उकेरा कोलम

ब्याच नम्बर ६९ : काठमाडौँमा समातिएका अपराधी रातारात भारत कसरी पुग्छन् ?


यस अगाडिको अङ्कमा जापानको एक घटनाको अनुसन्धान अनि अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्दा कुन देशसँग सहज भन्ने उल्लेख गरेको थिए। अन्य क्षेत्रमा देशको आर्थिक अवस्था लगायतका विभिन्न क्षेत्र हेरेर कुन देश सानो अनि कुन देश ठुलो भन्ने आधारमा व्यवहार हुन्छ भन्ने सुनिन्छ।

तर अपराध अनुसन्धानको क्षेत्रमा कुन देश आर्थिक सूचकाङ्कमा कति नम्बरमा छ अनि त्यसको भूगोल कति छ जस्ता कुराले प्रभाव पार्दैन। मेरो अनुभव यही हो। संयुक्त अप्रेसनहरू गर्दा होस् या अन्तर्राष्ट्रिय फोरमहरूमा सहभागी हुँदा नै उनीहरूले कुन देश कत्रो छ भन्ने आधारमा व्यवहार गर्दैनन्। त्यहाँ सबै बराबर हो।

हो, अनुसन्धान कसरी गर्छन् भन्ने आधारमा चैँ व्यवहार हुन सक्छ है। व्यवसायीक छन् या छैनन् त्यो हेर्छन्। अन्य कुराको त्यति प्रभाव परेको मेरो कार्यकालमा अनुभव भएन। त्यसैले हामीले सङ्गठित अपराधको अनुसन्धानमा जुन-जुन देशका सुरक्षाकर्मी र निकायसँग समन्वय र सम्पर्क गर्‍यौ कहिल्यै ह्या नेपालको प्रहरी भनेर कहिल्यै होच्याएको अनुभव गर्नु परेन। उनीहरूले निकै महत्त्व दिन्थे हामीलाई। मलाई विश्वास छ अहिले पनि सम्बन्धको स्तर उस्तै नै होला।

हामीले विश्वका शक्तिशाली देशदेखि लिएर साना देशहरूसँग पनि सम्पर्क र समन्वय गरिरहनु पर्छ अपराध अनुसन्धानमा। कुनै देशसँग हाम्रो औपचारिक सम्बन्ध नहुन सक्छ। तर कसै न कसैले सम्बन्ध बनाइदिइहाल्छन्। त्यसमा कुनै अन्तर्राष्ट्रिय फोरमले भन्दा पनि व्यक्तिगत सम्बन्धले काम गर्छ।

जस्तो बेल्जियमसँग हाम्रो सम्बन्धै थिएन। एउटा केसमा काम गर्‍यो। थाइल्यान्डमा रहेका अमेरिकीहरूलाई भनेको उनीहरूले बेल्जियमकालाई सम्पर्कमा ल्याइदिइहाले। अन्य अपराधको अनुसन्धानमा इन्टरपोलले सघाउन सक्छन्। तर ड्रग्सको केसमा त आफ्नै सञ्जाल हो।

लागु औषधको केसमा विशेषतः युरोप र अमेरिकी देशहरूसँग हाम्रो सम्बन्ध ट्रान्जिट र केही हदसम्म उत्पादक देशको रूपमा रह्यो। जस्तो चरेसको केसमा हामी पनि उत्पादक देश हौ नि त। त्यसैले चरेसको मामिलामा उत्पादन नियन्त्रणदेखि लिएर निर्यातसम्मलाई हेरेर प्रहरी अप्रेसनहरू गर्नुपर्‍यो। अहिले पनि हुने यही हो।

ब्राउन सुगर, अझ विशेष ह्वाइट सुगर अनि कोकिनको मामिलामा हामी ट्रान्जिट मुलुक भयौँ। कारोबारीहरूले नेपालमा ती लागु औषध भित्र्याउने अनि अर्को देशमा लैजाने गर्ने भएकाले यसमा चैँ हामीले अन्तर्राष्ट्रिय लागु औषध कारोबारीहरूको नेपालमा सञ्जाल कस्तो छ ? नेपालमा उनीहरूको सहयोगी को-को छन् भनेर हेर्ने भयौँ। सँगै अन्तर्राष्ट्रिय हवाई यातायात र यात्रुहरू पनि हाम्रो निगरानीमा पर्ने भए।

अब अर्को सिन्थेटिक ड्रग्स छन् नि जो कृत्रिम रूपमा बनाइन्छ त्यसको त नेपाल पनि आयात हुने देश पर्‍यो नि। मेथ, आइस्ड ड्रग्स लगायतका पार्टी ड्रग्सहरु नेपालमा पनि आउँछन्। अब यसको आयात रोक्न थाइल्यान्ड, म्यानमार अनि भारत हाम्रो देशमा यस्ता लागु औषध निर्यात हुने देशहरू हुन्। ती देशहरूसँग समन्वय गर्दा नेपालमा कसरी आइरहेका छन्, त्यहाँ कसले पठाएको छ त्यसलाई रोक्न सहकार्य त गर्नुपर्‍यो।

मेथको बजार हेर्ने हो भने नेपाल त सानो हो नि। नेपालमा थोरै प्रयोगकर्ता छन्। उताबाट आउने पनि सानो परिमाणमा हो। उनीहरूको प्राथमिकतामा नेपाल नपर्न सक्छ क्या। किनभने लाखौँ टन मेथहरु अन्य देशमा गइरहेका हुन सक्छन्। उनीहरूको प्राथमिकता त्यता हुनु स्वाभाविक पनि हो।

तर उनीहरूलाई सघाएपछि त हाम्रो समस्यालाई पनि प्राथमिकतामा राखेर काम गराउन सकिन्छ नि। ल न यो हेरिदेऊँ न भन्दा उनीहरूले हामीले गरेको सहयोग पनि सम्झन्छन् अनि सघाउँछन्।

पाकिस्तानले लागुऔषध नियन्त्रणमा सघाउँदैन भन्ने भ्रम धेरै देख्छु म। लागु औषध अझ विशेष अफिममा सरकार आफैँ संलग्न पनि छ भन्छन्। तर मैले चैँ त्यसो अनुभव गरिन्। उनीहरू सहकार्यमा धेरै गम्भीर देखेको छु। हामीले गरेको एक अनुसन्धानका कारण पाकिस्तानको लाहौर एयरपोर्टमा काम गर्नेको जागिरै गएको छ। उनीहरूसँग अन्तर्क्रिया र सहकार्य गर्दा निकै गम्भीर देखेको छु उनीहरूलाई।

अब सरकारमा रहेका कसैले तस्करहरूलाई सघाउन सक्छन्। तर सरकारले नै सघाउने भनेको त त्यसको स्वरूप नै अर्को हुन्छ नि। नेपालमा पनि त सरकारमा रहेका केहीले तस्करलाई सघाएको प्रमाणितै भएका केसहरू छन् नि। अब त्यो भनेर नेपाल सरकारले संस्थागत रूपमै चरेस तस्कर गर्छ त भन्नु भएन।

सहकार्यमा रुससँग पनि निकै सहज हो। उनीहरू गम्भीर छन् लागुऔषधको मामिलामा। मेरो कार्यकालमा रुससँगको सहकार्य सकारात्मक छ। अफ्रिकी मुलुकहरूसँग अहिले हाम्रो समस्या कोकिनको तस्करीमा देखिएको छ। अर्को समस्या मेथाकोलोनको ठुलो बजार हो अफ्रिका। कहिलेकाहीँ त्यता लैजान नेपाललाई ट्रान्जिट बनाउने गरिन्छ।

मेथाकोलोनको ठुलो उत्पादन भारत भइहाल्यो। भारतको मेथाकोलोन अफ्रिका लैजान नेपालको एयरपोर्टको प्रयोग हुन्थ्यो। एक पटक नेपाल एयरपोर्टमा पाँच सय किलो मेथाकोलोन फेला परेको छ। त्यो भारतबाट नेपाल आएको थियो अनि अफ्रिकी देशहरूमा पठाउने टार्गेट थियो।

अन्तर्राष्ट्रिय सम्बन्ध बनाउने हो भने सबैभन्दा पहिला प्रस्ट हुन जरुरी छ। अँ हेरौला भनेर भन्नै हुन्न। उनीहरूले जे विषयमा अप्रोच गरेका हुन्छन् नि त्यो गर्न सकिने खालको हो भने सकिन्छ भन्ने। सकिँदैन भने सकिन्न भन्ने। अँ हेरौला, म सोधौला भन्न थालियो भने थालियो भने उसले दोस्रो पटकदेखि सम्पर्क गर्दैन।

अर्को भनेको यो व्यक्ति कस्तो हो भनेर जाँच्छन् उनीहरूले। स्वभाव कस्तो हो ? भनेको कुरा कत्तिको गोप्य राख्छ सक्छ, कस्ता व्यक्तिहरूसँग सम्बन्ध छ। उसको दैनिक व्यवहार अनि खानपिनको व्यवहार कस्तो छ भनेर हेर्छन्।

अर्को भनेको सम्बन्धित विषयमा कत्तिको ज्ञान छ अनि चाहिएको बेलामा कत्तिको उपलब्ध हुन्छ भन्ने पनि हेर्छन्। यति हो उनीहरूले हेर्ने पनि अनि हामीले हेर्ने पनि।

यसैको आधारमा सम्बन्ध विस्तार हुने हो।

त्यसैले अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध राख्नुपर्ने अनुसन्धान अधिकारीले आफ्नो सर्कल बढाउन ध्यान दिनुपर्ने पनि माथिकै कुरा हो। अनि उनीहरूले हेर्ने पनि यही हो। बढो मजाले नाडी छाम्छन् हो उनीहरूले। अनि हामीले पनि मजाले नाडी छाम्नै पर्छ।

वास्तवमा व्यक्तिगत भन्दा संस्थागत सम्बन्ध सुरक्षित हो। तर नेपालको अवस्थै यस्तो छ कि संस्थागत सम्बन्धमा मात्र काम गर्छु भन्यो भने कुनै कामै हुन सक्दैन। अब औपचारिक रूपमा मात्र सम्बन्ध राख्ने हो भने कानुनी सम्झौतै हुनुपर्‍यो। सन्धि सम्झौता हुनुपर्‍यो अनि पो कानुनी रूपमा सूचना आदान प्रदान गर्न सकिन्छ।

अब नेपालको कुनै देशसँगै यस्तो सम्झौता छैन। यस्तो अवस्थामा अन्डर टेबल सूचना नदिई के गर्नु त ? अन्डर टेबल सूचना दिनुको जोखिम त छ। त्यो जोखिम उठाउनैपर्छ। कि केही कामै गर्नु भएन। काम गर्ने हो भने त जस्तो संरचना छ त्यस्तै गर्नै पर्‍यो नि।

नेपालमा पक्राउ परेकाहरू रातारात भारत पुर्‍याइएका छन्। काठमाडौँमा समातिएकाहरू उता भारतको रेल्वे स्टेसनमा समातिएको बनेको छ नि। अनि उता भारतमा लुकेका नेपाली अपराधी रातारात नेपालको बोर्डरमा ल्याएर यता फालेका पनि छन्।

अब यस्तो हुन नदिनका लागि समय अनुकूल सुपुर्दगी सम्बन्धी सम्झौता, पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता लगायतका कानुनी सम्झौता गर्नुपर्‍यो। यदि यस्ता सम्झौता भयो भने व्यक्तिगत सम्पर्क नभए पनि काम गर्न सकिन्छ। नत्र अन्डर टेबलबाट हुने सहकार्य रोकिन्न। सङ्गठनका लागि काम गर्नेहरूले जुन च्यानलबाट काम गरे पनि सङ्गठनकै फाइदा हेर्ने हुन्। तर कसैले व्यक्तिगत फाइदाका लागि यसको दुरुपयोग गर्ने जोखिम पनि हुन्छ नै।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

हिजोका कुरामा हाँस्य-व्यंग्यकार लक्ष्मण गाम्नागे : मास्टरले सिसीको झट्टी हान्दा सिसा झर्‍यामझुरुम

वि.सं. २०२१ सालमा भुटानमा जन्मिएका गाम्नागे चार दाजुभाइ तथा ६ दिदी बहिनीमध्ये साहिँला हुन्। आर्थिक विपन्नताका कारण परिवार पाल्न गाह्रो भएपछि २०१६....

चौथो अंगमा बिनाज गुरुबाचार्य : प्रकाशकले मिडियालाई नाफा कमाउने हतियार बनाए

भारतमा दुई महिना काम गरेपछि उनीहरुले तिमी नेपालको रिपोर्टिङ गर्न सक्छौ भनेर मलाई यता पठाए। सन् १९९० मा नेपालमा बहुदल पुनर्स्थापना हुँदा बुबासँगै मैले पनि....

कोरोना सङ्क्रमितको उपचार गर्ने डाक्टर, जसको आँखैअघि एकै परिवारका तीन जनाको मृत्यु भयो

उनले दोस्रो लहरको बेला नै सङ्क्रमणका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको घटना कहिल्यै बिर्सन सकेनन्।  ३५ वर्षकी एक महिलाका सासू र ससूरालाई कोरोना....

ब्याच नम्बर ६९ :  कुनै बैंकको खाता रित्तै बनाउनेलाई पनि कारबाही गर्ने कानुनी आधार नबनाउने देश हो नेपाल

नेपालको कानुनले आफ्नो देशको नागरिकलाई सुपुर्दगी गर्न दिँदैन। दिनु पनि हुँदैन। तर जसले जुन देशमा अपराध गरेर भागेर नेपाल आएको हुन्छ उसलाई नेपालकै कानुन अनुसार....

चौथो अंगमा श्रीराम पौडेल : रेडियोमा रिपोर्टिङ टिम नै छैन, चोरचार गरेर समाचार सम्प्रेषण हुन्छन्

२०५६ को आमनिर्वाचनमा रेडियो कान्तिपुरले ‘इलेक्सन लाइभ’ प्रसारण गर्‍यो। यो लाइभ यति धेरै चर्चित भयो कि, रेडियो भनेको मनोरञ्जन मात्रै हो, रेडियोमा काम गर्ने पत्रकार....