राधा भट्टराईको प्रसव पीडा र खुसीः डाक्टरले बल गर नत्र छुरा खान्छेस् भने

राधा भट्टराईको प्रसव पीडा र खुसीः डाक्टरले बल गर नत्र छुरा खान्छेस् भने

२०२० सालमा गोरखामा जन्मिएकी राधा भट्टराई कक्षा ८ पढ्दताका नै राजनीतिमा लागिन्। 

विद्यार्थी राजनीतिमा सक्रिय उनी पालुङटारबाट एसएलसी पास गर्ने पहिलो महिला आफू नै भएको दाबी गर्छिन्। 

कक्षा ९ मै हुँदा विद्यार्थी संगठनमा लागेकी उनी एसएलसी पास भएपछि अझ सक्रिय भइन्। विभिन्न संघसंस्थामा आबद्ध भएर महिलाको हकहितमा पनि लागिपरिरहिन्।

महिलाले ३३% हक/अधिकार पाउनुपर्नेदेखि सम्पत्तिमा समेत हक हुनुपर्ने आवाज उठाएकी उनी ०४७ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएर राष्ट्रिय परिषदमा गइन्।

पार्टीको केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यसम्म भइन्। अनि लामो समयदेखि राष्ट्रिय भूमि सुधार आयोगमा सदस्य छिन्।

माओवादी वाग्मती प्रदेशको समाज कल्याण विभागको सचिव र अनेम संघ क्रान्तिकारीको सल्लाहकार पनि हुन्। 

विभिन्न आन्दोलनमा सक्रिययता जनाएकी उनी १४ महिनाको बच्चा घरमा छोडेर आन्दोलनमा जाँदा पक्राउ परेर चार दिन जेलसमेत बसिन्। जतिबेला उनले जेलभित्रै बच्चालाई खुवाएकी थिइन्। 

पहिलो प्रसव पीडा सहन नसकेर अब बच्चा जन्माउदिनँ भनेर डाक्टरलाई भनेको प्रसंगदेखि कमजोर आर्थिक अवस्थाका कारण जुम्ल्याहा बच्चाको गर्भपतन गर्नुपर्दाको पीडा राधाले उकेरासँग यसरी साटिन्ः 

०००
४० सालतिर विद्यार्थी संघको राष्ट्रिय सम्मेलन हुँदा पहिलोपटक काठमाडौँ आएँ। त्यतिबेला मेरा श्रीमान् सुनिल मानन्धर पनि नेतृत्वमा हुनुहुन्थ्यो र क्षेत्रको सम्पर्क पनि उहाँले नै गर्नुहुन्थ्यो। समापन कार्यक्रमचाहिँ गोदावरीमा पिकनिकसहित गर्ने भनेर सबै जना गएका थियौँ। प्रहरीले उहाँलाई पक्राउ गर्यो। हामी भाग्न सफल भएका थियौं। त्यतिबेला नै मलाई उहाँले बिहेको प्रस्ताव राखिसक्नुभएको थियो। 

आफूलाई पनि राजनीतिमा रुचि भएको कारण यसैमा लागेको मान्छेसँग बिहे गर्यो भने सहज हुन्छ भनेर मैले पनि सजिलै स्विकारेँ। ५ महिनापछि उहाँ छुट्नुभयो। अनि हाम्रो बिहेको कुरा छिन्यो। सत्याग्रह हुने जेठको १० गते हाम्रो बिहे चै १२ गते हुँदै थियो। त्यसबेला मण्डपबाटै बेहुला पक्राउ पर्न सक्ने जोखिम उत्तिकै थियो। तर, बिहे सजिलै भयो। अन्तर्जातीय विवाह भएको कारण घरमा केही समय बोलचाल नै भएन। 

पछि पञ्चायतविरोधी कामहरू गर्यौं। उहाँ १४ महिना थुनामा पर्नुभयो। उहाँ पक्राउ पारिराख्ने, बाहिरबाहिरै हुने। म पनि त्यसबेला विद्यार्थी महांघको सचिवालय सदस्य र महिला संघको केन्द्रीय सदस्य भइसकेको थिएँ। बिहे भएको पनि दुई वर्ष पुगिसकेको थियो। मलाई बच्चाको इच्छा लागिसकेको थियो। 

हामीले त्यसैअनुसार योजना पनि बनायौं। अनि एक दिन एक्कासि जोडले चक्कर आयो। महिनावारि पनि रोकियो। त्यसपछि मलाई शंका लाग्यो। हस्पिटल गएँ। जाँच गराएँ। त्यो बेलामा रिजल्ट पनि छिटो आउँदैन थ्यो। भोलिपल्ट बोलाइयो। मेरो रिपोर्ट हेरेर सबै जना हाँसे। मेरो पेटमा बच्चा आएको रैछ। म त्यसबेला निकै खुसी भएँ। अब म पनि आमा हुने भएँ भन्ने लाग्यो। उहाँलाई कहिले सुनाऊँजस्तो लागेको थियो। 

सुरुको २-३ महिना त एकदम कमजोरी भयो। त्यस बेला स्कुल पढाउँथे। एकदम थकित हुन्थेँ। खानेकुराको गन्धले वाकवाक लाग्ने भएर बसिनसक्नुहुन्थ्यो। कुनै खानेकुरा खान मन लागेन। त्यसपछि गोर्खा गएँ। बारीमा बदाम फलिरहेको हुन्थ्यो। त्यहाँ गएपछि चै मन नपर्ने कुरा भन्ने नै भएन। सबै खान थालेँ।

गोरखा एक महिनाजति बसेर फर्किएँ। त्यसपछि शारीरिक परिवर्तनहरू पनि देखिन थाल्यो। सुरुमा त धेरै दुब्लो भएको थिएँ। पछि मोटाउँदै गएँ। 

त्यति बेला चार सय रुपैयाँ तलब दिन्थ्यो, म स्कुल पढाउँथेँ। तर, त्यो छोडेर ट्युसन पढाउन थालेँ। बच्चा पाउनुभन्दा १० दिनअघि सम्म मैले पढाएँ।

बाले पनि घिउ तेलहरू लिएर आउनुभयो। तर बच्चा जन्मिनुअघि बुवा फर्किनुभयो।

राति ११ बजेतिर हो, ढाड दुख्न सुरु भयो। त्यसपछि लगातार ढाड, पेट दुख्ने भयो। सुत्न लाग्यो कि दुख्ने। मलाई प्याडलगाइदिएको रहेछ। बिहान ५ बजेतिर रगत देखिन थाल्यो। अनि प्रसव कक्षमा लगियो।

त्यहाँ त ४०-५० जना महिलाहरू ग्वाँग्वाँ रोइरहेका थिए। त्यो देखेपछि मलाई झन् डर लाग्यो। ढाड र पेट त यति नराम्रोसँग दुख्ने रहेछ। त्यसमाथि ट्वाइलेट गइराख्न पर्ने। ट्वाइलेटमा जाँदा पनि यहीँ जन्मिन्छ कि जस्तो लाग्थ्यो। 

डाक्टरले सबैलाई जाँचेर मलाई हेर्दा त बच्चाको टाउको निस्किसकेछ भने। अनि यहीँ पाउने कि अर्को ठाउँमा जाने पो भने। अझै अर्को ठाउँमा पनि लाने रहेछ। त्यहाँचाहिँ तीन,चार जना थिए। सबको खुट्टा झुन्ड्याएर बच्चा निकाल्ने तयारी गरिरहेको रहेछ। तर, त्यहाँ पुगेपछि फेरि मेरो व्यथा नै हरायो। त्यसपछि डाक्टरले बल गर भनिरहेको थियो। मलाई केही भएको थिएन। तर डाक्टरहरू आत्तिएका देखिन्थे। 

एउटा डाक्टर त आएर 'बल गर नभए छुरा खान्छस्' भन्यो। तिनले बल गरिनस् भने अप्रेसन गर्दिन्छु पनि भने। तर मैले बल गर्न सकिनँ। उनीहरूले बच्चा निस्कन सजिलो होस् भनेर चिर्दिने रहेछन्। ठाउँ ठूलो होस् भनेर। नदुख्ने औषधि पनि दिएन। त्यसले झन् थप दुःखी भएँ। अनि मलाई स्ल्याइन दिइयो। त्यो आधाभन्दा बढी सकिएपछि जोडसँग बच्चा निस्कियो। 

पछि फेरि त्यो चिरेको ठाउँमा सिलाउने पनि रहेछ। त्यो बेलामा पनि नदुख्ने केही लगाइदिएन। त्यसपछि मैले त डाक्टर साब अब म बच्चा पाउँदिनँ भनेँ। अनि डाक्टरले हासेर 'त्यसो भनेर जान्छन्, १८ महिनामा फेरि आउँछन्’ भन्नुभयो। बच्चा निस्केपछि त धेरै रिलिफ फिल भयो। बेस्कन भोक पनि लाग्यो। 

बच्चालाई दूध चुसाउँदा सुरुमा त एकदम कम आयो। त्यत्रो सानो बच्चाले पनि कस्तो चुस्दो रहेछ भने किराले टोकेको जस्तै हुने। त्यो बेला श्रीमानले पनि धेरै साथ दिनुभयो। सुत्केरीको समयमा पनि कमजोरी भइरहने रहेछ। त्यै भएर सुत्केरी हुँदा विशेष ध्यान दिनुपर्छ भनेको होला। बाबु ८ महिना भएपछि म फेरि स्कुल पढाउन थालेँ। 

बाबु ५-६ वर्ष भएपछि अर्को बच्चा पाउने भएको कुरा त भएको हो। मैले डिपो-प्रोभेरा सुई लगाइरहेको थिएँ। त्यो फेरि एकैचोटि छोड्न पनि मिल्दैन थियो। त्यसै समयमा उहाँको किड्नीमा समस्या देखियो। अनि पोखरामा जाँदा अप्रेशननै गर्न पर्यो।

उहाँको अप्रेशन भइसकेपछि मलाई एकदम गाह्रो हुन थाल्यो। सुतेको सुत्यै हुन थाले। महिनावारि पनि रोकिसकेको थियो। त्यसैबेला त्यहाँको दिदीलाई भने अनि हामीले चेक गर्दा पोजेटिभ देखायो। 

दुई महिनासम्म पोखरामा दौडधुप। त्यहाँदेखि काठमाडौँसम्म गाडीको यात्रा। फेरि स्कुलको काम। अनि त्यहाँ पनि धेरैजसो ट्याम्पु चढ्ने। त्यै बेला बच्चा बिरामी। उसलाई बोकेर घर आउँदा त बेलुकातिर रगत देखियो। डाक्टरसँग कुरा गरे बच्चा अलि ठूलो देखिएको छ।’

'बेड रेस्ट’ गर भनियो। फेरि भिडियो एक्सरे पनि गर्यौँ सब ठिक छ कि छैन भनेर। पौने तीन महिनाजति भएको थियो। जुम्ल्याहा बच्चा देखियो। त्यहाँ त्यस्तो देखिएपछि खुसी भएर आएँ।  

घर आएको पर्सितिर फेरि सानो बाल्टिन यसो उठाएको, रगत बग्यो। त्यसबेला घरमा सबै काम पनि आफै गर्नु पर्थ्यो। पायो भने पनि जुम्ल्याहा छ। बेड रेस्ट गरेर त्यति समयसम्म कसरी चल्छ। आर्थिक स्थिति पनि राम्रो छैन। सानो बच्चा छ, भनेर सबै कुरा ख्याल गर्दै गर्भपतन गर्दै ठिक होला भन्ने निर्णयमै पुग्यौं। त्यसपछि चै बाबु पनि ठूलो हुँदैथ्यो अनि हामीले बच्चाको योजना बनाएनौँ। 

गर्भपतन गरे पनि सुत्केरी नै त हो। झण्डै एक महिनाजति आराम गरेर बस्न पर्यो। त्यसबेला दूध पनि आउने रहेछ। रगतहरू पनि बगिरहने भइरह्यो। पहिला बच्चा हुँदा जस्तो स्याहार त गर्भपतनको बेला पाइएन।

बच्चा पाएको भए पक्कै राम्रो स्याहार पाउँथे होला ! पछि महिनावारी हुन थालेपछि चै शरीर फेरि ठिक हुँदैन गयो। अहिले सब ठिकै छ। तर, छोरी मान्छेको शरीर भनेको अस्थिर हुने रहेछ। प्रसव पीडा सहेर मातृत्वको अनुभव गर्न पाउनु र त्यसलाई गुमाउनुसम्मको अनुभव पनि गर्नुपर्ने रहेछ। 

छोरो अहिले स्नातकोत्तर सकेर भिडियो सम्पादनको काममा सक्रिय छ। बुहारी भित्र्याइसकियो। त्यै भएर अहिले पनि एउटा मात्र बच्चा छ भनिराख्न त पर्दैन। (हाँस्दै) आर्थिक अवस्थामा पनि केही सुधार आएको छ। अहिले पूर्ण परिवार, सानोपरिवार खुसी छौं। 

यो पनि​​​​​

ठूलो पेट देखेर तिम्ल्याहा छन् भन्दा निकै डराए

आरोही कल्पनाको प्रसव पीडा र खुसी : छोराको प्रश्नले सगरमाथा चढायो

स्वार्थी आमा पो भए कि !

विपुला जोशीको प्रसव पिडा र खुसी : डाक्टरले कलिलो बच्चालाई उल्टो पारेर प्याट्ट हानिरहेका थिए

नेतृ नवीनाको प्रसव पीडा र खुसी : अस्पतालको वार्डमा मेरो बच्चा दे भनेर रातभर बर्बराइरहन्थेँ

पूर्वमिस नेपाल उषा खड्गीको प्रसव पीडा र खुसी : श्रीमानसँग सम्बन्ध सुुध्रिने आशमा दोस्रो बच्चा जन्माएँ

फेसन डिजाइनर रेजिनाको प्रसव पीडा र खुसी : भ्याकुमले तीन चोटि तान्दा पनि बच्चा नआएपछि शल्यक्रिया गर्नुपर्याे

कलाकार सरिता डंगोलको प्रसव पीडा र खुसी : डाक्टरको लापरबाहीले ठूलो मानसिक पीडा भोगें

कवि विमला तुम्खेवाको प्रसव पीडा र खुसी : क्यान्सर भएकी सुत्केरीसँग नाम जुधेपछि…

२९ घन्टाको पीडा सम्झँदा अहिले पनि जिउ सिरिङ्ग हुन्छ

मेरो बच्चा देऊ भनेर बर्बराइरहन्थें

ठूलो पेट बोकेर 'एक्सन-कट' गरिरहें

६ वर्षमा तीन सन्तान, 'मेरै ढिपीले तेस्रो बच्चा छोरी'

श्रीमान् दयाहाङले 'तिमीलाई त ब्यथा लागेछ' भन्दा पो झसंग भएँ

आफ्नो सन्तानलाई पेटबाटै मृत निकाल्नुपर्दा...

मेरो गीत गाउँदै, मेरै अप्रेसन

डाक्टरले नै खेर गयो भनेको बच्चाले पुनर्जीवन पाउँदा...

डेढ-डेढ घन्टामा पम्पले दूध निचोरेर फ्याल्थें

नर्स मनिषाको प्रसव पीडा र खुसी : अप्रेसन थिएटरमा सुताउँदा यहाँबाट कसरी भाग्ने होला भन्ने सोच आयो

चाइनिज क्यालेन्डर फलो गरेर छोरा जन्माएँ

बिन्दास हिँड्नुपर्ने मान्छे, आमा बनेको स्वीकार्नै सकिनँ

प्रिन्सिपल सुनिताको प्रसव पीडा र खुसी: १६ दिनको बच्चालाई श्रीमानले थप्पड हानेपछि...

यहाँ त बस्दिनँ भनेर हस्पिटलको चार तलाबाट भागें

ब्युटिसियन रुश्काको प्रसव पीडा र खुसी : गर्भवती हुँदा पिरियड रोकिन्छ भन्नेसम्म थाहा थिएन

गायिका देविका बन्दनाको प्रसव पीडा र खुसी : डाक्टरले खासखुस गर्दै बच्चा भित्र लगेपछि…

डाक्टर इशाको प्रसव पीडा र खुसी : श्रीमानको हात समातेर बच्चा जन्माउने सौभाग्य

व्यवसायी लिमाको प्रसव पीडा र खुसी : मेरो अवस्था देखेर श्रीमान् झन्डै बेहोस !

चार्टर्ड एकाउन्टेन्ट मोनाको प्रसव पीडा र खुसी : नर्स भएर पनि झारफुकको शरण

गायिका सितु खरेलको प्रसव पीडा र खुसी : छोरीको भविष्य सम्झेर मुटु कटक्क खान्छ

मिडियाकर्मी सरिताश्री ज्ञवालीको प्रसव पीडा र खुसी : पहिलोपालि लात्ती हानेको अनुभव गर्नै पाइनँ

इन्टेरियर डिजाइनर सपनाको प्रसव पीडा र खुसी : अपरेसन थिएटरमा आफ्नै पेट चिरेको आवाज कानमा गुन्जियो

गायिका हरिदेवी कोइरालाको प्रसव पीडा र खुसी : व्यथा लागेपछि डोलीमा राखेर आँबुखैरेनी लगियो

निकिलाको प्रसव पीडा र खुसी : डाक्टरले गाली गरेपछि पो अस्पताल भर्ना भएँ

डा. रीनाको प्रसव पीडा र खुसी : म चिच्याउँथें, नर्सहरु यति दुख्दैमा कहाँ बच्चा पाइन्छ भन्दै हप्काउँथे

फेसन डिजाइनर तरुणिकाको प्रसव पीडा र खुसी : परिवार नियोजन भयो भनेर झुक्किँदा तेस्रो गर्भ

कवि शान्ति शर्माको प्रसव पीडा र खुसी : दगुरेर बरन्डाबाट हाम फालुँला जस्तो गर्थें

परिवार नियोजन गरेको १६ वर्षपछि गर्भवती बन्दा

डाक्टरले अप्रेसन थिएटरको हिटर निभाउन बिर्सेपछि...

अस्पतालको बेडमा भगवान बनेर आएकी ती बुढी आमै

श्रीमानले ‘जागिर छोड, १० हजार म दिन्छु’ भनेपछि…

बच्चा पेटभित्रै छ भन्दा सबै अचम्म मान्थे

जब डाक्टरले बच्चाको घाँटीमा साल बेरिएको खबर सुनाए

जहाज हल्लिँदा मनै चिसो हुन्थ्यो

औषधिले बच्चालाई तीन महिनासम्म पेटमै रोकियो

२३ घण्टाको व्यथा, भ्याकुम अनि अप्रेसन

गर्भवती भएको पाँच महिनामा कुकुरले टोकेपछि

जब स्तनबाट रगत चुहिन थाल्यो

छेउमै सुताएको छोरो एकाएक हराउँदा...

पुत्रवियोगको पीडाले बाँचुञ्जेल रुवाइरहने छ

बच्चाले किक हान्दाको आनन्द

पेट चिरेर बच्चा निकालिएकाले प्रसव पीडा अनुभव गर्नै पाइनँ

पेटभित्रै बच्चाको धड्कन रोकिएपछि…

कुरा गर्दागर्दै बच्चा रोयो, कसको बच्चा भनेर सोध्दा तपाईँको पो भन्छन्

डाक्टरले पेटको बच्चा सुल्टो पार्नै सकेनन्

अप्रेसन गरेर बच्चा निकालिदिनूस् भन्दा डाक्टरले नमानेपछि

पेट बढ्दै गएपछि घरमै लुकेर बस्थें

छोराले बाउ फ्लप निर्देशक, आमा फ्लप गायिका भन्छ

बच्चाले बच्चा पायो भनेर डाक्टर नै चकित परे

दोस्रो सन्तान जन्मिँदा बितेको छोरा फर्किएर आएझैं भयो

छायाँकार शवनमको प्रसव पीडा र खुसी : बल गर्दा स्लाइन-पानीको सुई नै बांगिएपछि…

प्राध्यापक बिन्दुको प्रसव पीडा र खुसी : आमाले तेरो छोरीको खुट्टा बांगो छ भन्दा सात्तो गयो

९० वर्षीया आमैको प्रसव पीडा र खुसी : ९ पटक सुत्केरी हुँदा ११ सन्तान, 'अनि मैले आफैं नाल काटें'

प्रिन्सिपल कुमुदको प्रसव पीडा र खुसी : जब डाक्टरले आमा रोज्ने कि बच्चा भनेर हस्ताक्षर गराए

कलाकार कविताको प्रसव पीडा र खुसी : मुखबाट प्याच्च निस्कियो- छि!, कति नराम्रो बच्चा

पूर्व राष्ट्रिय खेलाडी तथा फिफा रेफ्री बिनाको प्रसव पीडा र खुसी : व्यथाले च्यापेपछि अगाडिका मानिसलाई हिर्काएर भागौं जस्तो हुन्थ्यो

सौन्दर्यकर्मी सुष्माको प्रसव पीडा र खुसी : ज्योतिषीको कुरा पत्याएर बच्चा जन्माउने समय नै सारिएपछि...

नेतृ अष्टलक्ष्मीको प्रसव पीडा र खुसी : छोरा-छोरीले तिमी हाम्रो आमा होइनौ, नत्र किन छाडेर हिँड्थ्यौ भनेको सम्झिँदा भक्कानो फुट्छ

अधिवक्ता सविता थापाको प्रसव पीडा र खुसी : बच्चाको मुखमा अक्सिजन लगाइयो, म रुन थालें

कलाकार लुनिभाको प्रसव पीडा र खुसी : श्रीमानले गुगुल भन्दै पेटमा हात राख्दा भित्रबाट कोपरेझैं लाग्थ्यो

फेशन डिजाइनर क्षितिजा शाक्यको प्रसव पिडा र खुसी: सुत्केरी व्यथा कस्तो हुन्छ भन्ने थाहा नपाएरै मैले बच्चा जन्माएँ

डा. उनाको प्रसव पीडा र खुसी: कहिले १६ हप्ता पुग्छ र बच्चाको ढुकढुकी सुन्न पाइन्छ जस्तो भयो

जुम्बा गुरु बाबाको प्रसव पीडा र खुसी : डाक्टरले गाली गर्दागर्दै रिक्स मोलेर नर्मल डेलिभरी गरें

व्यवसायी नीतिमाको प्रसव पीडा र खुसी : हतार-हतार अस्पताल पुग्दा बच्चाको धड्कन घटिसकेको रैछ

गायिका एन्जेलाको प्रसव पीडा र खुसी : पौने दुई केजीको बच्चाले आधा घन्टासम्म घटघटी दूध खाँदा नर्स त ट्वाँ ! 

गायिका सोमाको प्रसव पीडा र खुसी : मरेको बच्चा दुई महिनासम्म पेटमा बोकें

शिक्षिका राममायाको प्रसव पिडा र खुसी : नर्सले पाठेघरको मुख धेरै काटिदिएछन्, रगत त बगेको बग्यै

कलाकार सिर्जना सुब्बाको प्रसव पिडा र खुसी : म नर्मल डेलिभरीमै अडिए तर चिकित्सकले बच्चालाई केही भए हाम्रो जिम्मा छैन भनेर कागज पो गराए !

सौन्दर्यविद् रोशनी शर्माको प्रसव पीडा र खुसी : डाक्टरले खुट्टामा समाएर तुन्द्रुङ्ग झुण्ड्याए, तर बच्चा रुँदै रोएन

शिक्षिका कल्पना पनेरु सिंखडाको प्रसव पीडा र खुसी : दुई दिनसम्म ब्यथा लाग्यो, नर्सहरू खाजा खान गएको बेला छोरी जन्माएँ

‘सिंगल मदर’ विन्दुको प्रसव पीडा र खुसी : सुत्केरी भएर माइत जाँदा आफन्तसँग श्रीमान्को ‘लभ’ परेछ 

दोहोरी गायिका चन्द्रकलाको प्रसव पीडा र खुसी : थाहै नपाई दुई बच्चा पेटमा आए, तेस्रो चाहिँ पुग्यो भनेर एबोर्सन गरेँ

रमा ढुङ्गानाको प्रसव पिडा र खुसी : हेल्थपोष्ट जाँदा पुरुष स्वास्थ्यकर्मी रहेछन्

बुङमती कुमारीकी आमा बिनुको प्रसव पिडा र खुसी : एक दुई वर्ष श्रीमान-श्रीमती घुमौँ भन्ने थियो, चार महिनामै गर्भ बस्यो

व्यवसायी विष्णु राईको प्रसव पीडा र खुसी: नौ महिनामा बच्चा जन्मन्छ भन्ने समेत थाहा थिएन

भाइरोलोजिष्ट डा. लुना भट्ट शर्माको प्रसव पीडा र खुसीः पाटनका नर्स बच्चा जन्माउन भन्दा चिया खान हतारो गर्ने

लोकमाया लिम्बुको प्रसव पीडा र खुसीः घरैमा बच्चा जन्माइन्, नाभि काटिन् अनी नुहाइदिइन्

दुई सन्तान जन्माए पनि एक्लै भएकी मिनाको प्रसव पीडा र खुसी : छोरी जन्माउने बेला घाँटी रेटेजस्तै भएको थियो

महिला विकास अधिकृत मञ्जुको प्रसव पिडा र खुसी : यदि केटाले बच्चा जन्माउँथे भने केटीको अनुहार कहिल्यै हेर्दैनथे

बाल आश्रम सञ्चालक मेनुकाको प्रसव पीडा र खुसी : अविवाहित विदेश गएकी फर्कँदा ठूलो पेट थियो, लाजै मर्नु भयो

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

डा. नीतिको प्रसव पीडा र खुसी : चाइनिज क्यालेन्डर ‘फलो’ गर्दा पनि छोरी जन्माउँन सकिनँ

फेसन डिजाइनर गीताको प्रसव पीडा र खुशी : बच्चा निकाल्दा धुवाँ सुँघाएर बेहोस बनाए, होसमा ल्याउन गालै रातो हुनेगरी थप्पड हाने

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
 

रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
 

माल्भिका सुब्बाको प्रसव पीडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

रग्बी खेलाडी पन्चमायाको प्रसव पीडा र खुशी : मुखबाटै बच्चा निस्केलाजस्तो लाग्थ्यो, छ महिनासम्म दाँत माझ्न सकिनँ

पत्रकार सुशीला तामाङको प्रसव पीडा र खुसी : छोरा हेर्नै मन लाग्थेन, रूँदा पनि रिस उठ्थ्यो

प्रधानाध्यापक कमलाको प्रसव पीडाः समय नभई आमा बनेँ, सन्तान जन्माउँदाभन्दा ठूलो पीडा पछि भयो

लेखक मुना चौधरीको प्रसव पीडा र  खुसीः कसैले गर्भवती हुँदाको पीडा भनिदिएको भए सायद आमा नै बन्दिनथेँ कि !

२८ जेठ, २०८०, १७:२७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।