उकेरा कोलम

ब्याच नम्बर ६९ : मिर्जा दिलसाद बेगको पोल खोल्दै बेलायतबाट आएको त्यो पत्र


हाम्रोमा अनुसन्धान भनेको त्यो १० नम्बर डायरीमा दर्ता गर्ने मात्र त हो भन्ने सोचाइ छ। तर त्यसो होइन। अनुसन्धान त चलिराखेको हुन्छ। कतिको सबन्ध कहाँ हुन्छ, कसको कहाँ। 

यो पालि चाहिँ अलि फरक विषयमा कुरा गर्न मन लाग्यो। यो केससँग त जोडिन्छ। अपराध अनुसन्धान, अझ भनौँ संगठित अपराधको अनुसन्धानमा यो अति महत्वपूर्ण पाटो पनि हो। 

अनुसन्धानमा २ प्रकारका सूचना वा प्रमाण संकलन हुन्छन्। पहिलो अप्रेसनल अर्को इन्टेलिजेन्स। अप्रेसन डकुमेन्ट मुद्दा प्रक्रियामा प्रयोग हुने। केस प्रमाणित गर्नका लागि प्रयोग हुन्छ। इन्टेलिजेन्स डकुमेन्ट सार्वजनिक हुँदैन। त्यो अपराध अनुसन्धान गर्ने निकायको सम्पत्ति हो। त्यो सार्वजनिक गर्न हुन्न। गोप्य नै रहन्छ।

यस्तो इन्टेलिजेन्स सूचना जहाँबाट जसले पनि दिनसक्छ। कुनै देशले पनि दिनसक्छ, कुनै व्यक्तिले पनि। यस्ता सूचना सार्वजनिक गर्नै हुन्न। सार्वजनिक गर्नैपर्ने अवस्था आएमा जसले सूचना दिएको हो नि उसको पूर्वअनुमति लिनैपर्छ। यो एक खालको आचारसंहिता नै हो भने पनि हुन्छ। यदि सूचना दिने पक्षले सार्वजनिक नगर भन्यो भने जस्तोसुकै महत्वपूर्ण सूचना भए पनि सार्वजनिक गर्न हुन्न, मिल्दैन। 

कतिसम्म भने यदि त्यो इन्टेलिजेन्स सम्बन्धी सूचना सार्वजनिक गर्दा कुनै व्यक्ति वा समूहको अपराध पुष्टि हुनसक्छ। सार्वजनिक नभए पुष्टि हुन्न। तर जसले सूचना दिएको हो उसले म एक्सपोज हुनसक्छु सार्वजनिक नगर भन्यो भने सार्वजनिक गर्न पाइन्न। सूचनाको आधारमा थप प्रमाण खोजेर लिंक गर्न सकिन्छ भने गर्ने हो। खाली त्यही सूचना वा कुनै कागजपत्र मात्र प्रमाण भयो तर दिनेले यो जानकारीका लागि मात्रै है सार्वजनिक गर्न पाइन्न नि भनेर दियो भने हैन यो सार्वजनिक भएर कोर्टसम्म पुगेन भने त त्यो छुट्छ वा उसको अपराध सम्बन्ध पुष्टि हुन्न भनेर सार्वजनिक गर्न पाइन्न।

तर, हाम्रोमा कुन इन्टेलिजेन्स सम्बन्धी सूचना हो कुन चाहिँ अप्रेसनल भन्ने कमै मात्र छुट्याउने गरिन्छ। हिरो बन्ने चक्करमा भन्नै नहुने सूचना पनि भनिरहेका हुन्छन् जसले पछि अपराध अनुसन्धानमा प्रत्यक्ष प्रभाव पार्छ नै। अर्को महत्वपूर्ण भए पनि गोप्य रुपमा आएको इन्टेलिजेन्स सूचना आफ्नो काम देखाउनका लागि सार्वजनिक गरिदिने गर्छन्। जसले भोलिका दिनमा पुन: त्यो ठाउँ वा व्यक्तिबाट यस्तो सूचना आउने बाटो नै बन्द हुने जोखिम समेत बढ्छ।

एउटा घटना उल्लेख गर्छु।

म लागुऔषध कार्यान्वयन इकाइमै रहँदा २ वटा नेपाली नम्बर आयो। नम्बरसँगै लेखिएको थियो, 'नेपालमा रहेको यो दुई वटा नम्बरमा दाउद इब्राहिमले फोन गरिरहेको छ। यो कसको नम्बर हो खोज।'

यो २०५५ तिरको कुरा हो है। 

त्यो बेलासम्ममा दाउद इब्राहिम अन्तर्राष्ट्रिय आपराधिक समूहका नाइकेका रुपमा परिचित भइसकेका थिए। सुन तस्करीसँगै हतियार, लागुऔषध र आतंकवादसँग पनि उसको नाम जोडिएकाले भारतसँगै विश्वका धेरै देशका इन्टेलिजेन्स एजेन्सीहरुले उसको गतिविधि र सम्पर्क जालो केलाइरहेका थिए।

यसरी केलाउँदै जाँदा बेलायतको इन्टेलिजेन्स एजेन्सीले दाउदले नेपालमा कल गरिरहेको विवरण फेला पारेर हामीलाई सहयोग हुन्छ भनेर विवरण पठाएका थिए गोप्य रुपमा।

अनुसन्धान गर्दै जाँदा दुवै नेपाली नम्बर कपिलवस्तुको देखियो। थप खोज्दै जाँदा दुवै नम्बर मिर्जा दिलसाद बेगको रहेको देखियो। उनी राप्रपाबाट राजनीतिमा थिए। मन्त्री समेत भइसकेका व्यकित। अन्तर्राष्ट्रिय आपराधिक समूह दाउदसँग उनको सम्बन्ध छ भन्ने हल्ला त हुन्थ्यो। तर त्यसबारे डिटेल अनुसन्धान भएको थिएन।

बेलायतबाट आएका दुई वटा नम्बरको अनुसन्धान गर्दा मिर्जाको दाउदसँग सम्बन्ध छ भन्ने कुरा हल्ला मात्रै हैन भन्ने त पुष्टि भयो नि। हामीले दुवै नम्बर फेरिफाई गरेर जसले चासो राखेको थियो उता पठाइदियौँ। यसले हामीलाई पनि फाइदा भयो। दाउदले प्रयोग गर्ने नम्बरबारे जानकारी भयो। अनि सँगै नेपालमा दाउदको सहयोगीको पनि पहिचान भयो। त्यो आधारमा मिर्जामाथि थप निगरानी राख्न प्रमाण पनि भयो।

बेलायतले यो त हामीलाई गुन लगाएको हो नि। विश्वास गरेको हो नि।

यो सूचना आएको केही दिनमा सिफलमा रहेको मिर्जाको घर नजिकै गोली हानेर उनको हत्या भयो। यो २०५५ साल असार १५ मा हो। साँझ उनी घर जाने क्रममा गाडीबाट ओर्लिँदै गर्दा हतियारधारी समूहले गोली हानेर ठाउँको ठाउँ उनको हत्या गरेका थिए।

बढो डरलाग्दो गरी मारेका थिए मिर्जालाई। पूर्वमन्त्री अनि सांसद यसरी मारिएपछि हंगामा हुने नै भयो। राप्रपाले आफ्नो नेता मारिएकोमा विरोध गर्‍यो। अन्य दलका नेताहरुले पनि विरोध गरे। अनुसन्धान अगाडि बढ्दै गयो।

अनुसन्धानमा भारतीय अपराधीहरु काठमाडौंमा आएर बसेर पूरै योजनाका साथ मिर्जालाई मारेको भन्ने देखियो। यसमा पक्राउ परेका नेपालीहरुबाट जे जति व्यक्तिको नाम खुलेको थियो ती भारतको अर्को अपराधी छोटा राजन समूहका सदस्यहरु देखिए। बीचमा बब्लु श्रीवास्तव पनि देखिएका थिए।

प्रहरीको अनुसन्धानले मात्र चित्त नबुझाएपछि मिर्जा हत्याको अनुसन्धान गर्न उच्चस्तरीय आयोग नै गठन भयो। अब आयोग गठन भए पनि अनुसन्धान गर्ने त प्रहरीले नै हो नि। प्रहरी अधिकारीहरु त्यो आयोगमा थिए।

केही समय अगाडि अर्कै प्रयोजनमा आएको सूचना मिर्जा हत्याको अनुसन्धानमा पनि सहयोगी भयो। त्यसले छोटा राजनले हत्या गर्नुको कारण मिर्जा दाउदको समूहका सदस्य रहेको र नेपालमा बसेर उनले दाउदको काम गरेकाले दाउदको दुश्मन राजनले उनको हत्या गर्योे।

तर, दाउद र मिर्जाको सम्बन्ध छ भन्ने पुष्टि गर्न बेलायतबाट जानकारी माग्दै आएको पत्र र त्यसमा उल्लेख दाउद र नेपालको २ नम्बर मात्र थियो।

ढालमान थापा एआइजी हुनुहुन्थ्यो। उहाँको अध्यक्षतामा प्रहरीले छानविन समिति गठन गरेको थियो। त्यो समितिले बेलायतबाट आएको त्यही पत्रलाई दाउद र मिर्जाबीच सम्बन्ध छ/छैन भन्ने प्रमाणका लागि पत्र राखिदियो। मैले त्यसमा असहमती जनाउँदै यसबारे जसले बेलायतबाट सूचना पठाएको हो उनीहरुसँग अनुमती नलिए भोलीका दिनमा समस्या पर्छ। सूचना आउँदैन भने तर मानेनन्। अब प्रहरीको चेन अफ कमान्ड मान्नै पर्योन। मेरो दर्जा सुझाव दिने मात्र हो। निर्णय गर्ने थिएन। जति भने पनि नमान्दा बेकार नम्बर दिइएछ भनेर चित्त दुख्यो। उनीहरुले नम्बरबारे जानकारी माग्दै बेलायतबाट आएको फ्याक्सलाई नै प्रतिवेदनमा राखिदिए।

सूचना दिने बेलायतको एजेन्सीले थाहा पाइहाल्यो। उनीहरुले इन्टेलिजेन्स सम्बन्धी सूचना सार्वजनिक गरेर सूचनाको स्रोत खुलाएको भन्दै असन्तुष्टि जनाउँदै लिखित पत्र नै पठाए। मलाई नरमाइलो लाग्यो। तत्काल हेर्दा त्यो समितिमा रहेकाहरुको सफलता जस्तो देखिए पनि यो सूचना दिनेमाथिको ठूलो गद्दारी थियो। त्यो गद्दारीको भागिदार आफू पनि हुनुपरेकोमा धेरै समयसम्म मलाई नरमाइलो लागिरह्यो र अहिले सम्झँदा पनि नरमाइलो लाग्छ।

त्यसपछि अर्को एक महत्वपूर्ण आपराधिक घटनाबारे सूचना आयो मलाई। बेलायतको त्यो घटनाबाट पाठ सिकेर मैले त्यो सूचना जानाजान संगठनलाई दिँदै दिइनँ। त्यो घटना के थियो। अर्को अंकमा है।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

व्यवसायी सन्ध्याको प्रसव पीडा र खुसी : बच्चा पेटभित्रै छ भन्दा सबै अचम्म मान्थे

१४ वर्षअघि कैलाली, टीकापुरका व्यवसायी पदम पाण्डेसँग विहे गरें। विहेपछि हामी दुई जना मात्रै काठमाडौंमा बस्न थाल्यौं। हामीले नयाँ कामको थालनी मात्र गरेका थियौं, विहे....

डा. रबिनको सुख-दुःख : जसको डरले दसैँमा घर गएनन् उनीहरूकै उपचारमा डेढ वर्ष खटिए

दैलेखको नारायण नगरपालिकाका रबिनले २०५१ मा दैलेखकै ‘त्रिभुवन मावि’बाट एसएलसी पास गरेपछि काठमाडौँ हान्निए। २०५१ मा ‘अस्कल क्याम्पस’मा भर्ना भएर २०५३ मा राम्रो अङ्कसाथ आइएस्सी....

हिजोका कुरा : भजन सुनेर हुर्केका प्रशन्नध्वज पंकपपतिर कसरी मोडिए ?

होस सम्हालेदेखि नै संगीतको ध्वनीसँगै हुर्के प्रशन्नध्वज। बिहान ३ बजेदेखि बागबजारस्थित उनको घरमा गीत-संगीतको माहोल जम्थ्यो। हजुरआमा (बज्यै) प्राणदेवी प्रधान उज्यालो नहुँदै हरदिन भजन गाइरहनुहुन्थ्यो।....

ब्याच नम्बर ६९ : चार्ल्स शोभराजको कल डिटेल संगठनले पटक-पटक माग्यो तर मैले भएर पनि दिइनँ

साँच्चै त्यो घटना सम्झिँदा अहिले पनि मेरो चित्त दुख्छ भन्या। यो इन्टेलिजेन्स सूचना हो। सार्वजनिक नगरौँ। यदि सार्वजनिकै गर्नुपर्ने भए जसले सूचना दिएको हो उसको....

चौथो अंगमा स्तम्भकार सरिता तिवारी : लेख्ने अग्रगामी, व्यहोरा भने पश्चगामी

एउटा कुहिएको आलुले सिंगो बोराकै आलुलाई असर पारेझैं मिडियामा काम गर्ने केही पुरुष सम्पादक, रिपोर्टर र स्तम्भकारको महिलालाई हेर्ने दृष्टिकोणले समग्र मिडियालाई नै असर पार्छ।....