यो सम्झौता भएन। चीनले (बेल्ट एण्ड रोड इनिसियटिभ) बीआरआई सम्झौता गर्ने प्रस्ताव गर्यो। 

२०७३ सालमा बीआरआईमा हस्ताक्षर भयो। मिडियाले बीआरआई सम्झौता हुनुपर्छ भनेका थिए। चुच्चे नक्सा पारित गर्ने बेला पनि नेपाली मिडियामा एक थिए। विकास निमार्णको काम र सैन्य मामिलामा के अडान हुने भन्नेमा मूलधारका मिडियाले राष्ट्रिय स्वार्थलाई माथि राखेर रिपोर्टिङ गर्ने गरेका छन्।

चीन, भारत र अमेरिकाको पक्षपोषण मिडियाले गरेका छैनन्। अपवाद होलान्। जता पनि तर मिडियाले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गरेको देखिन्छ।

तर कतिपय राजनीतिक दल, स्वतन्त्र भनिएका व्यक्तिहरू राष्ट्रवादी ठहरिन भारतको विरोध गरेको देखिन्छ। राष्ट्रवादी ठहरिन भारतको विरोध गर्नुपर्ने कस्तो खाले मानक हो यो ? कुटनीतिक, सैन्य मामिला र अन्तर्राष्ट्रिय व्यापारको रिपोर्टिङ गर्दा मिडियाले अझ बढी संवेदनशील भएर काम गर्नुपर्छ। यस मामिलामा हामीले धेरै लेख्न सक्थ्यौँ लेखेका छैनौँ तर संवेदनशीलता पनि गुमाइहालेका छैनौँ। 

०००
२०५४ सालदेखि हो मैले लेख्न सुरु गरेको। पत्रकारिता भने ५७ सालदेखि सुरु भयो। अन्नपूर्ण पोष्टमा सहसम्पादकको रूपमा काम गरेँ। डेस्कमा बसेर अंग्रेजीका समाचार नेपालीमा, नेपालीका समाचार अंग्रेजीमा अनुवाद गरेँ। डेस्कभन्दा रिपोर्टिङ गर्नुपर्छ भन्ने लाग्यो। 

विदेशी मिडियाका सामग्री पढिरहने भएकाले कस्ता समाचार कसरी लेखिन्छ। कुन समाचारलाई प्राथमिकता कसरी दिइन्छ भन्नेबारे अलि अलि भए पनि ज्ञान थियो। मैले रिपोर्टिङ गर्ने भएँ।

अन्नपूर्ण पोष्टले डेभलप्मेन्ट जर्नालिजम पढ्न ४ महिनाको लागि भारत पठायो। त्यहाँ गएर पढिएन मात्रै, नेपाली राजनीतिमा उथुलपुथलको समय थियो। दिल्लीमा खुबै चहलपहल थियो। माओवादीसँग विस्तृत सम्झौता हुनेदेखि कांग्रेस, एमाले माओवादीका शीर्ष नेता त्यतै थिए। केही व्यक्तिहरूले 'लोकतन्त्र' भन्ने पत्रिका पनि निकालेका थिए। मैले दिल्लीबाट यहाँ रिपोर्टिङ गर्न थाले। 

पछि अन्नपूर्णले मलाई दिल्लीमै बसेर रिपोर्टिङ गर्न भन्यो। उतै बसेर काम गरियो। 'हिन्दूस्तान टाइम्स', 'बीबीसी' नेपाली सेवामा समेत काम गरियो। दिल्लीमा बसेर काम गर्दा दिल्लीले हामीलाई हेर्ने नजर भारतसँग हामी राजनीतिक मात्र नभएर सामाजिक र सांस्कृतिक रूपमा कति टाढा नजिक छौँ भन्ने कुरा बुझ्न पाइयो। 

भारतसँग हाम्रो सीमा विवाददेखि खुला सिमानाका फाइदा/बेफाइदा दुवै छन् तर हामीले हाम्रो पक्षबाट काम गरेका छौँ कि छैनौँ प्रमुख कुरा हो। 

भारतले नेपालबाट बर्सेनि कति रेमिट्यान्स लैजान्छ, कुन तहमा भारतीय नागरिक काम गर्छन् भन्ने सबै सूचना राखेको छ।

नेपालले भने भारतमा कति नेपाली काम गर्छन् कुन तहमा काम गर्छन्, कति रेमिट्यान्स आउँछ भनेर टेन्टेभ्ली तथ्यांकबाहेक केही राखेको छैन। जसले गर्दा भारतमा उच्च तहमा पुगेका नेपाली र सहयोगी मजदुर भएर बसेका नेपालीबारे पर्याप्त जानकारी नै छैन।

नेपालबाट दिल्ली बसेका केही रिपोर्टरले यो सबै हेर्न सक्दैनन्। एक त हाम्रो स्रोत र साधनले भ्याउँदैन, अर्को हामी कुटनीति भनेको राजनीति मात्रै हो भन्ने भ्रममा पनि छौँ। यो ह्याङबाट पत्रकारहरू उत्रिन जरुरी छ। 

कुनै पनि देशप्रति आक्रामक र नरम हुन जरुरी छैन 

नेपालमा ६० प्रतिशतभन्दा बढी मत कम्युनिष्ट पार्टीप्रति देखिन्छ। पञ्चायतकालमा भारतको विरोध गरेर राष्ट्रवादी ठहरिन्थे पञ्चहरू। १९९० पछि यही ह्याङमा रहे अधिकांश नेपालका कम्युनिष्ट पार्टीका सदस्यहरू। त्यसको रिफ्लेक्सन नेपाली मिडियामा देखिन्छ।

भारतसँग हाम्रा तमाम समस्याहरू छन्। तर एकोहोरो विरोध गरेर समस्या समाधान हुँदैन। परेको बेला कुरा नउठाउने तर बाहिर बाहिर विरोध गरेर कुटनीति बलियो हुँदैन। 

कांग्रेसको सरकार अथवा समर्थनमा बने भारतनिकट,एमालेको सरकार बने चीननिकट भनेर भाष्य सिर्जना गरेका छन् नेताहरूले। यसलाई मलजल गर्ने काम भने मिडियाले गर्यो।

नेताहरूले भनेको आधारमा समाचार लेख्ने परख नगर्ने, खास के हो त भनेर खोजी नगर्ने हुँदा यस्तो समस्या देखिएको हो।

नेपालका राजनीतिक दलहरूमा काम गराइको हिसाबले कुटनीतिमा नेपाली कांग्रेसले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेको त देखिन्छ तर कुरा गर्दा भने कांग्रेस बेमतलवी असंवेदनशील देखिन्छ यसको ठ्याक्कै उल्टा कम्युनिष्ट पार्टीहरू देखिन्छन्। काम गर्दैनन् कुरा गराइमा संवेदनशील देखिन्छन्। बोलाइ र गराइ दुवैमा हुनुपर्ने हो, तर राजनीतिक दलहरू त्यस्ता देखिएनन्। 

कुटनीतिमा रिपोर्टिङ गर्ने पत्रकारहरू निकै खारिएर आइरहेका छन् पछिल्लो समय। तर केही पत्रकारहरू बीआरआईमा किन काम भएन भनेर समाचार लेख्दा चीन रिसाउला कि भन्नेमा पनि छन्। 

भारतले परियोजना बनाउन उत्साहका साथ प्रस्ताव गर्छ, कार्यान्वयनमा विलम्ब गर्छ। यसमा पनि कुरा उठाउँदा भारत रिसाउला कि, घुम्न बोलाउँदैन कि भन्ने लोभ गर्ने पत्रकार पनि नभएका होइनन्।

घुम्न बोलाए बोलाओस्, नबोलाए नबोलाओस्, आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर पत्रकारले समाचार लेख्ने हो, नकि कोही रिसाउलान् भने।

जुन पत्रकारले तथ्य र प्रमाण अनि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर समाचार लेख्छन् तिनलाई विदेशी कुटनीतिज्ञले पनि राम्रो सम्झेको मैले पाएको छु। 

कुटनीतिका दायरा फराकिलो भयो 

परराष्ट्र मामिला भनेपछि राजनीतिक नेतृत्वबीच हुने छलफल र सम्झौता मात्रै प्रमुख समाचार होइनन्। परराष्ट्र मामिला रिपोर्टिङ गर्ने पत्रकारले कुनै पनि देशमा प्रधानमन्त्री  विभिन्न सम्झौता हुन गइरहेको छ भने त्यसको पिक्चराइज गरेर लेख्न सक्नुपर्छ।

कुन सम्झौता हुँदा भारतले के भन्यो, हाम्रा प्रधानमन्त्रीले के भने ? कुन बिन्दुमा अड्किए ? कुन विन्दुमा कुन कारणले गाँठो फुक्यो ? हाउभाउ कस्तो थियो ? जति आउनुपर्ने हो त्यति आएका छैन। यो हाम्रो रिपोर्टिङको कमजोरी पक्ष हो।

यो बिटको रिपोर्टिङ गर्दा भावनामा बहने, सोसल मिडियाको पछि लाग्ने, आफूलाई लागेको कुरा भन्ने होइन, जे हो त्यही फ्याक्ट भन्ने हो। 

त्यस्तै कुटनीति मामिलामा रिपोर्टिङ गर्ने पत्रकारले, व्यापार, राष्ट्रिय सुरक्षा, भूमि, ऊर्जा, भूपरिवेष्ठित राष्ट्र भएपछि त्यसको अधिकार, पारवहनको सुविधा, भन्सार आदि विषयको ज्ञानमा पकड राख्नुपर्छ। यस्ता विषयमा भएका सन्धि सम्झौताको निरन्तर फलोअप गर्नुपर्छ। 

उदाहरणका लागि चीनसँग बीआरआई सम्भौता गरेको ६ वर्ष भइसक्यो। अहिलेसम्म किन काम भएन भनेर फलोअप किन नगर्ने ? योबारे समाचार लेख्दा चीन रिसायो भने; उसको मामिला हो, हामीले त सरकारलाई पो जवाफदेही बनाएको हो त।

भारतले विभिन्न नदीमा लाइसेन्स होल्ड गरेर राखेको छ। यसबारे समाचार लेख्दा भारत किन रिसाउने ? खाडी मुलुकमा हाम्रा कामदार जान्छन्, त्यहाँ हाम्रा कामदारमाथि भएको अन्यायबारे लेख्दा त्यो मुलक रिसाउँछ भनेर सोच्ने नै हैन। हामीले तथ्य र प्रमाणका आधारमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर लेख्ने हो। 

कुनै समय सेना र कुटनीति दरबारको पकडमा थियो। सन् १९९० पछि खुलेको कान्तिपुर, काठमाडौँ पोष्टले लेख्थे केही समाचार। त्यसअघि त प्रेस विज्ञप्तिसमेत अति गोप्य भनेर पठाइन्थ्यो। अहिले यो अधिकार नागरिकमा आएको छ।

नागरिकले बनाएको सरकार नागरिकप्रति जवाफदेही हुनुपर्छ। अहिले भएको पनि यही हो। कतिपयले दलहरूको पालामा विदेशी सम्बन्ध कमजोर भयो नेपाल त विदेशीको क्रीडास्थल नै बन्यो भनेर भनिरहेका छन्, यो हामी पत्रकारले चिर्नु जरुरी छ। 

हिजो २००७ सालको दिल्ली सम्झौताले नेपालमा प्रजातन्त्र आयो। भारतको शरणमा गएका हुन् राजा त्रिभुवन। २०६२ सालको सम्झौता पनि दिल्लीमै भयो। यसैलाई टेकेर राजा र दलहरू दुवैलाई देशभक्ति थिएनन् भनेर तर्क गर्नु कत्तिको ठीक ?

नेपालको स्वार्थमा कस्तो सम्झौता भयो/भएन भनेर हेर्न जरुरी छ। विदेशी आउनै नहुने, कोही आयो भने क्रीडास्थल बन्यो भनेर उफ्रिन जरुरी छैन। लोकतान्त्रिक मुलक हो नेपाल। कुनै पनि विदेशी नेपालले भिसा दियो भने पढ्न, घुम्न, काम गर्न आउन सक्छ।

कुन विदेशीले के गरिरहेको छ, हामीले निगरानी गर्ने हो; हौवाको पछाडि लाग्ने होइन।

अहिले पत्रकारिताको चुनौती भनेको पनि यसैलाई चिर्ने पनि हो। विभिन्न देशमा भएका सम्झौता कार्यान्वयन भएनन् भने किन भएनन् ? भयो भने के के काम भयो भनेर लेख्नु पनि हो।

सरकारको विदेश नीतिमा पत्रकारले आलोचनात्मक भएर पनि लेख्न सक्छ। जस्तोः इराक र अफगानिस्तानमा भएको अमेरिकी हमलाको त्यहाँको मिडियाले आलोचना गरेका थिए। केही समय पहिलेसम्म भारतीय मिडियाले पाकिस्तानप्रति भारतीय सरकारको रवैयाको आलोचना गर्थे। संसारमा  कुटनीतिकै होस्, सरकारले गलत गरेको छ भने आलोचना गर्ने चलन छ। हामीले पनि यो चलनलाई पछ्याएका छौँ।

हामीले कुटनीतिको रिपोर्टिङ गर्दा प्राथमिकतामा पर्ने गरेका विषयहरूः अन्तर्राष्ट्रिय मञ्चहरूमा हाम्रो उपस्थिति, हाम्रा सरकार प्रमुखहरूको सम्बोधन र अन्तर्राष्ट्रिय रेस्पोन्स, हाम्रा मुद्दाहरू अहिले जलवायु परिर्वतनका सवालहरू, श्रम कुटनीति, व्यापार र नेपालमा निमार्ण हुन लागेका सम्बन्धित देशले बनाइदिने पुर्वाधारहरू हामीले सम्झौतापछि कम फलोअप गरेका छौँ। हामीले यसमा ध्यान दिनु जरुरी छ। 

कुनै समय यो बिटमा काम गर्ने एकदमै थोरै पत्रकाहरू थिए। ती पनि दरबारमा केन्द्रित कुटनीति मामिलाका। अब भने त्यो छैन। त्यसकारण आफैं संवेदनशील भएर हौवाको पछि नलागेर भावनामा नबगेर कुटनीतिको रिपोर्टिङ गर्न जरुरी छ। 

अहिले भइरहेको पत्रकारिताभन्दा अझ बढी हामीले काम गर्न सक्छौँ। 

(अन्नपूर्ण पोष्ट्, बीबीसी नेपाली सेवा, हिन्दुस्तान टाइम्समा काम गरेका गिरी अहिले काठमाडौँ पोष्टमा आबद्ध छन् उनैसँग चौँथो अंगका लागि प्रजु पन्तले गरेको कुराकानी।)

 

चौथो अंगका पुराना श्रृंखला

कमजोर सम्पादक, ठेस लाग्ने पत्रकारिता

सेनापति त सम्पादक हो, रिपोर्टरलाई किन दोष ?

धन्न ! प्रकाशकका सन्तानले पत्रकारितामा रुचि देखाएनन्, नत्र सम्पादक पनि उनीहरू नै हुन्थे

प्रुफ रिडरसँग बहस गर्न सक्ने सम्पादक छैनन्, अनि कसरी सुध्रन्छ भाषा ?

समुदायको हुनुपर्ने रेडियो दलको मुठ्ठीमा पुगे

प्रकाशकलाई फोटो पत्रकारले बिगारे

पलायन भएनन् भने १० वर्षमा महिला पत्रकारले ठूलै मिडिया लिड गर्छन्

नेपाली मिडियामा डिजाइन बुझ्ने सम्पादक नै छैनन्

बिहान पत्रिका हेरेपछि लाग्छ, बित्थामा समय खेर गयो

'पत्रकार, सम्पादक र साहु नै दलमा आश्रित भए'

...बरु भेडा चराउन सजिलो

पत्रकार महासंघको चुनावमा दलका नेताले किन चासो राख्छन्, मै छक्क पर्छु

चौथो अंगमा राजकुमार बानियाँ : सम्पादकहरु झोलुङ्गे पुल जस्ता भए, काम नगर्ने हल्लिने मात्रै

सत्ता गुम्ने डरले विद्युतीय कारोबार ऐनको दुरुपयोग

 त्रिवि पत्रकारिता विभागमा सिन्डिकेट छ

सञ्चारगृहको असहयोगका कारण पत्रकार जोखिममा छन्

जोखिम मोलेर काम गर्ने रिपोर्टरलाई प्रोत्साहन छैन

धेरैजसो स्वास्थ्य पत्रकार ‘टिप्स’ मा रमाइरहेका छन्

नेताको खल्तीबाट नियुक्ति पाएकाहरुबाट सही सूचनाको के आश?

नेपाली पत्रकारितामा महेन्द्रको ‘एक भाषा’ नीति अझै फेरिएन

प्रेस सल्लाहकार बनेका पत्रकार बिचौलिया भए

चौथो अंगमा भिडियोग्राफर देवआनन्द : तलबबिना पनि कसैले काम गर्नसक्छ ?

चौथो अंगमा दिलभुषण : टिभी पत्रकार अल्छी, सञ्चालक बोधो

 चौंथो अंगमा केदार शर्मा : मिडियाको नाकको डोरी पाठककै हातमा हुन्छ, हुनुपर्छ

चौथो अंगमा प्रकाशक उज्ज्वल शर्मा : अधिकांश सम्पादक घमन्डी छन्, प्रकाशकलाई मुर्ख ठान्छन्

चौथो अंगमा पत्रकार हर्ष सुब्बा : स्रोत भेरिफाइ नगरे मिडियामा अनुजा काण्ड दोहोरिइरहन्छ

चौथो अंगमा देवेन्द्रराज पाण्डे : पञ्चायतमा राज्यले समाचार सेन्सर गर्थ्यो, गणतन्त्रमा व्यापारीले गर्छन्

चौथो अंगमा राम भट्टराई : प्रेस काउन्सिलमा देखाइने पत्रिका बिक्रीको विवरण सबै झुटा हुन्

चौथो अंगमा किशोर थुलुङ : पत्रकारलाई लाइसेन्सको कुरा उठ्दा किन टाउकोदुखाइ ?

चौथो अंगमा पूर्व मार्केटिङ विभाग प्रमुख नरेन्द्र राजभण्डारी : साहु कारमा, कर्मचारी मारमा

हाम्रा मिडिया हिसाब-किताब सार्वजनिक गर्न किन सक्दैनन् ?

चौथो अंगमा पत्रिका बिक्रेता रामकृष्ण धिताल : ग्राहक पैसा दिँदैनन्, मिडिया हाउसले चिन्दैनन्

चौथो अंगमा गजेन्द्र बुढाथोकी : समाचार छाप्ने-नछाप्ने सम्पादकले हैन मार्केटिङले निर्णय गर्न थालेका छन्

शिक्षा पत्रकारिता लेनदेनमा फस्यो, पत्रकार ‘हण्डी’  खाने भए

कला पत्रकार सतही भए, सिएटी क्याट लेख्न त एबिसिडी पढेकै हुनुपर्छ नि !

समाचार बुझ्ने सम्पादक कम भएकाले सूचनाको हक प्रयोग भएन 

समाचार वाचकमा ‘न्युज सेन्स’ हुनैपर्छ

प्रधानमन्त्रीको डटेर आलोचना गर्ने पत्रकार सर्वोत्तम सिमेन्टसँग हच्किन्छ

सम्पादक क्लिकमै रमाउने, रिपोर्टरले मात्रै के गरोस् ?

न्यायाधीशहरुको पहुँच समाचारकक्षसम्म छ

सम्पादकले नमानेपछि भूमिगत रुपमा रिपोर्टर चलाउँछन् प्रकाशक

विचार जे भए पनि समाचार कक्षमा छिरिसकेपछि स्वतन्त्र हुनुपर्छ

नेपालीको ‘हाउडे’ चरित्र मिडियामा पनि देखिन्छ

लेख्ने अग्रगामी, व्यहोरा भने पश्चगामी

टेब्लोइड पत्रिकाको क्रेज अब फर्किंदैन 

प्रवक्ता जस्ता पत्रकार, किस्सामा समाचार लेखाउने सम्पादक

दिनभरि सेयर बजारका खेलाडी, साँझ पत्रकार

च्याँखे थाप्ने मिडिया, साहुको मुनिम जस्ता सम्पादक

ब्रेकिङ दिने होडमा तथ्यलाई नै बेवास्ता गर्छन् हाम्रा मिडिया

रेडियोमा रिपोर्टिङ टिम नै छैन, चोरचार गरेर समाचार सम्प्रेषण हुन्छन्

प्रकाशकले मिडियालाई नाफा कमाउने हतियार बनाए

ज्योतिष हेराएर रङ छान्ने लगानीकर्ताले टिभीको स्वरुप बिगारे

रिपोर्टरले राजनीतिक दलको धारणा बोल्दा कुटनीतिक पत्रकारिता कमजोर

विश्वविद्यालयको गोल्डमेडलिस्टले नेपालको मिडियामा किन करिअर देख्दैन ?

दाताले उठाएको इस्युमा लेखौँला तर फाइलिङ कपी देखाउँदिन भन्ने पत्रकार कति छन्?

दिपेश घिमिरे : पत्रकारिताले होस गुमाउँदा ठूला काण्ड ओझेल, दोषीलाई उन्मुक्ति

चौथो अंगमा मीरा ढुंगाना : सम्पादकदेखि रिपोर्टरसम्मले महिलाका मुद्दालाई प्रमुख समाचार किन देख्दैनन् ?

चौथो अंगमा कन्हैयालाल केशरी : मोफसलका पत्रकारले भोकै काम गर्नुपर्ने हो ?

चौथो अंगमा मनिष झा : नेपाली मिडियाका प्रश्नकर्ता टिप्पर ड्राइभर जस्ता- अगाडि मात्रै देख्ने, तथ्य नकेलाउने

चौथो अंगमा बिनु सुवेदी : राजनीतिक रिपोर्टरको लक्ष्य सम्पादक होइन, नेताका प्रेस सल्लाहकार बन्ने देखियो

चौथो अंगमा अजयभद्र खनाल : विज्ञापन र प्रोजेक्ट हात पार्न मिडियाको संघीयकरण भयो, समाचारमा भएन

चौथो अंगमा कृष्ण पहाडी :  लज्जाबोध नगर्ने पत्रकार, कर्मकाण्डी नागरिक समाज

चौथो अंगमा कुबेर चालिसे : बेला-बेला शंका लाग्छ, हामीले गरिरहेको काम पत्रकारिता त हो !  

चौथो अंगमा रञ्जित तामाङ : जिल्लामा खटाइएका संवाददाता विज्ञापनका डिलर जस्ता भए

अनलाइनहरु 'बैठक बस्दै, बस्यो, सकियो' पाराका ब्रेकिङको पछि मात्र कुदे

जति उफ्रिए पनि मिडियाले मतदाताको मनस्थिति बदल्न सक्दैनन्

 नियमित तलब नदिने प्रकाशक भएको क्षेत्रमा समाचारमा लगानी भएन भनेर के आलोचना गर्नु !

 कला पत्रकार ठेकेदारको शरणमा, कलाकारका पिआर एजेन्ट जस्ता

समाचार नै लेख्न नजान्ने सम्पादक, अपलोडर भए कपी इडिटर

सम्पादकलाई चिठी लेख्न समेत नसिकेका पत्रकारिताका विद्यार्थीले प्रथम श्रेणीमा स्नातक गरेका छन्

हाम्रा मिडिया विज्ञापन आउन्जेल बोक्ने, आउन छोडेपछि ठोक्ने

पैसा लिएर गरिएको समीक्षा कस्तो हुन्छ? राम्रो फिल्म बनाउनेले त पैसा बाँड्दैन नि !

पहिले पत्रकार हुँ भन्दा इज्जत हुन्थ्यो, अहिले त इमान-सम्मान सबै गुमाए

कतै काम नपाएपछि बनेका रिपोर्टर र भडास मात्रै पोख्ने सम्पादक भएपछि सकिएन त पत्रकारिता !

पर्यटन पत्रकारितामा रिपोर्टर कम भए, सम्पादक बल्ल बुझ्दै छन्

नेपाली चलचित्र क्षेत्रमा अवार्ड किनबेच हुन्छ, तर रंग पत्रकार एक अक्षर लेख्दैनन्

स्वतन्त्र रहनुपर्ने पत्रकार दलका कार्यकर्ता जस्ता भएपछि नेताले हेपिहाल्छन् नि !

हाम्रा मिडिया व्यापारीले जसलाई ठोक् भन्यो ठोकिदिन्छन्, जसलाई बोक् भन्यो जुरुक्कै बोक्छन्

मिडिया र अदालतको सम्बन्ध बाघ र सिकारीको जस्तो, आँखा झिमिक्क भयो कि आक्रमण गरिहाल्ने

कर्पोरेट हाउसहरूबाट निजी मिडिया जति नियन्त्रित छन्, सरकारी मिडिया सरकारबाट त्यो भन्दा बढि स्वतन्त्र छन्

समाचार एजेन्सीले विश्वसनीय समाचार दिनुपर्नेमा चोरेर बेच्न थालेपछि कसले पत्याउने !

दलित बालिका बलात्कृत हुँदा बाहुन-क्षेत्रीको घटनामा झैँ मिडियाले किन स्पेश दिँदैनन् !

भारतको मूलधार मिडियाले मुसलमानलाई जसरी हेर्छन्, नेपालका मूलधार मिडियाले मधेसीलाई त्यसरी नै हेर्छन्

स्केचमा त प्राथामिकता नदिएका अनलाइनले कार्टुनलाई किन दिन्थे र! 

समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

उत्पादकलाई नै मेरो समाचार पैसा तिरेर पढ्न लायक छ भन्ने विश्वास छैन, अनि कसले तिर्छ पैसा!

राजाले टीका लगाएर बनाएका मन्त्री जस्ता भए अहिलेका सम्पादक

धेरैजसो स्तम्भकार दलसँग जोडिए, विचारमा सत्ताको गीत मात्रै गाए

सामाजिक सञ्जालमा मिडिया सामग्रीबारे प्रतिक्रिया दिनेहरू अराजक हैनन्, असल पाठक हुन्

व्यापारीसँग पत्रकारको अपवित्र गठबन्धन हुँदा सत्तासँगको ‘नेक्सस’ बाहिर आउँदैन

सत्ताको भाषा बोलेर मुद्दालाई उपेक्षा गर्ने र बहसै नगर्ने भए हाम्रा मिडिया

अहिले पत्रकारले हैन स्रोतले समाचार लेखिरहेका छन्, थाहा पाएर पनि सम्पादक मौन छन्

पत्रकारिता गरेर रवीश कुमार हैन विनोद चौधरी बन्न चाहनेहरू नेपाली मिडियामा हावी भए

समाचारमा सिन्डिकेट चलेको छ, पत्रकार व्यस्त हैन अस्तव्यस्त छन्

मिडिया अनुसन्धान हामीलाई के चाहिएको छ, हैन दातृ निकायले के खोजेका छन् त्यसैमा बढि केन्द्रित भयो

अहिलेका रिपोर्टरले सम्पादकलाई नै टेर्दैनन्, व्यक्तिगत स्वार्थले पत्रकारिता पत्रु हुँदै गयो

सम्पादक भएर एउटै समाचार नलेख्ने अनि रिपोर्टर बिग्रिए भनेर कराउने?

युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

स्रोतले बतायो भन्दै अनुमान गर्दै लेखिने समाचारले समाधान दिँदैन, प्रश्न मात्र जन्माउँछ

राशिफल पत्याउनेले नेपाली प्रेसलाई पत्याउँदिन भन्न मिल्छ?

काठमाडौंका सम्पादकलाई कुन जिल्लामा को रिपोर्टर छ भन्ने समेत थाहा हुँदैन

नेपाली मिडियाले सीमान्तकृत समुदायको आँशु मात्रै देख्छ अनी आफ्नो अखबारमा टाँसेर बेच्छ

रिपोर्टरहरू सिक्नै नचाहने भए, सम्पादकहरू भोलिको बाटाे बनाउन लागे

विषय उठाएपछि वारको पार लगाउने टिभी शो भएनन्

नेपाली पत्रकारहरूले पदको हिसाबमा चाँडै छलाङ त मारे तर क्षमता...

भनेअनुसार फोटो खिच्ने त हुन् भनेर रिपोर्टरले फोटोपत्रकारलाई कम नआँके हुन्छ

ठूला मिडियाले लत्तो छाडे, सम्पादकहरू निरीह बन

अन्तर्राष्ट्रिय मिडियाले हिमाल र गरिबीकै स्टोरी खोज्छन्, अन्य इस्यूमा हामीले कन्भिन्स गर्न सकेनौँ

युट्युब जत्तिका पनि भएनन् अहिलेका टेलिभिजन

चौथो अंग : प्रहरीको प्रवक्ताजस्ता भयौँ सुरक्षा बिटका पत्रकार

रिपोर्टरले फिल्डमा जाने प्रस्ताव ल्याए सम्पादकले कताबाट पैसा जोहो गर्ने भनेर सोच्नुपर्ने अवस्था छ

चौथो अंग : नेपालका मिडियामा काम गरौँ भन्ने नै लाग्दैन, कि आफैँ खोल्ने कि विदेशीमा काम गर्ने

जेठ २३, २०८० मंगलबार १६:०४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।