ब्याच नम्बर ६९ः नेपालका केही प्रभावशाली नेता 'हनी'सँगै 'मनी' ट्रयापमा परेका देखिन्छन्

ब्याच नम्बर ६९ः नेपालका केही प्रभावशाली नेता 'हनी'सँगै 'मनी' ट्रयापमा परेका देखिन्छन्

हनी ट्रयापबारे लेख्दालेख्दै केही हप्ता ब्याच नम्बर ६९ रोकियो। रोकिनुको कारण पारवारिक दुःख। यो बीचमा मेरो मुमाको स्वर्गारोहण भयो। धार्मिक कर्म पूरा भएपछि पुनः ब्याच नम्बर ६९ लाई निरन्तरता दिँदैछु उही हनी ट्रयापको विषयबाटै। 

नेता, सरकारी कर्मचारी लगायतलाई फसाएर काम लिन जासुसी संयन्त्र वा अन्य स्वार्थप्रेरित समूहले ट्रयापमा पार्ने गर्छन्।सरकारी संयन्त्रसँगै राजनीतिक तहका व्यक्तिहरू पनि हनी ट्रयापमा नपर्ने हैनन्। परेका छन्। यसमा जासुसी संयन्त्रले पनि ट्रयाप थाप्न सक्छन्। अथवा कुनै नेताको राजनीतिक करिअर धरासायी भए फाइदा हुन सक्ने समूहले पनि यस्तो ट्रयापको प्रयोग गरेको देखिन्छ नै। 

राजनीतिक हनी ट्रयापबारे एक घटना उल्लेख गर्न मन लाग्यो। तर यो नेपालको हैन, भारतको हो।

भारतीय राष्ट्रिय कांग्रेसका नेता थिए नारायणदत्त तिवारी। उनी प्रधानमन्त्रीसम्म हुनसक्ने क्षमताका नेता। तर उनको कमजोरी युवती। त्यही कमजोरीको प्रयोग गरेर उनलाई हनी ट्रयापमा पारियो र राजनीतिक करिअर नै ध्वस्त बनाइयो। 

त्यो ट्रयापै थियो।

सन् १९९१ मै उनको श्रीमतीको मृत्यु भएको थियो। त्यसपछिका दिनमा उनको नाम युवतीहरूसँग जोडिएर आइरहन्थ्यो। तर उनी निकै प्रभावशाली नेता।

उनी प्रधानमन्त्री हुने स्तरका थिए। आर्थिक सामाजिक विकासमा उनलाई अब्बल मानिन्थ्यो। 

उत्तरप्रदेश अनि उत्तराखण्डको मुख्यमन्त्री भए उनी। उत्तरप्रदेशको त तीन पटक मुख्यमन्त्री भएका थिए।  उनी राजीव गान्धीको मन्त्रिमण्डलमा विदेश मामिला मन्त्री र पछि अर्थमन्त्रीसमेत भएका थिए। 

उनको राजनीतिक यात्रा तीव्र रूपमा अगाडि बढिरहेको थियो। धेरैले उनलाई भारतको भावी प्रधानमन्त्रीकै रूपमा हेर्ने गर्थे। तर सेक्स सक्यान्डलमा परिरहँदा उनको करिअरमा धक्का लागिरहेको थियो। 

उनी सन् २००७ तिर आन्ध्र प्रदेशको राज्यपाल भए। उनका लागि यो नै सबैभन्दा ठूलो धक्का बन्यो। अनि उनको राजनीतिक यात्रा सक्कियो। 

सन् २००९ तिर हैदराबादमा रहेको गभर्नरको निवास जसलाई 'राज भवन' भनिन्छ त्यहाँ तिवारी तीन जना युवतीसँग खाटमा आपत्तिजनक अवस्थामा रहेको भिडियो फुटेज सार्वजनिक भयो। 

पहिला स्थानीय तेलगु च्यानलले फोटो सार्वजनिक गरेको थियो। पछि फुटेजहरू नै आए। त्यसपछि उनको तीव्र विरोध शुरु भयो। राजीनामै दिन बाध्य भए। यो काण्डले उनको राजनीतिक यात्रा नै सक्कियो। 

यो हनी ट्रयापै थियो। त्यो बेलामा भारतीय जनता पार्टीलाई कांग्रेसविरुद्ध केही न केही हतियार चाहिएको थियो। त्यसमा तिवारीको व्यक्तिगत कमजोरी उपयोग गर्दै उनलाई ट्रयापमा पारियो। 

सन् २००८ मा उज्जवला तिवारी नामकी महिलाले आफ्नो छोराको बाबु नारायणदत्त तिवारी भएको दाबी गर्दै अदालतमा मुद्दा हालेकी थिइन्। यसले पनि उनलाई अप्ठ्यारो पारेको थियो। 

सन् २०१४ मा ती युवक र तिवारीको डीएनए परीक्षण गर्दा उनी तिवारीको जैविक सन्तान भएको पुष्टि भयो। अनि तिवारीले ८८ वर्षको उमेरमा आफ्नो जैविक सन्तानको आमासँग विवाह गरेका थिए। 

नेपालमा पनि केही नेताहरू फसेका देखिन्छन्। मिडियामा समाचारको रूपमा सार्वजनिक हुन्छन्। तर त्यो त्यति गम्भीर रूपमा अगाडि बढेको छैन।

प्रधानमन्त्री तहका व्यक्ति गोप्य मिटिङमा हुँदा पनि कुनै महिला विषेशको फोन आउँदा उठाउने गरेकोसम्म सूचना आइरहन्थ्यो प्रहरीमा हुँदा। 

माथिल्लो तहका नेताहरूको सम्बन्धबारे पनि सूचनाहरू आइरहन्थे। अलि बढी जोखिम बढ्न सक्ने देखिएको अवस्थामा निगरानीसम्म हुन सक्थ्यो। तर त्यसभन्दा अगाडि बढेको याद छैन। 

सबैभन्दा गम्भीर केस देखिएको तत्कालीन सभामुख कृष्णबहादुर महराको हो। उनीमाथि पहिला बलात्कार आरोप लाग्यो। पछि बलात्कार प्रयासको आरोप लाग्यो।

पछि आरोप लगाउने युवती र महरा लामो समयदेखि सम्बन्धमा रहेको पनि देखियो। अदालतसम्म पुग्दा पीडित भनिएकी युवतीले बयानै बदलिइन्। महराले सफाइ पाए। 

अब यसलाई ट्रयाप भन्ने या होस्टाइल भन्ने अलि अन्योल देखिन्छ। तर उच्च तहका व्यक्ति यौन काण्ड सार्वजनिक भएको त पहिलो घटना नै होला। 

जासुसी ट्रयापबारे यस अगाडिको अंकमा पनि मैले लेखेको थिए। त्यो रसिनयबारे थियो। रसियनहरू हनी ट्रयापकोबारे बदनामै छन्। उनीहरूले यसको धेरै प्रयोग गरेका पनि छन्। 

अब नेपालको हकमा हेर्ने हो भने अब भित्रभित्रै ट्रयापमा पारेर आफूअनुकूल काम गराएर गुपचुपै पारेको भए एउटा कुरा, नत्र नेपालमा रसियनहरूले त्यसरी उच्च तहका नेता वा कर्मचारीलाई हनी ट्रयापमा पारेको मेरो प्रहरी करिअरमा जानकारीमा आएन। 

युरोपियन अनि अमेरिकीहरूले पनि ट्रयाप थाप्छन्। तर उनीहरूको ट्रयाप हनी हैन ‘मनी’ हुन्छ। आफूअनुकूल काम गराउन उनीहरू जति पनि पैसा खर्च गर्न राजी हुन्छन्। यसको प्रभाव नेपालको प्रशासन र राजनीतिक तहमा देखिएका पनि छन्। 

नेपालमा पछिल्लो समय बढेको देखिएको हनी ट्रयाप राज्य संयन्त्रमै प्रभाव पार्ने तहको भन्दा पनि रकम असुल्ने तहसम्म मात्रै देखिन्छ। तर भोलिका दिनमा के हुन्छ भन्न सकिन्न।

ब्याचका पुराना अंक

१- गोपालजिजंग शाहको प्रश्नले पुर्यायो प्रहरीमा

- ..अनि भाग्ने योजना बनाएँ

३- दर्ज्यानी चिह्न लगाउँदा झण्डै बेहोस

४- बराल सरको संगतले अनुसन्धानको सीप सिकें

५- क्या विश्वास थियो प्रहरीको !

६- चिच्याउँदै प्रहरीहरू हाँडीगाउँतिर भाग्न थाले

७- उनको त्यो तस्बिर

८- पहिलो बढुवामै छुटेपछि मेरो दृष्टिकोणै बदलियो

९- सुन लिएर हवल्दार भागेपछि…

११- आफ्नै स्टाफले मेरो जासुसी गरे

१२- खरेलले भने- सर तपाईं त अर्कै खालको हुनुहुँदोरहेछ

१३- एक वर्षका लागि गएको १३ वर्ष पो बसें

१४- विजयकुमार गच्छदारले डिआइजीमा बढुवा गर्नै मानेनन्

१५- डन पत्रिकामा आएको समाचारले हेरोइनको अन्तर्राष्ट्रिय सञ्जालसम्म पुर्यायो

१६- विमानस्थलै तस्करलाई ठेक्का दिएको त्यो समय

१७- एभरेस्ट होटेलको गाडिमा २ सय ५० किलो चरेस ओसारियो

१८- साथीको हराएकी श्रीमती खोज्दै गडगडे पुग्दा चरेस तस्कर भेटिइन्

१९- चरेस, सुन र डलर तस्करीको जालो

२०- दरबारमा एडिसीले नै चरेस लगेर युवराज दीपेन्द्रलाई दिन्थे

२१- चरेस तस्करीमा जोडिएका एभरेष्ट होटलका सञ्चालक लारी आउँदै आएनन्

२२- व्यापारी मिलेर अफगानिस्तानको अफिम दाना नेपाल भित्र्याएको त्यो घटना 

२३- जापानको आपराधिक समूह याकुजाका तीनजना कार्यालयमै भेट्न आए

२४- नेपालमा गाँजा खुला गराउने राजनीतिक फन्डा मात्र हो, सम्भव छैन

२५- कांग्रेस सांसदको सुटकेसमा ३० किलो चरेस

२६- 'रामशरण महत' हेरोइन सहित अष्ट्रेलियामा समातिँदा..

२७- प्रहरीलाई चरेस ग्याँङमा पठाउँदा झन्डै ज्यान गएन

२८- जर्मन नागरिकको गाडी भत्काइसकियो, चरेस छैन त !

२९- जर्मन अदालतको त्यो बहस जसले पानी-पानी बनायो

३०- चरेस बोकेको छ भन्ने जान्दाजान्दै पनि धेरैलाई छाडियो

३१- अदालतले हेरोइन तस्कर रविन्सनलाई छाडेपछिको हंगामा

३२- ड्राइभरले सर्वोच्चको न्यायाधीशसँग सेटिङ मिलाएर कुख्यात तस्कर रविन्सन छुटाए

३३- अष्ट्रेलियाका रविन्सन भनेको त न्युजिल्याण्डका हेरोइन तस्कर स्टेभन पो रहेछन्

३४- ६ सय ६९ किलो चरेस क्यानडा पठाउन खोज्ने कुख्यात तस्कर सर्वोच्चबाट छुटेपछि

३५- कुख्यात चरेस कारोबारीलाई छाड्ने न्यायाधीश नै नेपालको पहिलो उपराष्ट्रपति बनेपछि

३६- व्यापारी मिलेर अफगानिस्तानको अफिम दाना नेपाल भित्र्याएको त्यो घटना

३७- जब डेनमार्कको टोली नै नेपाल आयो

३८- हजार बढी हेरोइन कारोबारी फन्दामा परेको अप्रेसन पेजर

३९- हेरोइनको कुख्यात तस्कर कपिलदेवले भने, 'ल म नेपाल आउँला'

४०- प्रहरी जवान नै लिएर गायब भए हेरोइन तस्कर असलम

४१- आँखै अगाडि तालिबानले गरेको त्यो सुसाइड आक्रमण

४२- काबुल एयरपोर्टमा टाँसिएको नेपाली महिलाको तस्बिरको रहस्य

४३- हेरोइन तस्करीमा जोडिएका पन्जाबी दाजुभाइले चित खुवाए

४४- पिछा गर्दागर्दै थापाथली चोकमा जर्मन तस्कर गायब

४५- तस्कर पछ्याउँदा प्रहरी टोलीले गरेको 'सिल्ली मिस्टेक'

४६- मिर्जा दिलसाद बेगको पोल खोल्दै बेलायतबाट आएको त्यो पत्र

४७- चार्ल्स शोभराजको कल डिटेल संगठनले पटक-पटक माग्यो तर मैले भएर पनि दिइनँ

४८- त्यसपछि अपराधीले मोबाइल बोक्नै छाडे

४९- विवाह गर्दै नेपाली महिला जापान लैजाने त्यो जापानिज

५०- सामान्य सूचना पछ्याउँदा विश्वको शक्तिशाली आपराधिक समूहका सदस्य फेला परे

५१- धन्न पेटमा हेरोइन लिक भएन, नत्र ठहरै हुन्थ्यो

५२- जापानमा एकाएक पत्रकारले घेरेपछि

५३- काठमाडौँमा समातिएका अपराधी रातारात भारत कसरी पुग्छन् ?

५४- कुनै बैंकको खाता रित्तै बनाउनेलाई पनि कारबाही गर्ने कानुनी आधार नबनाउने देश हो नेपाल

५५- प्रहरी हुँदैमा अपराध अनुसन्धान गर्न आउने भए गायन तालिम लिएका सबै लता मंगेशकर हुन्थे

५६- अन्तर्राष्ट्रिय तस्कर भागेपछि पाएको त्यो हन्डर

५७- तस्करको दराजमा सांसदहरुको रातो पासपोर्टको चाङ

५८- ताहाचलमा भेटियो तान्त्रिकको भेषमा अमेरिकी तस्कर

५९- प्रहरीले जाहेरी कुरेर बस्दा तमासा बन्यो पल शाह प्रकरण

६०- डेरा होला भनेको त चरेसको कारखानै रैछ

६१- बाफ रे, कोट भित्रको कपासमा एक किलो सेतो हेरोइन !

६२- फोनमा छोटा राजनले भन्यो- कुछ चिन्ता नही, सबकुछ होगा

६३- सिरियल किडन्यापर अमर टण्डनसँग दीपक मनाङेका केही गुण मिल्छन्

६४- अपराध अनुसन्धानका सबै प्रक्रिया सार्वजनिक गर्नैपर्छ र !

६५- आइजिपी बनाउने अधिकार प्रधानमन्त्री र गृहमन्त्रीको हातबाट फुत्केर शक्तिकेन्द्रमा पुगिसक्यो

६६- नेताले कुनै प्रहरी मेरो दलको हो नि भनेर च्याप्नु मूर्ख बन्नु मात्र हो

६७- सत्य हो, प्रहरीले चाहे निर्वाचनमा जित्ने उम्मेदवार हार्छन्, हार्ने जित्छन्

६८- गृहमन्त्रीहरूको भविष्य किन चौपट हुन्छ !

६९- आफ्नालाई नियुक्त गर्न एआइजी सिंहलाई बर्खास्त गरियो, परिणाम सुडान काण्डमा देखियो

७०- तीन आइजिपी लहरै जेल जाँदा गृहमन्त्रीहरू हाँस्दै रमिता हेरिरहेका थिए

७१- सुडान प्रहरीले हैन नेताले रचेको कान्ड थियो, तर प्रहरी मात्रै फसे

७२- सुजाताको ज्वाईलाई सुडान कान्डको बयानमा बोलाउने कसको हिम्मत!

७३- नेपालमा दाउद- छोटा राजनझैँ ग्याङवार दोहोरिने त हैन !

७४- व्यापारी अपहरणका योजनाकार गृहमन्त्रीको क्वाटरमा !

७५- अमेरिकी गुप्तचरले नेपालबाटै भारतीय गुप्तचरलाई भगायो

७६- हाम्रो ब्याच सुपरहिट हुन्छ भन्थे तर ..!

७७- मेसिनले विमानस्थलकै हाकिमले सुन लुकाएको देखाएपछि…

७८- प्रहरी सङ्गठनमा आपराधिक सूचना हैन त्यस भित्र 'अर्थशास्त्र' खोज्नेहरू बलिया हुँदै गए

७९- अमेरिकी ज्वाइँलाई  चरेस खोज्न ठमेलभरि घुमाउँदा...

८०- नक्कली अपराधी बनेका प्रहरी जब सक्कलीझैँ जेल पर्न थाले

८१- चरेस किन्न जाँदा अपराध महाशाखाको टोलीले पक्राउ गरेर लग्यो

८२- कार्गो र कुरियर भनेका लागुऔषध कारोबारी नै हुन् त?

८३- चरेस बेच्न आउनलाई टिमले यसरी गफमा भुलाए कि चिन्दै चिनेन

८४- जब निलो प्लेटको गाडी अन्तर्राष्ट्रिय कुख्यात तस्करको घरमा छिर्यो

८५- एनजिओको प्रतिनिधि बनेर मकवानपुरको गाँजा गाउँमा पुग्दा

८६- जब बारा-पर्सामा कांग्रेस गाँजा भित्रियो

८७- प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयले लागु औषध कार्यालय छाड्नै पर्ने बनायो

८८- एसएसपीलाई उनकै बडीगार्डले हत्या गर्न गोली हानेपछि..

८९- युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

९०- युनुस मार्न आएका सुटर मनमितको डायरीमा थप तीन जनाको नाम देखेपछि तनाव बढ्यो

९२- भारतीय कन्ट्रयाक्ट किलर मनमितले भन्यो' म त ग्यालेक्सीको स्टुडेन्ड, गीता म्यामले पढाएको'

९३- छोटा राजनले फोनमा भन्यो' वो मेरा बच्चा है, ख्याल रखना'

९४- युनुस घटनामा भारतीय सुरक्षा सङ्गठनको भूमिका देखेपछि प्रधानमन्त्रीलाई भने' योबारे भारतको प्रधानमन्त्रीसँगै कुरा गर्नुपर्यो'

९५- दूतावासका कर्मचारीलाई गोली हानेपछि पाकिस्तानी अधिकारीले रिसाउँदै भने 'भिड्ने भए बैंकक आउँ'

९६- मारवाडीदेखि भिक्षुसम्मलाई गोली हान्दै लुट्दै गरेर निर्दयी अपराधी समूहले हैरान बनाए

९७- सन्की बेरोजगार समूहको हातमा पेस्तोल पर्दा...

९८- पाँच जनाको हत्यामा संलग्न क्रूर सुटरले सजाय हैन राष्ट्रपतिबाट माफी पो पाए

९९- गृहमन्त्री गच्छदारले नै 'डिआइजीमा बढुवा हुन हेमन्तले ५० लाख घुस दिन आयो' भनेर हल्ला चलाए

१००- जसको आमा मारिइन् उनैको पैसाले अनुसन्धान गर्नुपर्दा बिजोगै भयो

१०१- ब्याच नम्बर ६९ : लाख कमाएर करोडौँको फुइँदिँदा अपहरणमा परेर झन्डै ज्यान गएन

१०२- ब्याच नम्बर ६९ : पाँचौँ दिनमा अनुसन्धान सफल होला भनेको त सिमपानीको जङ्गलमा शव फेला पर्यो, मनै खङ्ग्रङ्ङ भयो

१०३-प्रेममा शंका भएपछि विवेकले कामै गरेन, बेलायतबाट नेपाल आएर प्रेमिकालाई जंगलमा लगेर मारे

१०४- ड्याङ गोली चल्यो अनि रोजी पुर्लुक्क ढलिन्, न प्रेमीको बदला पुरा भयो न प्रेमिकाको ज्यानै रह्यो

१०५- भ्रष्ट र उद्दण्ड समाजले जन्माउने नेता रविजस्तै त हो नि

१०६-सुन र अफिमको कुरै छाडौँ, अब त अमेरिकाबाट नेपालमा गाँजा पो आउन थाल्यो !

१०७- ४० लाखमा तीन सय वर्ष पुरानो आकाश भैरवको मूर्ति किन्दा

१०८- युवतीले एक दिनका लागि भए पनि विवाह गरौँ भनेपछि…

१०९-ब्याच नम्बर ६९ : प्रधानमन्त्री पत्नीले ‘गृहमन्त्री र गृहसचिव त मैले बनाएको हो नि!’ भन्दै थर्काएपछि...

११०-ब्याच नम्बर ६९ः शरणार्थी प्रकरणमा पैसा लिने नेता जोगिने, उठाउने बिचौलिया जेल जाने हुनसक्छ

 

२४ जेठ, २०८०, १५:१८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।