उकेरा कोलम

अधिवक्ता सविता थापाको प्रसव पीडा र खुसी : बच्चाको मुखमा अक्सिजन लगाइयो, म रुन थालें


अधिवक्ता सविता थापा नेपाल ल कलेजमा प्राध्यापन गर्छिन्। गीत सङ्गीतमा समेत रुचि राख्ने उनले गाएका तीजका गीत सार्वजनिक पनि भइसकेका छन्र। चित्रकलादेखि गायन, अनि प्राध्यापनदेखि कानुन ब्यवसायमा रमाइरहेकी सविताको करियर भने बच्चा जन्माएपछि मात्रै सुरु भएको हो।

काठमाडौंको मध्यम वर्गीय परिवारमा जन्मिएकी सविताले प्रेम विवाह गरिन्- धादिङ सल्यान्टारका भरतबहादुर खत्रीसँग। दिदीको राम्रो घरानामा विवाह भइसकेकाले बाबुआमा काठमाडौं बाहिरको केटोसँग उनको विवाह गराउन चाहँदैनथे।

मन पराएको केटोसँग विवाह गर्न परिवारमा उनले निकै संघर्ष गर्नुपर्योक। दुई सन्तानकी आमा सविता आफ्ना प्रसव पीडा र खुसी उकेरासँग यसरी व्यक्त गर्छिन् :

आफूले गरेको संघर्ष सबैलाई ठूलै लाग्दोरहेछ। मलाई पनि मेरो जीवन एउटा विद्यालय जस्तै नै लाग्छ।

मेरो प्रेम विवाह हो। सबै कुरा मिल्दा पनि प्रेम गरेको व्यक्तिसँग विवाह गर्न ठूलै संघर्ष गर्नुपर्यो । 

म काठमाडौंमा जन्मेहुर्केकी। बुवाआमा यो खल्डोभन्दा बाहिर पठाउन नचाहने। त्यसमाथि आफैँले रोजेको केटोसँग विवाह गर्न चाहने परिवारमा म एक्लै।

बुवा खाद्य संस्थानमा अधिकृत हुनुहुन्थ्यो। त्यो समयमा उहाँसँग सिधै मेरो प्रेमी छ भन्नसक्ने अवस्था पनि थिएन। 

मैले भाउजुलाई सँगै पढ्ने केटा साथीसँग प्रेम छ भनेर सुनाएँ। उहाँले बुवासम्म कुरा पुर्यारउनुभयो। तर ठाडै अस्वीकार भयो। 

बुवाले ठूलोबुवाको कुरा नकार्नु हुँदैनथ्यो। त्यसपछि मैले ठूलोबुवाको बुहारी (भाउजु)लाई मेरो कुरा सुनाएँ। 

उहाँले कुरा ठूलोबुवासम्म पुर्या)उनुभयो। ठूलोबुवा सकारात्मक भएपछि मात्रै मैले आफूले रोजेको केटोसँग विहे गर्न पाएकी थिएँ।

२०६२ सालमा हाम्रो विवाह भयो। विवाह भएको चार महिना नबित्दै मलाई रिँगटा लाग्ने, वाकवाकी आउने हुनथाल्यो। परिवारको योजना बनाएका थिएनौं, परिवार नियोजनका साधन पनि प्रयोग गरेका थिएनौं।

गर्भवती भएँ कि भन्ने शंका भने लाग्यो। प्रेग्नेन्सी किट ल्याएर आफैँ परीक्षण गरें। नतिजा सकारात्मक आयो।

सबैभन्दा पहिले त श्रीमानलाई नै सुनाएँ। निकै खुसी हुनुभयो। आमाबुवालाई जानकारी दिएँ, परिवारभर खुसी छायो।

गर्भवती भएको पहिलो ६ महिनासम्म निकै गाह्रो भयो। जे खाए पनि बान्ता हुन्थ्यो। भान्सामा लसुन प्याजको बास्ना त सहनै नसक्ने। 

जतिपटक खायो, त्यतिपटक बान्ता भइहाल्ने। तर ६ महिनापछि भने खाएको कुरा पेटमा अडिन थाल्यो। बच्चाको तौल बढ्न थालेपछि म आफू पनि मोटाउन थालें।

सुरुमा डा. भोला रिजाललाई देखाएका थियौं। पछि टिचिङ हस्पिटलमा काम गर्ने गाउँको राजाराम दाइले टिचिङमा डा. पदमराज पन्थ राम्रो हुनुहुन्छ भन्नुभयो।

हामीले त्यतै जचायौं। बच्चा जन्माउने दिन नजिकिँदै थियो, सबै कुरा राम्रो छ भनिरहेका थिए चिकित्सकले। तर, ९ महिना लागेपछि भने पानी कम भएको बताए। 

अनि बच्चा चलेको छैन भनेर तुरुन्तै प्रसव पीडा सुरु हुने औषधि स्लाइन पानीमा मिसाएर दिए। बच्चा जन्माउन दिएको डेटभन्दा अगाडि नै मलाई चिकित्सकले व्यथा लाग्ने औषधि चढाएका  थिए।

औषधि चढाएपछि म छटपटाउन थालें। यो क्रम ७२ घण्टासम्म रह्यो। जति रोए पनि, जति चिच्याए पनि पाठेघरको मुख खुल्दै खुलेन।

१० घर हुने रहेछ, मेरो पाँच मात्रै खुल्यो, बाँकी खुलेन। पीडा सहन नसकेपछि मैले चिकित्सकलाई अपरेशन गरिदेऊ भनें। 

मेरो श्रीमान् मैले खेपेको पीडा सहन नसकेर चिकित्सकहरूसँग झगडा गरिरहनुभएको थियो। सरकारी अस्पतालमा अपरेशन गरेर बच्चा निकाल्न मिल्दैन भनेर जति पीडा भए पनि चिकित्सकले  अप्रेशन गर्न मानेनन्। हदै भएपछि बल्ल मेरो अपरेशन भयो।

आधा शरीर लठ्याइएको थियो, माथि बलेको बत्ति भने देखिन्थ्यो। कैँचीले कटकट काटेर बच्चा निकालेको, काटेको ठाउँ सिलाएको सबै हेर्न मिल्ने रहेछ। 

बच्चा निकालेपछि चिकित्सकले 'यी हेर्नुस्, तपाईंकी छोरी' भनेर बच्चा देखाएका थिए। ७२ घण्टाको प्रसव पीडा मात्रै हैन, शरीर चिरेरै निकालेको बच्चाको अनुहार देखेर खुसीको सीमै रहेन। 

आमा बन्दाको खुसी, मातृत्वको खुसी सबैभन्दा माथि हुनेरहेछ।

बच्चा त जन्माएँ तर स्तनपान गराउन सकिनँ। निप्पल भित्र गढेको थियो, दूधै आएन। ल्याक्टोजिन खुवाइयो। बच्चालाई मसँग राख्नै दिइएन। 

रातभर नाङ्गै, मदेखि टाढा बच्चालाई राखिदिए चिकित्सकले। बच्चा चिसोमा रोइरहेको सम्झना र आवाजले अहिले पनि तर्सन्छु म।

तीन दिन अस्पताल राखेर मात्रै घर आउन पाएँ, त्यो पनि लक्ष्मीको साथमा। मेरी छोरी, अहिले पनि  पृथ्वीमा त्यति राम्री सन्तान कसैको जन्मेकै छैन जस्तो लाग्छ।

पछि दूध त आयो, तर छोरीले खानै सकिनन्। बच्चाले दूध तान्नै जानेन। आफैँले निचोरेर फाल्नुपर्ने भयो। 

एक महिनापछि माइत गएँ। आमाले छोरीलाई तेल लगाइदिन लाग्नुभएको थियो, उनको अस्वाभाविक श्वास फेराई याद गर्नुभएछ।

उनी सामान्यरूपमा श्वास फेर्नै सक्दैनथिन्। मुटुको धड्कन अस्वाभाविक थियो। धेरै।

खासै केही होइन होला, तर पनि परीक्षण गराउँ भन्ने सल्लाह भयो। डा. रीता सिंहलाई देखायौँ। 

उनले बच्चाको ईको (इसीओ) गर्नुपर्छ भनिन्। सामान्य भनेर देखाउन लगेको त बच्चाको मुखमा अक्सिजन लगाइयो। म रुन थालें। 

अर्का चिकित्सक इमरानलाई देखाउँदा मुटुमा प्वाल परेको छ भने। तुरुन्तै पाटन अस्पताल पुर्याोएर बच्चालाई भर्ना गरियो।

हामीलाई चिकित्सकको भर लाग्न छोडेको थियो, यता लैजाँदा हुन्छ कि, यसो गर्दा हुन्छ कि भनेर दौडधुप गरिरह्यौं। 

राति ८ बजे गंगालाल अस्पताल पुग्यौं। बच्चाको चिकित्सक उर्मिला श्रेष्ठको ड्युटी सकिइसकेको रहेछ। कान्तिको इमरजेन्सीको आईसीयूमा छोरीलाई भर्ना गर्यौं।। 

अस्पतालबाट छोरीलाई अर्को अस्पताल सार्न मानेका थिएनन्, हामीले झगडा गर्दै सारिरह्यौं।

सानो बच्चालाई सुई घोपेको घोप्यै गर्थे। नसा सबै सुन्निएको थियो। सुई लगाउँदा उनी नमीठोसँग रुन्थिन्। 

बच्चाहरू धेरै एकै वार्डमा राखिएका हुन्थे तर म मेरी छोरीको रुवाइ ठम्याउँथे। सहन निकै गाह्रो हुन्थ्यो।

४–४ घण्टाको फरकमा दूध खुवाउन भनेर बच्चा हेर्न जान पाइन्थ्यो। म घडीको सुई हेरेर बस्थें। छोरीलाई दूध खुवाउन जाँदा पेनकिलर, ल्याक्टोजिन खुवाएर नर्सहरूले सुताइदिइसकेका हुन्थे। उनी लठ्ठिएर सुत्थिन्। उठेर खेले हुन्थ्यो भनेर म उनको खुट्टामा काउँकुती लगाउँथें।

छोरीलाई छाड्दै नछाडौंजस्तो हुन्थ्यो। तर नर्सहरूले निकै अमानवीय तरिकाले गाली गर्थे। खुबै आमा बन्नुपरेको, आमाको माया उर्लेर आयो होला नि भन्थे। कतिपय त घिसार्दै ढोका बाहिर समेत पुर्या इदिन्थे। 

कान्ति अस्पतालको भरै लागेन। त्यहाँबाट झगडा गरेर गंगालाल पुर्यायौं। 

चिकित्सक भगवान कोइराला लगायतको टोलीले छोरीलाई हेरे। सिधै भनिदिए, ' मुटुमा ९ एमएमको प्वाल परेको छ। त्यो भनेको बुढी औंला बराबरको प्वाल हो। बच्चा पाँच किलोसम्म बनाउन सक्यो या पाँच वर्षसम्म बचाउन सकियो भने अपरेशन गर्न सकिन्छ, नत्र उनी बाँच्न असम्भव छ।'

पाँच किलोसम्म पुर्या उन हामीले धेरै मेहनत गर्यौं। तर छोरी दूध खाँदा समेत मुर्छा पर्थिन्। 

छोरीलाई फेरि कान्तिमै फिर्ता पठाइयो। उनलाई नाकबाट औषधि, दूध खुवाउने गरिन्थ्यो। केही दिनपछि छोरीलाई घर पठाइदियो। छोरी गल्दै गइरहेकी थिइन्।

२०६३ साउन ६ गते। दिउँसो ३ बजेतिर छोरीको पेट डमडमी फुलेर आयो। दूध खुवाउन लागेको त उनी हिरिक हिरिक गर्न थालिन्। 

गाडी बोलाएर अस्पताल लग्यौं। एक ठाउँमा गाडी उक्लनै मानेन। 

त्यो समयमा गाडीको पाङ्ग्रा हैन, मेरो श्वास रोकिएजस्तै लागेको थियो। श्रीमान् र साथमा जानुभएको दाइले धकेल्नुभयो। 

अस्पताल पुर्या एपछि मैले मेरो श्रीमान् चित्त दुखाएर रोइरहेको देखें। कोही केटा मान्छे त्यति नमीठोसँग रोएको मैले पहिलो पटक देखें।

जति नै भगवान गुहारे पनि, पूजा प्रार्थना गरे पनि हामीले उनलाई बचाउन सकेनौं। छोरीले अन्तिम श्वास फेरेको दिन मैले मेरो इमोसन कन्ट्रोल गर्न सकिरहेकी थिइनँ, तर आँखाबाट आँसु भने झरेन। 

म पागलजस्तै बनें। त्यो समयको अनुभूति म शब्दमा वर्णन गर्न सक्दिनँ।

छोरी बितेपछि हामी श्रीमान् श्रीमती नै बिरामी पर्यौं। श्रीमानलाई जण्डिस भएछ, मेरो सुत्केरी बिग्रिएर हातखुट्टा, मुख सबै सुन्निएका थिए।

छोरी बितेपछि आँखा ओभानो हुन पाएकै थिएन। मलाई फेरि वाक्वाकी लाग्न थाल्यो। बच्चा जन्मेपछि महिनावारी नभएरै फेरि बच्चा होला भन्ने सोच मेरो दिमागमा छँदै थिएन। 

तर पनि शंका लाग्यो- घरमा प्रेग्नेन्सी किट ल्याएर हेरें। म त फेरि गर्भवती पो भएछु।

बच्चा जन्मेपछि फेरि महिनावारी नभएरै पनि बच्चा बस्यो। पेटमा बच्चा आएपछि मलाई पहिलो सन्तान फर्किएजस्तो भयो। 

हामीले डा. भगवान कोइरालालाई हाम्रो कुरा सुनायौं। उहाँले धेरै मानिसको यस्तो भइरहेको हुन्छ, बच्चा राख्दा हुन्छ समस्या पर्दैन भन्नुभयो। 

बच्चा निकालेको अपरेशनको घाउ राम्रोसँग निको नहुँदै म फेरि अर्को बच्चा जन्माउने तयारीमा लागें। पहिलो सन्तानको वियोगमा थियौं हामी। म डिप्रेसनमा जानै आँटेकी थिएँ। बच्चा पेटमा आउनेबित्तिकै मैले सन्तान वियोगलाई केही हदसम्म भुलें।

यो दोस्रो अनुभव थियो। के खाने, के नखाने लगायतका कुरामा ध्यान दिएँ। तीन महिनासम्म जे पनि गह्नाउने भइरहेको थियो। पछि यो समस्या हट्यो। 

मास्टर्सको शोधपत्र तयारी गर्दै गर्भावस्था बिताएँ। ८ महिना पूरा भएर नौ महिना लाग्नेबित्तिकै बच्चा ठूलो भएको भन्दै अपरेशन गरेर बच्चा निकालियो। 

एकपटक अपरेशन गरेपछि फेरि प्राकृतिक रूपमा बच्चा जन्माउन भने नसकिने, नमिल्ने रहेछ।

जेठ ८ र चैत २८। मैले एकै वर्षमा दुई बच्चा जन्माएँ। बच्चाले दूध चुसेन। अझ भनौं मैले बच्चालाई स्तनपान गराउनै पाइनँ। सधैँ कुनै भाँडोमा निचोरेर खान दिएँ।

बच्चा १३ महिना भएपछि भक्तपुर काठमाडौँ स्कुल अफ लमा एलएलएम पढ्न थालें। सामाखुसीमा बस्ने म १५ किलोमिटरको यात्रा गरेर पढ्न जान्थें।

पढ्न जान थालेको केही महिनामै मलाई फेरि वाकवाक लाग्न थाल्यो। परीक्षण गराउँदा फेरि गर्भवती भएछु। एकातिर पढाइ, अर्कोतिर बच्चा। फाल्ने योजना बनाएकी थिएँ तर आमाहरूले गाली गर्नुभयो।

अब त दुई बच्चा जन्माइसकेको अनुभव थियो। कान्छो सन्तानको समयमा पूर्णरूपमा डा. भगवान कोइरालाको भर पर्यौं। कान्छो छोरोको जन्मसँगै मैले एलएलएम सकाएँ।

तीन सन्तान जन्माउँदा मैले कुनै पनि सन्तानलाई स्तनपान गराउन सकिनँ। यो कुरा भने मनमा खड्किरहन्छ। 

जेठो छोरो, अलि भनेको नमान्ने, रिसाहा हुँदै गयो। ज्योतिषलाई देखाउँदा खड्गो छ भनेको छ। त्यसैले हप्ताको दुई दिन सन्तानको राम्रो भविष्यका लागि व्रत बस्ने गरेकी छु।

मेरा श्रीमान् व्यवसायी हुनुहुन्छ। आफ्नो व्यवसायमा सफल भइरहनुभएको छ। 

मेरा १५ र १३ वर्षका छोराहरू हुर्किरहेका छन्। मैले पनि मेरो पेशामा आजको दिनसम्म राम्रो गरिरहेकी छु।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....