उकेरा कोलम

कान्तिपुर गाथा : समाजवाद म्यानुपुलेसन

किशोर नेपाल


दशैं आयोः २०७८ को दशैं। दशैं देशका ती मतदाताको आँगनमा आएको छ जो अभावमा पनि रमाउन सक्दछन्। अहिलेसम्म अभावमा नै रमाउँदै आएका छन्। ती जनता, जसलाई तास, कुचिन र रेशमको कपडा चाहिँदैन। झिल्के र सस्ता कपडामा चाडबाड सकिन्छ।

पोहोर यस्तो भयो कि दशैं आएको नआएको थाहै भएन। कोरोनाले सबैथोक बन्द गर्यो। दशैं पनि बन्दाबन्दीमा गयो। सबैभन्दा महत्त्वपूर्णः देशका शक्तिपीठहरू नै बन्द गरिए। त्यसपछि त के दशैं, के तिहार!

न शंख–घण्टको संगीत, न भजनको धून।

परिवर्तनपछि सत्तामा आउनुभएका नेता गिरिजाप्रसाद कोइरालाले समाजवादको परिभाषा नै परिवर्तन गरिदिनु भयो। उहाँले २०४६ को जन–आन्दोलनका क्रममा स्वर्गीय राजा वीरेन्द्रलाई चुनौति दिँदै भन्नु भएको थियो– ‘सरकारले भन्नुभएको छ, सन् २००० सम्ममा नेपाललाई एशियाली मापदण्डमा पुर्‍याउने। म भन्छु– देशमा प्रजातन्त्रको बहाली त होस्, म सन् २००० सम्म देशलाई युरोपेली मापदण्डमा उकाली दिन्छु।’

पोहोर जनताले मनाउन नपाएको दशैं मनाउन यसपाला सरकारले अलिकति हलुका गरिदिएको छ। कोरोना संक्रमितहरूको गणना घटाइदिएको छ। जो संक्रमित छन्, तिनको मृत्युदर पनि निकै निकै कम देखाइएको छ।

‘डेटा म्यानिपुलेसन’ नेपाली कर्मचारीहरूको विशेष गुण हो। हामीकहाँ हिसाब मिल्छ र जस्तोसुकै हिसाब पनि मिल्छ। हिसाब बिग्रिए पनि बिग्रियोस्। यसपाला जनताले दशैं–तिहार मनाउन पाउनै पर्दछ।

सरकारले राम्ररी सोचेको छ जनताको कुरा। जे भए पनि, गठबन्धन सरकार हो, जसले जनताको हितमा समाजवाद उन्मुख बजेट ल्याएको छ। यो जानकारी संसद–सदस्य डा. डिला संग्रौलाले दैनिक समाचारपत्र गोरखापत्रमा प्रकाशित एक लेखमार्फत दिनु भएको हो।

यद्यपि, गठबन्धनका फरिस्ताहरूले समाजवादको अलग–अलग व्याख्या गर्ने गरेका छन्। पहिलो व्याख्या, गठबन्धनको नेतृत्त्वकर्ता नेपाली कांग्रेसको।

कांग्रेसले ७० वर्षभन्दा बढी समय बिताएको छ, समाजवादको मन्त्रोच्चारणमा। २०४६ सालको जन–आन्दोलनसम्म यो आफनो मौलिक समाजवादी चिन्तनमा उग्राउँदै थियो।

परिवर्तनपछि सत्तामा आउनुभएका नेता गिरिजाप्रसाद कोइरालाले समाजवादको परिभाषा नै परिवर्तन गरिदिनु भयो। उहाँले २०४६ को जन–आन्दोलनका क्रममा स्वर्गीय राजा वीरेन्द्रलाई चुनौति दिँदै भन्नु भएको थियो– ‘सरकारले भन्नुभएको छ, सन् २००० सम्ममा नेपाललाई एशियाली मापदण्डमा पुर्‍याउने। म भन्छु– देशमा प्रजातन्त्रको बहाली त होस्, म सन् २००० सम्म देशलाई युरोपेली मापदण्डमा उकाली दिन्छु।’

राजा वीरेन्द्रले खुशी खुशी प्रजातन्त्रको बहाली गरिदिनु भयो। उहाँ पनि राष्ट्रको नाममा स्थापित दरिद्रताको टापूको दैनिक खटन–पटन र शासनबाट वाक्कदिक्क हुनुहुन्थ्यो। यसबाट अलग हुन चाहनुहुन्थ्यो शायद। मनमा त्यही कुरा हुनुपर्छ।

तदनुरूप नै, सर्वमान्य नेता गणेशमान सिंहको सिफारिशमा, एकजना उद्भट विद्वान र इमान्दार राजनीतिज्ञ कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री पदमा नियुक्ति दिनुभयो। प्रधानमन्त्रीका रूपमा भट्टराईले संविधान बनाउने काम पूरा गर्नुभयो। देशमा संसदीय चुनाव गराउनु भयो। चुनावमा आफैँ त हार्नु भएको होइन, उहाँ हराइनु भयो।

त्यसपछि गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीका रूपमा समाजवादको घोडा दौडाउनु भयो। अर्थमन्त्रीमा महेश आचार्य र योजना आयोगको उपाध्यक्षमा डा. रामशरण महत। त्यसपछि त समाजवादले बुर्कुसी मारिहाल्यो!

अहिले विभिन्न रूपान्तरणसहितका समाजवाद बोकेका दलहरू सरकारमा छन्। जस्तो, नेपाली कांग्रेसको समाजवादको मसाल बोक्नु भएको छ– प्रधानमन्त्री शेरबहादुर देउवाले।

देउवा ७९ वर्षका हुनुभयो, अहिलेसम्म सत्ताको खेलबाट अघाउनु भएको छैन। प्यास छ उहाँलाई प्रेमको। पत्नी र पुत्रको प्रेम। उनीहरूको भविष्यको सुन्दर चिन्तन। के होला देशको? देशलाई त के हुनु छ र? चलिरहेकै छ। तर, आफना सन्तानको माया नै हो जे हुने हो।

प्रचण्डजी त भै हाल्नु भो। समाजवाद नै उहाँको लक्ष्य हो। एकपटक कविवर ईश्वरबल्लभले भन्नुभएको थियो– 'मानिसले कि क्रान्ति गर्नुपर्दछ होइन भने एलएसडी खाएर सुत्नुपर्दछ।'

अहिले प्रचण्ड भन्दै हुनुहुन्छ– 'हेर्नुहोस् साथी हो, हामी कि त आफनो स्वार्थ त्यागेर जनताको पक्षमा काम गर्न तयार हौं। होइन भने, यो पार्टी विघटन गरौं। समाजवादको नाम लिएर जनता झुक्याउने काम नगरौं। हो नि!'

माधव नेपालजीको त पार्टी नै समाजवादी। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)। त्यति भएपछि उहाँले बोल्नै परेन।

ओलीजीले देउवाजीलाई बुख्याचा भनेको खूब मन पराएछन् पत्रकारले। एमाले पत्रकारको नेतृत्त्वमा रहेको प्रेस काउन्सिलले 'ताइ न तुइ'को पुरस्कार बाँडेको नदेख्ने, प्रधानमन्त्री देउवालाई बुख्याचा देख्ने? हे प्रभो! के हो यस्तो? नकच्चराको ओखति हुँदैन भन्थे। हो रहेछ श्रीराम!

उपेन्द्र यादव चाहनुहुन्छ कि नेपालमा बसेका सम्पूर्ण यादवजन जनता समाजवादी पार्टीको अधीनमा रही देशमा समाजवादी शासन व्यवस्था ल्याउन मरिमेटेर काम गरुन्। बिहारका महान समाजवादी नेता लल्लुप्रसाद यादवजी र उत्तरप्रदेशका स्वनामधन्य नेताजी मुलायमसिंह यादवजीको पथ–प्रदर्शनमा जसरी अहिले भारतका ती दुई राज्यमा समाजवाद अंकुराइ रहेको छ, त्यसरी नै, नेपालमा पनि उपेन्द्र यादवजीको नेतत्त्वमा त्यो अंकुराओस्। कसरी? त्यो मलाई नसोध्नु होला। लाज लाग्दछ।

अब यो कोभिड अर्थात् कोरोना महामारीको चर्चामा लागौं।

किनभने, दशैं मनाए पनि, तिहार मनाए पनि– मरे पनि यत्रैसिति भन्ने निचोडमा बहुसंख्यक नेपाली पुगे पनि, भ्याक्सिन आए पनि नआए पनि, सरकारी मानिसले सुइ लगाइ दिए पनि नलगाइ दिए पनि आखिर कालसँग नडराउने त को होला?

देश अव्यवस्थामा छ। यता, ओली कराउँदै हुनुहुन्छ। उहाँ पर्नु भयो खाँटी नेता प्रतिपक्षको। उहाँले देउवा नेतृत्त्वको सरकारलाई भनिदिनु भो– बुख्याचा।

बुख्याचाको अर्थ, सन्दर्भ र परिभाषा नै नबुझेको मानिसले प्वाक्क बोल्दैमा कोही पनि बुख्याचा हुँदैन। उहाँले देखेकै कुरा हो अहिलेको गठबन्धन फौलादी छ। यस्तो जटिल र प्रभावशाली गठबन्धन भएको अवस्थामा बोलेर पो हुन्छ के!

अब उहाँ अर्थात् खड्गप्रसाद शर्मा ओली कै कुरा गरौं– उहाँले मर्यादा पुरुषोत्तम श्रीरामको चर्चा गर्दा किन ठोरीका श्रीरामको र हनुमानजीको चर्चा गर्नुपरेको थियो? ओलीजी पदबाट फुस्केका दुई तीन कारण छन्। हो, उहाँले डाक्टरको उपाधि पाउनुभएको छ। त्यसो भन्दैमा उहाँ ‘अजासु’ किन हुन परेको होला?

वाइड बडी विमान र नोट छाप्ने छापाखानाको स्थापना, यति होल्डिङ्गसँगको अपारदर्शी कारोबार, चिनी आयातमा घोटाला, कोरोना नियन्त्रणको नाममा स्वास्थ्य सामाग्री खरीदमा धाँधलीजस्ता अनेकौं काण्डले अहिले उहाँसँग कुस्त गाँठ जम्मा भएको छ।

त्यही गाँठको बलमा उहाँ आगामी चुनावमा दुईतिहाइ मत ल्याउने, सरकार बनाउने अनि संसद् विघटन गरिदिने दाउमा हुनुहुन्छ। के यो हुन सक्ला? यी नेताको कुरा सुन्दा यस्तो लाग्दछ यो धरामा उहाँजति बाठो कोही मानिस छैन। अरू सबै अल्पज्ञानी, उहाँ मात्र सकल ज्ञानी। जय श्रीराम!

बिहीबारको राष्ट्रिय अखवारहरू पढ्दा बडो विचित्र लाग्यो मलाई। ओलीजीले देउवाजीलाई बुख्याचा भनेको खूब मन पराएछन् पत्रकारले। एमाले पत्रकारको नेतृत्त्वमा रहेको प्रेस काउन्सिलले 'ताइ न तुइ'को पुरस्कार बाँडेको नदेख्ने, प्रधानमन्त्री देउवालाई बुख्याचा देख्ने? हे प्रभो! के हो यस्तो? नकच्चराको ओखति हुँदैन भन्थे। हो रहेछ श्रीराम!

प्रधानमन्त्री शेरबहादुर देउवा देशको सबैभन्दा बूढो, पुरानो, अग्रज, अग्राख पार्टीका सभापतिसमेत हुनुहुन्छ। यतिबेला उहाँ पार्टीको मामिलामा किचकिचे भएर कचल्टिन थाल्नुभएको छ। उहाँ आफूले केही गर्नै नपर्ने डडेलधुरा जिल्लाको पार्टी अधिवेशनमा हस्तक्षेप गर्नुहुन्छ। धृतराष्ट्र बन्ने इच्छाले उहाँलाई खूब घचघच्याएको छ। ८० वर्षको पिताको २६ वर्षीय पुत्र!

बाँकी त आगामी कोरोना कहर। दशैं मनाऔं, सकेसम्म तिहार पनि मनाऔं। दशैं मनाउन पाइएनछ भने पनि पीर नमानौं। हाम्रो दूरदर्शी सरकारले कति ‘दूर’सम्म हेरेको छ? त्यसको जाँच हुने नै छ।

सरकारले कोरोना संकट व्यवस्थापन अध्यादेश सदनबाट पारित गराएको छैन। त्यसको अर्थ हो कोरोनाको खोपको आयात प्रभावित हुनसक्दछ। यो त फेरि अमेरिका जाने नेपालको बाटो जस्तै भयो नि।

दशैं २०७८ त आयो नि साथी हो। दैलोमा आयो, अब दलानमा उक्लिन बाँकी छ।

गाथाहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंगमा अजय फुयाल : सम्पादक क्लिकमै रमाउने, रिपोर्टरले मात्रै के गरोस् ?

२०४६ पछि प्रकाशनमा आएका दैनिक पत्रिकामध्ये सबैभन्दा पहिले नेपाल समाचारपत्रले खेलकुदको लागि पेज नै छुट्याउन थाल्यो। यसो हुनुमा पत्रिकाका प्रधानसम्पादकले खेल बुझ्नुभएको थियो। उहाँ आफैं....

विमलाको संघर्ष : जब लाज त्यागिन्, सफलतै-सफलता

६ कक्षा पढ्दापढ्दै गाँउबाट सहर पसेकी विमलाले चिया पसल सुरु गरेको १९ वर्ष भयो। यो १९ वर्षमा चिया पसलले विमलालाई निराश बनाएको छैन। ‘चिया बेच्न....

फेसन डिजाइनर तरुणिकाको प्रसव पीडा र खुसी : परिवार नियोजन भयो भनेर झुक्किँदा तेस्रो गर्भ

विहे भएको समयमा मलाई छातीमा चिसो लागेका कारण रुघाखोकीले निकै सतायो। त्यतिबेला कडा एन्टिबायोटिक खानुपर्‍यो। एक त नयाँ घर, त्यसमाथि सन्चो नभएर गाह्रो भइरहेको अवस्था।....

कलिलैमा टुहुरो भएका डा. उमेश आमा-बुबाको अनुहार सम्झिएर उपचार गर्छन्

उनलाई आमाले कलिलैमा छोडेर कहिल्यै नफर्किने बाटोमा गइन्। आमा बितेको याद नै छैन उनलाई। डा. उमेश सुनाउँछन्, ‘म सानै हुँदा आमा बित्नु भएको। मलाई याद....

कान्तिपुर गाथा : हान्ने र जान्नेको जालोमा पत्रकारिता

यो बाहेक उनको अर्को राष्ट्रिय थेगो पनि छ- धमलाको हमला। उनी यो थेगोमार्फत जान्न चाहने जनतालाई हान्न चाहन्छन्। ऋषि धमलाको एउटा विशेषता के भने, देशमा....