उकेरा कोलम

ब्याच नम्बर ६९ : एसएसपीलाई उनकै बडीगार्डले हत्या गर्न गोली हानेपछि...


गोठाटारमा सोमबार लाल मोहम्मदको गोली हानेर हत्या भएपछि अहिले पुन सङ्गठित प्रकृतिका आपराधिक सतहमा देखियो। यो काठमाडौँमा भएको नौलो र पहिलो घटना हैन। यसरी नै पहिला पनि काठमाडौँमा हत्या भएका छन्। हत्याको अपराध कार्यशैली हेर्दा लाल मोहम्मदको हत्या पनि पुरानै शृङ्खलासँग गएर जोडिने देख्छु म।

यो शृङ्खला केलाउने हो भने त सिफलमा मारिएका पूर्व मन्त्री समेत रहेका मिर्जा दिलसाद बेगदेखि घण्टाघर अगाडि गोली हानेर मारिएका फैजान अहमदसम्मको हत्याको शृङ्खलालाई एकै ठाउँमा ल्याएर जोडेर हेर्नुपर्ने देख्छु म।

लागुऔषध नियन्त्रण इकाइबाट सरुवा भएर प्रहरी प्रधान कार्यालयमा गएको केही समयमा मेरो सरुवा तत्कालीन अपराध अनुसन्धान महाशाखामा भएको थियो। जसरी इकाई बदलिएर लागुऔषध अनुसन्धान ब्युरो बनेको छ त्यसरी नै महाशाखा पनि अहिले त काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय बनिसक्यो।

म त्यहाँ कार्यालय प्रमुख भएर काम गर्दा अलि अपराधीहरूले तत्काल आँटी नहाल्ने खालको घटनाको अनुसन्धान भयो। प्राय यस्ता घटनामा खुल्ला ठाउँ रोजेर हत्या हुन्छ जहाँबाट भाग्न सहज होस्। मिर्जालाई सिफलको चौरमा मारिएको थियो।

जमिम शाहको हत्या हुँदा दिउसोको समय रोजे पनि स्थान बढी भिडभाड हुने ठाउँ रोजिएको थियो। अनि फैजान अहमदको हत्या त घण्टाघर अगाडि भएको थियो। मैले महाशाखाको नेतृत्व गर्दा अनुसन्धानको नेतृत्व गरेको घटना सुरक्षा घेराभित्र रहेको केन्द्रीय कारागारभित्र प्रयास भएको थियो।

लाल मोहम्मद मारिएपछि अहिले एक नाम आइरहेको छ मनमित सिंह भाटिया। हो उनी नै पेस्तोलै बोकेर केन्द्रीय कारागारभित्र गएर युनुस अन्सारीसँग भेट्ने बहानामा हत्या गर्ने योजना बनाएर नेपाल आएका थिए। अब जेलभित्रै गोली हानेर मार्ने योजना सहित आएकाले मनमितको योजना हत्या गर्ने मात्रै देखिन्छ। जेलभित्र गोली हानेपछि पक्राउ पर्नेमा त के शङ्का भयो र!

उनी सुरक्षा जाँचको घेरा छलेर हतियार समेत लैजान सफल भए। युनुससँग भेट पनि गरेका नै हुन्। पेस्तोल निकाले हान्न खोजेका पनि हुन्। तर प्राविधिक गडबडी हुँदा जेलभित्रै हत्या प्रयासको घटना भए पनि जेलभित्र रहेका व्यक्तिको हत्या भने हुन पाएन।

यस घटनाबारे आगामी शृङ्खलामा विस्तृत उल्लेख गर्छु नै। अहिलेको ताजा घटनालाई सम्बोधन नगरी सिधै अर्को विषय प्रवेश गर्दा अलि खल्लो होला भने अहिले यति मात्रै उल्लेख गरे। अब अघिल्लो साता ब्रेक गरेकै विषयसँग आजको लेखन जोडे है त।

OOO

लागुऔषध इकाइको प्रमुख डिआइजी हुने भएपछि म प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासनमा गए। त्यहाँ जाँदा पनि तोक लगाउने अनि प्रहरी कर्मचारी सरुवा गर्ने काम गरेर बस्नु परेन। तत्कालीन प्रहरी प्रमुख रमेश चन्द ठकुरीले मेरो स्वभाव बुझेकाले मलाई काम गर्न सजिलो भयो।

प्रशासनमा बसेर गरेको एक काम गत साता उल्लेख गरे' छनौट निर्देशिका' सच्याउने। निर्देशिका बनाएर आइजिपीले चाहेको ८-१० जना प्रतिस्पर्धा सहभागी नै नभई स्वविवेक प्रयोग गर्ने अधिकार खोसिएको त्यही बेला हो।

अर्को सम्झँदा आनन्द आउने काम प्रहरी कल्याण कोषबारे छानबिन पनि हो। युएन मिसनमा गएका प्रहरीले केही प्रतिशत रकम कोषमा दिन्थे। पेट्रोल पम्प लगायतका चलाउँदाको नाफा पनि कोषमा हुन्थ्यो। धेरै गुनासाहरू आइरहेका थिए।

अब जे भयो भयो। अब भोलिका दिनमा कसरी पारदर्शी रूपमा कोष चलाउने भनेर थिती बसाल्दा त सङ्गठनका सबै सदस्यहरूले लाभ पाउँथे। कोषबारे छानबिन गर्न आइजिपी चन्दको इच्छा अनुसार कार्य विभागमा कार्यरत उपेन्द्रकान्त अर्याल नेतृत्वमा समिति बन्यो।

समितिमा दानसिंह बोहोरा, जीवन पौडेल चार्टर्ड एकाउन्टेन्ट पनि थिए। अहिलेसम्म के-के भएको रहेछ भनेर सबै खोतलखातल गर्दा पम्पका अकाउन्टेटले गरेका बदमासीहरू पनि खुले। लेखा प्रणाली कसरी राख्यो भने पारदर्शी हुन्छ भन्ने सिस्टम पनि समितिले सिफारिस गर्‍यो । मिसन गएर पैसा दिन बाँकी टन्नै रहेछन्। त्यो पैसा पनि उठाउने काम दान सिंह बोहराले गरे जुन कसैले पनि बिर्सेको छैन होला।

अर्को प्रहरीको आफ्नै विद्यालयहरू थिए तर भद्रगोल। त्यसबारे पनि अनुसन्धान गरेर अब कसरी विद्यालय चलाउने भन्ने नीति रमेश चन्दको आदेश अनुसार त्यही बेला बनेको थियो र आफू हरेक समितिमा रमेश चन्दले संलग्न गराएको थिए जुन कुरा म कहिले बिर्सन सक्तैन।

त्यो बेलामा प्रहरी ब्याटन रोकिएको थियो। प्रहरी ब्याटन सुरु गर्न मेरो अध्यक्षता मा रवीन्द्र रेग्मी, विश्व अधिकारी लगायतको समिति बनेको थियो।अहिलेको दिने प्रहरी ब्याटनको डिजाइन हामीले बनाएको हो।  डिजाइनबारे सामान्य ज्ञान भएका एक जना सिपाहीलाई ल्याएर आफ्नै अफिसमा फोटोसपमा यसो गरौँ अनि उसो गरौँ भन्दै डिजाइन गरेको सम्झना अहिले सम्म छ।

म प्रशासनमै काम गरिरहेको थिए। तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख थिए रणबहादुर चन्द। चन्दलाई उनकै बडीगार्डले गोली हान्ने प्रयास गरेको घटना भयो। भाग्यवश गोली लागेन।

आठ-नौ महिना मात्र भएको थियो सादा पोसाकमा काम गर्न छाडेर प्रहरी ड्रेस लगाएर काम गर्न थालेको। म रमाउन थालिसकेको थिए। फेरि अपराध अनुसन्धानको जिम्मेवारी आउने भयो। नाइँ भन्ने कुरा त भएन।

उनी कोठामा जाने बेलामा भित्र रहेको उनको गार्डले ताकेर गोली हानेका रहेछन्। धन्न कोठाभित्र छिर्दा नै अगाडि रहेको ऐनामा हात देखेर उनले छल्न सकेछन् र दुर्घटना भएन। पछि उनको बडीगार्ड कम्पाउन्डमै भएको एक कोठामा गएर भित्रबाट चुकुल लगाएर बसेछन्। प्रहरी टोली गएर रातभर फकाएर बल्ल बल्ल उनलाई हतियारसहित नियन्त्रणमा लिन सफल भएका रहेछन्।

घटनापछि चन्दलाई त्यहाँबाट काज सरुवा निकालेर अर्को प्रमुख बनाउने तयारी भइसकेको रहेछ। भोलिपल्ट आइजिपी चन्दले बोलाएर'तिमि अपराध महाशाखा जाऊँ' भन्नुभयो।

आठ-नौ महिना मात्र भएको थियो सादा पोसाकमा काम गर्न छाडेर प्रहरी ड्रेस लगाएर काम गर्न थालेको। म रमाउन थालिसकेको थिए। फेरि अपराध अनुसन्धानको जिम्मेवारी आउने भयो। नाइँ भन्ने कुरा त भएन। मैले हुन्छ भने।

तर लुरुलुरु जाने हो भने काम गर्न गाह्रो हुन्छ भन्ने थाहा थियो। म त्यो कार्यालयमा नगए पनि त्यहाँ के-के समस्या छन् भन्ने त थाहा भइहाल्छ नि। अब साँच्चिकै काम गर्न दिने हो भने त पहिल्यै आफ्ना सर्त भन्यो भने सजिलो हुन्छ।

कि हुन्छ भनेर सरुवा हुन्छ कि हुन्न भनेर जसलाई पठाउँदा आइजिपीलाई सजिलो हुन्छ आइजिपीले उसैलाई पठाउँछन्।

मैले जान राजी भएको तर केही सर्त छ है भने।

चन्द सरले सोधे कस्तो सर्त ?

मैले आफ्ना चार सर्त राखे। उहाँ राजी हुनुभयो। अनि मेरो काज सरुवा भयो महाशाखामा। महाशाखामा नौ महिना जति काम गरे। विजयकुमार गच्छदार गृहमन्त्री भएपछि काठमाडौँ परिसर र महाशाखा दुवैको प्रमुख परिवर्तन गरे।

नौ महिनामा जे जति काम गर्न सकेँ अहिले सम्झँदा मेरो नेतृत्व सफल भएको ठान्छु। जति समय काम गर्न पाए रमाएरै गरे।

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....