एमसीसीको छालमा

एमसीसीको छालमा

खटपटको लामै चरणपछि कांग्रेसका सभापति, गठबन्धनका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग सहज हुनुभएका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसका कार्यकर्ताहरुलाई ‘हल्का’ सम्झाउँदै हुनुहुन्थ्यो, 'देउवाजीको नेतृत्वमा यो सरकार हामीले बनाएका हौं। सरकार पक्षका साथीहरुबाट हामीलाई हेप्ने धृष्टता नगरियोस्। साथीहरुले विचार गर्नुहोला, सरकार बनाउनेले भत्काउन पनि सक्छ।’

यो प्रचण्डजीको वाक्यको जस्ताको तस्तै उतार होइन। आसय मात्रै हो। यति भनेपछि नेपाली अनलाइनका प्रबुध्द पाठकले कुरा पक्कै बुझ्नेछन्। 

बितेका केही दिन नेपालको राजनीति निकै अलमलमा पर्यो। राजनीतिक सरगर्मीमा नेताहरु ताते। सरकारको नेतृत्व गर्ने कांग्रेस पार्टी र त्यसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन नगराई नछोडने जिद्दी गर्नुभयो। 

अमेरिकी सरकारले नेपालमा बिजुलीको तार तान्ने र सडक खन्ने कामका लागि पठाएको साठी करोड डलरको ‘एमसीसी कम्प्याक्ट’ नामको नगद उपहार दिने सम्झौतालाई संसदबाट अनुमोदन गराउने प्रस्ताव गरिएको थियो। यस्तो प्रस्ताव कुन ध्येय पूरा गर्न कसको इशारामा गरिएको थियो? कसैले थाहा पाएको देखिएन।  

प्रधानमन्त्री देउवाले यो प्रस्तावलाई संसदबाट अनुमोदन नगराई नछोडने ढिपी कस्नु भएपछि गठबन्धनका मुख्य सदस्य माओवादी पार्टी र अन्य बामपन्थी सदस्यहरु कांग्रेससँग कुपित र दुःखित भए। उनीहरु एमसीसीका बिरुध्द नाराबाजीमा लागे। त्यसपछि कुरा मिलाउन प्रधानमन्त्री देउवा बालुवाटारबाट बालकोट र बालकोटबाट खुमलटारको दौडमा लाग्नु भयो। 

बालुवाटारमा आगन्तुकको चाप चर्को थियो। प्रधानमन्त्री देउवालाई भेट्न सुदूरपश्चिमबाटभन्दा सुदूरपूर्वबाट हुलका हुल जनता आएका थिए। जो बालुवाटार आएका थिएनन् ती मानिसहरु फोन गरेर सोध्थे, ‘प्रधानमन्त्रीज्यू हुनुहुन्छ?’

भित्रबाट पीएहरु जवाफ दिन्थे, ‘बालकोटबाट निस्केर खुमलटारतिर लाग्नुभएकोसम्म खबर छ हामीलाई। त्यसपछिको खबर छैन। हजुर को बोल्नुभयो होला?’
प्रश्न सुन्ने बित्तिकै प्रधानमन्त्री देउवाको भक्त सुदामाको फोन काटिन्थ्यो। 

बालुवाटारमा आगन्तुकको चाप चर्को थियो। प्रधानमन्त्री देउवालाई भेट्न सुदूरपश्चिमबाटभन्दा सुदूरपूर्वबाट हुलका हुल जनता आएका थिए। जो बालुवाटार आएका थिएनन् ती मानिसहरु फोन गरेर सोध्थे, ‘प्रधानमन्त्रीज्यू हुनुहुन्छ?’

प्रधानमन्त्री देउवा ‘थाल खाउँ न भात खाउँ’ को अवस्थामा हुनुहुन्थ्यो। एमसीसीको कुरा चल्दा बालकोटका बा बराबर भन्ने गर्थे- हाम्रो पार्टीले त्यस्तो प्रस्तावको समर्थन गर्छ। तर त्यसमा सर्तहरु राखिएका छन्।

पहिलो सर्तः सरकारले एमालेका चौध जना बागी सांसदको पद खारेज गरोस्।

दोस्रो शर्तः हाम्रो पार्टीकी भाग्यलक्ष्मीले सभामुखको रगत चाट्न खोजेकी छिन्। सभामुखलाई पदबाट हटाएर एमालेकी भाग्यलक्ष्मीको प्यास मेटाइदेओस्।

बालकोट बाका कुरा सुनेर प्रधानमन्त्री देउवा दंग पर्नुहुन्थ्यो। बालकोट बाले यो के भनेको होला! 

उता, खुमलटार बैठकमा अध्यक्ष प्रचण्ड कार्यकर्ताहरुलाई घोकाउने किसिमले नै भन्नुहुन्थ्यो, यो एमसीसी त कम्युनिज्मको किताबमा नै नभएको कुरो हो। 

साम्राज्यवादी देश अमेरिकाको यो घातक प्रस्ताव हामीले अनुमोदन गर्ने त कुरै आउँदैन। यसले त हाम्रो मौलिक चिन्तनकै सर्वनाश गर्छ। 

‘यता नि छैन, उता नि छैन’ प्रधानमन्त्री देउवा बडो बिलखबन्दमा पर्नुभएको थियो। उहाँ बडो खराब मुडमा हुनुहुन्थ्यो। बालकोट बाको कुरा सुनेर उच्चाटिएको मनलाई सम्हाल्दै उहाँ गम्दै हुनुहुन्थ्यो, अब एक पटक प्रचण्डलाई फेरि सम्झाउँछु। सम्झे सम्झेलान्, सम्झेनन् भने एमालेको समर्थनमा सरकार गठन भएपछि स्वाद पाउलान्। 

प्रधानमन्त्री देउवा खुमलटार पुग्नुभयो र प्रचण्डलाई आफ्नो कुरा सुनाउनुभयो, ‘ल है प्रचण्डजी। मैले भन्द्या छु। मलाई तपाईंहरुले ओलीसँग मिलेर सरकार बनाउन बाध्य पार्दै हुनुहुन्छ। ओलीको समर्थनमा सरकार बनाउने विचारमा म थिइनँ। तर तपाईंहरुले मलाई त्यतातिरै धकेल्दै हुनुहुन्छ।’

त्यति सुनाएर प्रधानमन्त्री देउवा खुमलटार बैठकबाट जुरुक्क उठ्नुभयो र फरक्क फर्किनुभयो बालुवाटार। प्रधानमन्त्री देउवाको मुड देखेर अध्यक्ष प्रचण्ड झसंग हुनुभयो। उहाँ जुर्मुराएर काउचबाट जुरुक्क उठ्नुभयो। हतार-हतार ड्राइभर बोलाउन लगाउनुभयो। सुरक्षा गारद नलिइकन अध्यक्ष प्रचण्ड बालुवाटारतिर हानिनुभयो। 

अध्यक्ष प्रचण्ड बालुवाटार पुग्दा प्रधानमन्त्री देउवा घर आइपुग्नुभएको थिएन। प्रधानमन्त्री निवासको अन्तपुरमा प्रचण्ड प्रधानमन्त्री देउवालाई पर्खेर बस्नुभयो। त्यसपछि के भयो? त्यो त सबैलाई थाहै छ। 

संसदबाट एमसीसी पास भएपछि गठबन्धनका नेताहरुले देशभरिे तीनै तहको चुनाव एकैसाथ गर्ने निर्णय गरे। प्रचण्डजी ढुक्क हुनुभयो। माधवजी पनि ढुक्क हुनुभयो। प्रधानमन्त्रीको घाँटीमा अड्केको एमसीसी प्रचण्डको बैठकमा छुटेको थियो। 

पर्यवेक्षकहरु भन्छन्, आजका मितिमा त्यहाँ आदित्यनाथ बाहेक अरु कोही छैनन्। ठोरीका राम जनकपुरकी सीतालाई धनुर्विद्याको चमत्कार देखाएर उनीसँग विहे गर्न जनकपुर पुगेको कथा सुनाउनुभएको थियो बालकोटे बाले…।

माओवादी केन्द्रका नेतागण कोही ठुस्स थिए, कोही ढुस्स थिए। अध्यक्ष प्रचण्ड शयनागारबाट उनीहरुले एमसीसीको समर्थन किन गरियो भनेर कारण माँगे प्रचण्डसँग। प्रचण्डले आफ्नो रोचक शैलीमा सुरुचिपूर्ण जवाफ दिनुभयो- संसदबाट त्यो एमसीसी अनुमोदन नहुँदा म हेग पुग्ने। पेरुको राष्ट्रपति फुजिमोरीले जस्तो कता हो कता अनकण्टारको जेलमा बस्नुपर्ने। हाम्रो पार्टीका अठार-बीस जना महत्वपूर्ण साथीहरु समेत हेग पुग्ने। त्यस्तो हुन दिनुभएन नि त। बुझ्नुभो त ? नेता न हुनुहुन्थ्यो प्रचण्ड। चित्त बुझे पनि नबुझे पनि उनको बोली सुनेपछि सबै चूप लागे।

एमसीसीको बखेडा पार लागेपछि ‘पाँचदलीय गठबन्धन’ स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र संघीय निर्वाचनको चहल-पहल सुरु भएको छ। मन्त्रीजीहरुको जिल्ला भ्रमणको कुदाकुद सुरु भएको छ। गर्मी हलक्क बढिसकेको छ। प्रचण्डले पार्टी एकताका कुरा मिलाइसक्नुभएको छ। कांग्रेसका सभापति, सरकारका प्रमुख, जन्मजात कम्युनिष्ट विरोधीका रुपमा चिनिएका शेरबहादुर देउवा अब कम्युनिष्टहरुसँग खुसी-खुसी चुनावी सहकार्य गर्न तयार हुनुभएको छ। सभापति देउवाको दिलमा देश छ, दिमागमा राजकाज छ।  

सभापति देउवा मात्र होइन, अध्यक्ष प्रचण्ड, नेता माधव नेपाल तथा अन्य सबै पार्टीका शीर्ष नेताको दिलमा देश छ र दिमागमा राजकाज छ। नेपाल देशको  बायाँ बीआरआई छ, दायाँ एमसीसी। त्यो भन्दा अझ दायाँ जय श्रीरामको लश्कर छ। 

नेपालको चुनावमा कुन पार्टीले चुनाव जित्छ? यसको जवाफ कठिन छैन। नेपालका कम्युनिष्टहरु कर्मवादी हुन्। कर्म गर्छन् र पारिश्रमिक लिन्छन्। कसैले लड्ने काम देओस् लडिरहन्छन्।

एमसीसीका बिरुध्द अछामी नेता भीम रावल बोलेको बोल्यै, बोलेको बोल्यै, बोलेको बोल्यै गर्नुभयो। तर उहाँले बोलेको कसले सुन्यो? प्रचण्ड बोल्दै बोल्नुभएन। एमसीसी अनुमोदन गर्न उहाँले दिनुभएको एउटै इशारा काफी थियो। उहाँको मौन संकेत सबैले राम्ररी बुझे। 

यसै साता, योगी आदित्यनाथले उत्तर प्रदेशमा आफ्नो साम्राज्य स्थापित गरेका छन्। त्यसको प्रभाव नेपालको गोर्खाबाट राजधानी काठमाडौंसम्मै फैलिने बताउँछन् जानिफकारहरु।

पर्यवेक्षकहरु भन्छन्, आजका मितिमा त्यहाँ आदित्यनाथ बाहेक अरु कोही छैनन्। ठोरीका राम जनकपुरकी सीतालाई धनुर्विद्याको चमत्कार देखाएर उनीसँग विहे गर्न जनकपुर पुगेको कथा सुनाउनुभएको थियो बालकोटे बाले…।

गाथाहरू

२७ फागुन, २०७८, २१:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।