उकेरा कोलम

ब्याच नम्बर ६९ : जब डेनमार्कको टोली नै नेपाल आयो


लागुऔषध सम्बन्धी अपराध अन्तरदेशीय नै हुन्छ। कुनै एक देशको सीमाभित्र रहेर यसको अनुसन्धान गर्न सम्भव हुन्न। अपराध अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय केही कानुनहरू छन्। केही पद्धती र प्रक्रियाहरू छन्। तर लागुऔषधको अनुसन्धानमा पद्धती र प्रक्रिया जस्ताको त्यस्तै फलो हुन्छ भन्ने छैन।

कुनै केसको अनुसन्धानमा आन्तरिक निर्णयको आधारमा पनि हुन्छ।

अनि देशअनुसार अनुसन्धान पद्धतीका प्रक्रियाहरू अनौठा पनि हुन्छन्। कुनै- कुनै प्रक्रिया देख्दा त हामी नै छक्क पर्छौँ। त्यसले हामीलाई अन्तर्राष्ट्रिय अनुसन्धान पद्धती, अदालती प्रक्रियाबारे बुझाउँछ। कुनै-कुनै पद्धती हामीलाई पनि काम लाग्छ।

यसपाली चै अनुसन्धानको क्रममा मलाई अचम्म लागेको २ वटा घटनाबारे उल्लेख गर्छु। नेपालको अनुसन्धान पद्धती र प्रक्रिया अनि अदालतको अधिकार र व्यवहार हेर्ने हो भने हाम्रा लागि त त्यो असम्भवै हो।

पहिलो केस डेनमार्कको।

यो चाहिँ २०५ किलो चरेससँग जोडिएको घटना हो। २००७ तिरको हुनुपर्छ। लागुऔषध अनुसन्धान इकाइबाट विमानस्थलको कार्गोमा अनुगमन गर्न कर्मचारी खटिएका हुन्छन्। त्यो बेलामा इकाइबाट असई कृष्णगोपाल पनेरु र नवराज खटिएका थिए।

कार्गोबाट नेपालको प्राचीन डिजाइनका काठका झ्याल र  दराजहरू डेनमार्क पठाउन विमानस्थलमा पुगेको रहेछ। उनीहरूलाई शंका लाग्यो। लुसुक्क ड्रिल गरेर परीक्षण गर्दा ह्वास्स चरेसको गन्ध आएछ।

उनीहरूले इकाइमा खबर पठाए 'फर्निचरको कन्साइन्मेन्टमा चरेस छ।'

त्यो बेला इकाइको प्रमुख हुनुहुन्थ्यो कुमार कोईराला। हामी दगुरेर विमानस्थल पुगिहाल्यौ। हेरेको हो रहेछ। गन्ध आयो। अनि सबै फर्निचर फुटाएर हेर्यौँ। उनीहरूले फर्निचरको चेपहरूमा चरेस राखेर लैजान खोजेको देखियो। सबै चरेस निकालेर जोख्दा २ सय ५ किलो निस्कियो।

कार्गोमा त्यो फर्निचर डेनमार्कको कहाँ पुर्याउन आँटेको त्यो ठेगाना थियो नै। इकाइले तत्काल डेनमार्कमा लागुऔषध हेर्ने इकाइलाई खवर गरेर कार्गो लिनेहरुको नाम र ठेगाना टिपायौ। यो त उतापट्टीको काम भयो। यता पट्टि त कसले पठाउन लागेका हुन् उनीहरु खोज्नुपर्यो।

कार्गो गर्न आएका २ जनाको नाम खुल्यो। एक जनाको नाम बिर्सिए। दोस्रो ब्यक्ति थिए अब्दुल कादिर। दुबैजनालाई पक्राउ गरेर अनुसन्धान गर्दैजाँदा उनीहरुलाई सामान दिने खुल्यो। तर उनी अन्डरग्राउन्ड भइसकेका थिए।

OOO
कार्गोमा खटिएका प्रहरीको चनाखोपनका कारण यो केस खुलेको थियो। उनीहरुले शंका नगरेको भए चरेस सहजै डेनमार्क पुग्थ्यो। इकाइमा छलफल गर्यौ' पनेरुलाई पुरस्कृत गरौँ।' सबै जना राजी भइहाल्यौ। लेखापढि गरेर प्रहरी प्रधान कार्यालयमा लेखेर पठायौँ। उताबाट सदर भयो।

पनेरु काम सक्काएर घर गइसकेका थिए। भोलीपल्ट उनी कार्यालयमा आउँदा असइबाट सइभइसकेका थिए। सईको फुली लगाइदिँदा उनी छक्कै परेका थिए। उनको बढुवाको समय भएको थिएन। तर इकाइका असइमध्ये सिनियर थिए। यसरी पुरस्कृत गर्दा पुरस्कृत हुनेको मनोबल त बढ्छ नै अन्य कर्मचारीको मनमा पनि इमान्दारीताका साथ जिम्मेवारी निर्वाह गर्यो भने संगठनले हेर्छ है भन्ने आत्मबल बढ्छ।

OOO

डेनमार्कमा अनुसन्धान जारी थियो। यता हामी पनि खोजीरहेका थियौँ। पाँच दिनजतिपछि केशव खरेल सरासर मेरो कोठामा आएर कुर्सीमा बस्दै भने' सर हामीले समातेका र खोजिरहेका त भरिया मात्र रहेछन्।'

मैले यसो उनीतिर हेरे। अनुसन्धान अर्को टिम थियो नै। उनले आफ्नै तरिकाले अनुसन्धान गरेका रहेछन्।
'के रैछ खरेल सर ?'

मेरो जिज्ञासापछि उनी भरर ब्रिफिङमा लागिहाले' यसका मुख्य कारोबारी नेपाली हैनन्, डेनिसहरु हुन्। यसमा २ जना देखिएका छन्। एक जना नेपाल बस्ने अर्का उतै।  उनीहरु अहिले नेपालमा छैनन्, डेनमार्क पुगिसके। ती दुई जनामध्ये एक जना स्वयम्भूमा बस्थ्यो। उसले नेपाली केटी विवाह गरेको छ। नेवार समुदायकी हुन् उनी। पहिला पुलिसमा जागिर खान्थिन्। ट्राफिकमा थिइन्। प्राय : ड्युटी सिंहदरवार अगाडि हुन्थ्यो।'

खररर सबै कुरा सिध्याए। के पत्याउने, के नपत्याउने। मुसुक्क हाँसे मात्र। जो दुई जना भनिएको थियो त्योमध्ये नेपाल बस्नेको नाम माइकल नेन्चेन थियो। डेनमार्कबाट उनीहरुले पाएका तथ्यहरु भेरिफाई गर्न नेपाल पठाइरहेका थिए। हामीले सकेको भेरिफाई गरेर पठाइरहेका थियौँ।

केही दिनमै डेनमार्कमा २ जना पक्राउ परेको सूचना आयो। ती दुई जना लामो समय नेपालमा बसेर फर्किएको खुल्यो। खरेलले जे भनेका थिए मिल्यो। अनुसन्धान चलिरहेको थियो। कुमार कोइराला सरको सरुवा भयो। उहाँको ठाउँमा केशव बराल सर आउनुभयो।

एक दिन डेनमार्कबाट सन्देश आयो 'हामी यहाँको डेनमार्कबाट कोर्टको आदेश लिएर नेपाल आउन लागेका छौँ। हामी चरेसको केसको अनुसन्धान गर्न आउन लागेका हौँ। तपाइको देशले स्विकार गर्छ कि गर्दैन?'

यो त सरकारसँग अनुमति लिनुपर्ने विषय भयो। हामीले यसबारे गृहलाई जानकारी गरायौँ। स्विकृती आएपछि त्यही जानकारी गरायौँ।
केही दिनपछि उताबाट टिम आयो। उनीहरुको टिम र काम गर्ने पद्धती देखेर छक्क परेँ।

टिममा थिए सरकारी वकिल, प्रतिवादीको वकिल अनी अनुसन्धान गर्ने प्रहरी पनि।

हाम्रोमा कुनै केसबारे सरकारी वकिलले आफ्नो पारामा तयारी गर्छन्। प्रतिवादीको वकिलले आफ्नै पारामा तयारी गर्छन्। यी दुबैले एकले गरेको तयारी अर्कोले थाहा नपाओस् भन्ने ध्येय देखिन्छ। प्रहरीले पनि एक्लै अनुसन्धान गर्छन्।

उनीहरु सबै एकै टेवलमा बसेर काम गरिरहेका थिए। नयाँ केही तथ्य फेला परेपछि सामूहिक रुपमा तर्कवितर्क गर्थे। नेपालमा विवाह गरेका डेनमार्कको नागरिकको श्रीमतीसँग उनीहरुले भेट्न चाहे। त्यो भन्दा अगाडि परिवारसम्म हामी पुगेका थिएनौँ। बोलायौँ।
भर्खरको केटी रहिछिन्। सानो बच्चा नि रहेछ। उनी कोठामा आए लगत्तै जय नेपाल गरिन्। थाहा भइहाल्यो उनी प्रहरीमा रहिछिन्।

'बहिनी प्रहरीमा थियौ?" 
'हो सर।'
'अनि सिंहदरबार अगाडि ड्युटी बस्थ्यौ?'
'हजुर सर'

खरेलले ल्याएको सूचना सत्य रहेछ। डेनमार्कको टोली नेपालमा बसेर आवश्यक प्रमाण संकलन गरेर फर्कियो।

अदालतले नै प्रहरी सहितको टिमलाई अर्कै देशमा गएर अनुसन्धान गर्ने अधिकार दिने पद्धती हाम्रा लागि अनौठो थियो। पक्ष र विपक्षका वकिल सँगै बसेर छलफल गर्ने सस्कार त दुर्लभ भइहाल्यो।

सँगै पक्ष-विपक्षका वकिल बसेर मुद्धाको तयारी गर्ने त कल्पनै नगरौँ नेपालमा। पक्ष-विपक्षका वकिल भेटेको कुरा बाहिरियो भने त बबाल भइहाल्छ। यसको कारण जिम्मेवारीप्रतिको इमानदारीतामाथिको शंका हो।

अर्को यस्तै घटना रसियाको। उनीहरूले त अनुसन्धान गर्ने अधिकारै इकाइलाई दिएका थिए। उनीहरूको कोर्टमा त्यो अधिकार हुने रहेछ। नेपाल जोडिएको लागुऔषधको केसको अनुसन्धान गर्ने अधिकारै हामीलाई प्रत्यायोजित भएको थियो। हामीले अनुसन्धानमा फेला परेका प्रमाण र तथ्यहरु उता पठायौँ। उनीहरुले त्यसलाई आफ्नै देशको प्रहरीले गरेको अनुसन्धान झैँ मान्यता दिए। 

यो त झन् अचम्मै भइहाल्यो।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....