उकेरा कोलम

ब्याच नम्बर ६९ : सिरियल किडन्यापर अमर टण्डनसँग दीपक मनाङेका केही गुण मिल्छन्


अघिल्लो एपिसोडमा मुम्बई अन्डरवर्डका नाइके छोटा राजन, सदस्य अमर टण्डन, हेरोइनको अन्तर्राष्ट्रिय कारोबारी हिरा गुरुङबारे केही उल्लेख गरेको थिए। प्रसङ्ग थियो विमानस्थलमा पक्राउ परेको २० किलो चरेस अनि त्यसको जालो केलाउनेक्रममा फेला परेका टण्डन र गुरुङसँगै पहिलो पटक छोटा राजनसँग मैले गरेको कुराकानीको प्रसङ्ग।

अब यसका बाँकी प्रसङ्ग ।

यो केसमा मुद्दा चल्दा हिरा गुरुङसँगै टण्डन पनि कारागार चलान भए। हिराको त्यति याद भएन। तर टण्डन केन्द्रीय कारागार पुगेको थियो। अलि ठुलो केसमा पक्राउ परेर जेल परेकाहरूबारे हाम्रो युनिटले निगरानी राख्ने काम गर्थ्यो। टण्डन हाम्रो निगरानीमै थिए।

उनलाई को-को भेट्न आउँछन् अनि के कुरा हुन्छ भन्ने नै हो निगरानीमा खोजिने। यही बिचमा टण्डन एकदम चलाख अनि हार्डकोर क्रिमिनल नै हो। उ जहाँ बसे पनि केही न केही योजना बनाएरै बस्थ्यो। उसको दिमागै अपराधी भइसकेको थियो। उ सेन्ट्रल जेलमै हुँदा उसले बाहिर सहयोगीहरू परिचालन गरेर अपहरण र फिरौती असुलीको धन्दा सुरु गरिसकेको रहेछ।

टण्डन यति चलाख कि जोसँग जस्तो व्यवहार गर्दा फाइदा हुन्छ त्यस्तै व्यवहार गर्ने। फकाउनुपर्नेलाई फकाउने अनि थर्काउनु पर्नेलाई थर्काउने पनि। हाम्रा स्टाफहरू अदालत पनि गइरहन्थे।

एक दिन इकाइको स्टाफ जिल्ला अदालत गएको बेलामा टण्डनलाई ल्याएको रहेछ। जीवलाल पाण्डे पुगेका रहेछन् अदालतमा। टण्डनले परैबाट देखेर 'सर नमस्कार' भन्दै बोलाएछ। पाण्डे नजिकै जाँदा टण्डन 'तिमिहरू के अनुसन्धान गर्छौ, उ सरहरूले जसरी अनुसन्धान गर्नुपर्छ' भन्दै प्रहरीलाई थर्काइरहेको रहेछ। कार्यालयमा आएर पाण्डेले सुनाएका थिए।

केन्द्रीय कारागारमा बस्दाबस्दै उ एक दिन जेलबाट भाग्न सफल भयो। उ सुन्धाराको कारागारबाट उम्किएर भागेर भारत पुग्यो। भारतमा बसेर उसले केन्द्रीय कारागारभित्रबाट सुरु गरेको अपहरणको धन्दालाई निरन्तरता दियो। जेलभित्र बस्दा बनाएको समूहले नेपालमा उसलाई सघाइरहेका थिए। उ भने भारतको मुम्बइमा बसेर डिल गर्थ्यो। त्यो बेलामा उसले सबैभन्दा धेरैजसो चिकित्सक अनि म्यानपावर ब्यवसायीहरुलाई टार्गेट गरिरहेको थियो।

नेपालमा रहेको उसको समूहले यता चिकित्सकहरू अपहरण गरेर बन्धक बनाएर राख्ने अनि उसले फोन गरेर मुम्बइको डन भनेर फिरौतीको डिल गर्थ्यो। उ फोन गर्थ्यो अनि सिधै फिरौती ले भन्दैनथ्यो।

'डक्टरसाव अहिले मेरो बिजनेस डुब्यो। घाटा भयो। मलाई पैसा चाहिएको छ। सापटी सम्झेर दिनुस् न' भन्दै फोन गर्थ्यो उ। अपहरणकारीले त फिरौती माग्दा दिइनस् भने मार्दिन्छु भनेर थर्काउँछन् नि। उ त्यस्तो गर्दैनथ्यो। फकाउँथ्यो। उसले श्रृंखलावद्ध रूपमा धेरैको अपहरण गर्‍यो।

उ लागु औषध अनुसन्धान इकाइको अनुसन्धानमा जेल पर्दा भागेको थियो। उसले सुरु गरेको अपहरणको धन्दा हाम्रो अनुसन्धानको दायरामा पर्दैनथ्यो। महानगरीय प्रहरी अपराध महाशाखाले हेरेको थियो केस। उ भारतमा रहेको पक्का भएपछि पक्राउ गर्न रेड कर्नर नोटिस जारी गराउनुपर्ने भयो।

त्यो बेला अपराध महाशाखाको प्रमुख थिए उपेन्द्रकान्त अर्याल। हाम्रो मुद्दामा भागेकाले इकाइबाटै रेड कर्नरका लागि आग्रह गर्नुपर्ने भयो। इकाइले नेपालमा रहेको इन्टरपोलको शाखामा लेखेर पठाएपछि रेड कर्नर जारी भएको थियो। त्यसैको आधारमा महाशाखाको टोली उता मुम्बईमै गएर उसलाई पक्राउ गरेर नेपाल ल्याएको थियो।

छोटा राजन समूहसँग उसको राम्रो सम्बन्ध देखियो। तर उसको अपराधको आधार चैँ नेपाल बन्यो। मुम्बइमै बसेर अपराधको सञ्जाल फैलाउन गाह्रो छ। त्यहाँ हुने त सहयोगी नै हो नि। नेपालमा त बोस नै हुन पाइयो। त्यही अपहरणको समूह सुरु गर्दा उदय सेट्टीहरु मिसिएका थिए।

टण्डनको आपराधिक गुण हेर्ने हो भने नेपालमा त्यो लेभलका छैनन्। उसमा भएको केही गुणहरू गुण दीपक मनाङे अनि कुमार श्रेष्ठसँग मिल्छ। यी दुवै पनि पुरै ओपन छन् कुरा गर्न। बोल्दा मनमा लागेका कुरा ब्याङबुङ बोलिदिने। भएको के-के हो सबै भनिदिने।

कुमार श्रेष्ठ जसलाई घैँटे भनेर पनि चिनिथ्यो उ त प्रहरी इन्काउन्टरमा मारिइसके। मनाङे अपराध दुनियाबाट राजनीतिको दुनियामा छिरेर प्रदेश मन्त्री नै भइसके।

अर्को युनुस अन्सारीलाई केन्द्रीय कारागारमै गोली हानेर हत्या गर्न आएका मनमित सिंह भाटिया पक्राउ परे। उबारे अनुसन्धान गर्ने जिम्मेवारी महानगरीय प्रहरी अपराध महाशाखाले पाएको थियो। म त्यो बेलामा महाशाखाको प्रमुख थिए। उबारे अनुसन्धान सोमेन्द्रसिंह राठौरले गरेका थिए। त्यो बेलामा डिएसपी थिए। अहिले एसपी भएका छन्।

अनुसन्धानकोक्रममा उ निकै नम्र। अब कन्फिडेन्ट त हुने भइनै हाले त्यो लेभलको रिक्स लिने अपराधी भएपछि। म मरे पनि मर्छु कि पक्राउ पर्छु या भाग्य रहेछ भनेर उम्किएर भारत फर्कन्छु भनेर नै जेलभित्र रहेकालाई गोली हानेर मार्ने मिसन लिएर आएको हो नि नेपालमा।

धन्न उसको मिसन पनि फेल भयो अनि अन्य सहयोगी र योजना बनाउनेहरू उम्किए पनि उ उम्कन सकेन र पक्राउ पर्‍यो। अनुसन्धानकोक्रममा उसले केही पनि लुकाएन। बरु हामीले नै कति कुरा ओपन गर्न सक्यो, कति कुरा सङ्गठनको मेमोरीका लागि मात्र राखियो। अनि कति कुरा अनुसन्धान गर्ने अनुसन्धान अधिकारीको मोमोरिमा मात्र बस्यो।

मनमितको अनुसन्धान गर्नेक्रममा पनि छोटा राजनसँग कुरा भएको थियो। उसैले अनुसन्धान अधिकारीलाई छोटा राजनसँग कुरा गराएका थिए। यसले उ छोटा राजनको समूहमा रहेको व्यक्ति भन्ने पनि पुष्टि त भयो तर यसका अन्य पाटाहरू भने अर्कै देखिइरहेको थियो। त्यो प्रसङ्ग अपराध महाशाखामा काम गर्दाका अनुभवहरू सेयर गर्दा लेखौला।

श्रृंखलावद्ध अपहरणमा अमर टण्डन केन्द्रीय कारागारमै थिए। युनुस पनि त्यही। अनुसन्धानमा त्यही जेलमा रहेका अर्को चाल्स शोभराजको सम्बन्ध देखिएको थियो। यो केसमा यी दुबैलाई थप सजाय भएन। मनमित कारागार गए। अहिले पनि कारागारमै होलान्।

टण्डन केही महिना अगाडि कैद सजाय कटाएर रिहा भइसकेका छन्। अहिले उनी कहाँ छन् सायद प्रहरी सङ्गठनका सदस्यहरू पनि जानकार छैनन् होला। तर उ निरन्तर निगरानीमा राख्नुपर्ने व्यक्ति हो। उ चुप लागेर बस्ने स्वभावको व्यक्ति नै हैन।

अहिले अपराधको ट्रेण्ड बदलिएको छ। उसको मुख्य सहयोगी छोटा राजनै अहिले भारतको जेलमा छ। तै पनि त्यस्ता खुराफात गर्न सक्नेले अर्को समूह बनाएर हिजोको भन्दा जटिल प्रकृतिको अपराध नगर्लान् भन्न सकिन्न। फेरि यो अपहरण भन्ने चलिरहने नै अपराध हो। त्यसैले अमर टण्डनलाई सक्रिय हुनुभन्दा अगाडि नै प्यासिभ बनाउने हो भने उसको गतिविधि निगरानीमा राख्नै पर्छ।

नत्र कुन बेला उसले कस्तो अपराधको जालो विच्छ्याउने हो पत्तै हुन्न।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....

वर्षको तीन महिना मात्र खुल्ने पसलका साहुजी विपिन

आकाशमा उड्न कम भएसँगै चंगा पसलहरू पनि हराउँदै गएका छन्। व्यापारीहरूले चंगा बेच्नै छाडिसके। अहिलेसम्म गरिरहेकाहरू अधिकांश पनि अर्को वर्ष नगर्नेमा पुगिसकेका छन्। काठमाडौंको रक्तकालीमा....

डा. हरिहरको पोष्टमार्टम अनुभव : बलात्कारपछि हत्या गरिएकी बालिकाको रिपोर्ट प्रहरीले आत्महत्या बनाएपछि...

विशेषगरी अप्राकृतिक रूपमा मृत्यु भएका व्यक्तिको चिकित्सकीय विधि अपनाई शवको परीक्षण गरेर मृत्युको कारण पत्ता लगाउनु डा. हरिहरको विद्या, सीप र काम हो। मृत्युपछि गरिने....