इलेक्सन नबनोस् सेलेक्सन

इलेक्सन नबनोस् सेलेक्सन

वैशाख ३० गतेदेखि देशमा चुनावको मौसम सुरु हुँदैछ। ‘चुनाव पनि हुन्छ कि हुँदैन’ भन्ने संशयको धारिलो तरबार झुण्डिएको थियो। दुई-दुई पटक भएको संसदको गैरसंवैधानिक विघटन, एमाले अध्यक्ष ओलीको एक्लै देश चलाउने आकांक्षा, वामपन्थी दलहरुका बीचमा विकसित हुँदै गएको मनोमालिन्यका कारण चुनावले सार्थक निकास नपाउला भन्ने चिन्ता।

यी चिन्ताहरु अहिले पनि यथावत रहेका छन्। संघीय संसदको चुनावपछि राजनीतिक स्थायित्व आउला भन्ने झिनो आशा छ। देशका धुरन्धर राजनीतिबाजहरुले समयको ढोका बन्द गर्ने छैनन्। आशा यति मात्रै छ। 

चुनाव घोषणा भएको दिनदेखि नै पहिलो चरणमा हुने स्थानीय चुनावको तयारीमा लागेका छन् पार्टीहरु। राजनीतिक पार्टीहरु जुन धुमधामसँग चुनावी प्रतिद्वन्द्वीतामा लागेका छन्, त्यसले चुनावका सन्दर्भमा जनताको मनमा उठेका भ्रम र अनिश्चयलाई हटाउन सकेको छैन।

हामी मझधारमा छौं। एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी मिसनमा दौडिन थालेका छन्। उनको तनलाई हेर्दा  स्वस्थ्य देखिए पनि यथार्थमा उनी बिरामी छन्। उनको किड्नी दुई पटक फेरिएको छ। मनबाट उनी कति फुर्तिला होलान्? अन्दाज लगाउन गाह्रो छ।

उनले आफू प्रधानमन्त्री भएपछि देशबाट तुइन हटाउँछु भनेका थिए। मानिसको धेरै आवागमन हुने बाटोका झोलुंगे पुलहरु हटे पनि कुनै पनि सरकारको आँखामा नपरेका झोलुंगे पुलहरु बाँकी छन्। देशभरिबाट तुइन विस्थापित गर्नु त्यति सहज छैन।  

अध्यक्ष ओली हरेक गौंडोमा उभिन्छन् र भाषण गर्छन् र भन्छन्- देशमा अहिलेसम्म आधाभन्दा बढी सदरमुकाममा भ्यु-टावर बनिसकेको छ। तर उनलाई यो कुराको चासो छैन, आर्थिक हिसाबले तन्नम जनताले त्यो भ्यु-टावरबाट के हेर्छन्? 

चुनाव घोषणा भएको दिनदेखि नै पहिलो चरणमा हुने स्थानीय चुनावको तयारीमा लागेका छन् पार्टीहरु। राजनीतिक पार्टीहरु जुन धुमधामसँग चुनावी प्रतिद्वन्द्वीतामा लागेका छन्, त्यसले चुनावका सन्दर्भमा जनताको मनमा उठेका भ्रम र अनिश्चयलाई हटाउन सकेको छैन।

अहिले बल्ल-बल्ल जनकपुर-जयनगरका बीच रेल चलेको छ। रेलको यो अध्यायसँग नेपाल-भारत सम्बन्धको पनि अन्तर्सम्बन्ध छ। अध्यक्ष ओली भन्छन्- रेलको यो काम सबै मैले गरेको हुँ। अरु कसैले गरेको होइन। आगामी चुनाव जितेपछि देशका हरेक नदीमा पानीजहाज चलाउँछु।  प्रकाशित र प्रसारित अखबार पढ्ने औधि अभिरुचि छ ओलीलाई। उनी आफैं जनतातिर मुखातिव हुन्छन् र हाँस्छन्। 

हालै केपी ओलीको सभामा पहिलो पटक उपस्थित हुन पाएर गदगद भएकी करिष्मा मानन्धर नवप्रवेशी कार्यकर्ताको रुपमा नेपाल कम्युनिष्ट पार्टी एमाले छिरेकी छिन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेपछि उनले आफनो चल्तीको नाम करिष्मा छाडेर ‘सूर्यकुमारी’ राखेकी छिन्। सूर्यकुमारीको भक्तिभाव देखेर मख्ख परेका छन् एमालेका एकमात्र शीर्ष नेता खड्गप्रसाद शर्मा ओली।

निर्वाचनका अरु पक्ष पनि छन्। ओलीका प्रसंगसँगै निर्वाचन आयोगका प्रसंगहरु छुनु पनि राम्रै हुनेछ। अब केही दिनपछि त निर्वाचन बाहेक अरु समाचार त हुँदै हुँदैनन्।

देशका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया देख-भेट भएका लागि आएका आफन्त र आगन्तुकहरु सबैलाई ‘निर्वाचन’ स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित हुने बताउँछन्। उनको कुरा सुनेर सबै आगन्तुकहरु सन्तुष्ट भएझैं देखिन्छन्। 

प्रमुख निर्वाचन आयुक्त भन्छन्, ‘हामीले  मातहतका साविक कर्मचारी र विभिन्न सरकारी कार्यालयबाट निर्वाचन आयोगलाई सघाउन काजमा खटिएर आएका कर्मचारीलाई अतिरिक्त तलब-भत्ताको सुविधा दिएका छौं। यहाँहरुले यो भजन त सुन्नु भएकै छ- ‘भोकै भजन हुँदैन गोपाल!’

धादिङबाट प्रमुख निर्वाचन आयुक्तसँग मतदाता नामावलीमा आफ्नो नाम नपरेको गुनासो गर्न एक हुल बरातीको नाइकेले प्रश्न राख्यो, ओहो प्रभु, हजुरले यो कति राम्रो कुरा गर्नु भयो। तर के गर्नु र? हाम्रो त अहिलेदेखि होइन, उहिलेदेखि मतदाता नामावलीमा नामै पो रहेनछ।

उसको कुरा सुनेर मलाई खिन्न लाग्यो। प्रमुख निर्वाचन आयुक्तले मिलाएर मतदाता नामावलीमा ती बरातीको नाम पारि दिए पनि त हुने! 

यो पटक देशका धेरैजसो गाउँ-ठाउँमा मतदाता नामावली अपडेट गर्न जाने कर्मचारीले अन्दाजकै भरमा अपडेट गरेछन्। पोहोर-परारको मतदाता नामावलीमा जो मानिस ज्युँदो थियो, यस पटक त्यो सुटुक्क मरेछ।

यसपाला कोरोना महामारीको डरले मतदाताको नाम संकलन गर्ने टोलीहरु महानगर पालिकाको वडा कार्यालयसम्म मात्र आएका थिए रे। उनीहरु असनको भीडभाडमा पनि पसेनन्। बौध्द-जोरपाटीतिर पनि छिरेनन्। किन त? कोरोनाको कारण वरपर कतै जान नसकेको रे।

यो पटक देशका धेरैजसो गाउँ-ठाउँमा मतदाता नामावली अपडेट गर्न जाने कर्मचारीले अन्दाजकै भरमा अपडेट गरेछन्। पोहोर-परारको मतदाता नामावलीमा जो मानिस ज्युँदो थियो, यस पटक त्यो सुटुक्क मरेछ।

‘हामीले आयोगले प्रकाशित गरेको नामावलीको दायाँ-बायाँ, उत्तर-दक्षिण, चारैतिर हेरेका हौं। तर आफ्नो नाम कतै नदेखिएपछि हामीले हजुरलाई भेटन खोजेका थियौं। हजुरबाट केही हुन्छ कि? हाम्रो आशा यत्ति नै हो हजुर!,’ एक जना जनता नम्र स्वरमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग बिन्ती बिसाउँदै थियो। यसमा प्रमुख आयुक्तले गर्नसक्ने केही थिएन।  

कति राम्रो काम! एक त, निर्वाचन भन्ने बित्तिकै भगवान रामको जमानामा राजा-महाराजाले गर्ने अश्वमेध यज्ञ जत्तिकै महत्वपूर्ण घटना हो। निर्वाचनमा मतदाताले त्यस्ता उम्मेदवारका नाममा इमान्दारीपूर्वक मतदान गर्छन् जसले मतदातालाई रिझाएका हुन्छन्। सुँगुरको मासु र चिउरा चमेनासँगै घरैमा बनेको गुलियो जाँड पिलाएपछि मतदाता रिझाउने उम्मेदवारको पहिलो चरणको जित निश्चित हुन्छ। 

निर्वाचन भनेपछि निर्वाचन। यो स्वतन्त्र र निष्पक्ष त हुनैपर्छ। त्यो भएन भने मान्नुहोस् सेलेक्सन भयो इलेक्सन भएन। 

सुनिएको कुरो हो- वर्तमान निर्वाचन आयोग चाहिने जति सक्रिय हुने देखिएको छैन। यो आयोगको निर्माण एमालेका अध्यक्ष खडगप्रसाद शर्मा ओेलीको प्रधानमन्त्रित्व कालमा भएकोले आयोगले चुनावका बारे उठेको र उठ्ने संशयहरुको खरो, निर्भिक र निष्पक्ष विवेचना गर्नुपर्छ। निर्वाचन आयोगले कुनै पनि दलको पक्षधरताको बोझ उठाउन सक्दैन।

गाथाहरू

१० बैशाख, २०७९, २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।