उकेरा टप फाइभ : 'मायाराम–भोलाराम'को रमाइलो संस्मरणदेखि नेपालमा अलकायदाको लिङ्कसम्म

उकेरा टप फाइभ : 'मायाराम–भोलाराम'को रमाइलो संस्मरणदेखि नेपालमा अलकायदाको लिङ्कसम्म

काठमाडौँ : सोमबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रपति समक्ष प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते बोलाउन सिफारिस गर्यो। मन्त्रीपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अधिवेशन आव्हान भइसकेको छ।

तर सोमबार चर्चामा रह्यो प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा पुगेर गरेको भाषण। उनले पोखरा पुगेर नेकपाका दाहाल–नेपाल समूहका नेतालाई आफू विरुद्ध संसद्मा अविश्वास प्रस्ताव ल्याएर हटाउन, संसदीय दलमार्फत आफूलाई हटाउन चुनौती दिए।

बाक्लो सुरक्षा घेरामा हिँड्ने उनले आफूमाथि भौतिक हमला भए आश्चर्य नमान्न समेत दाबी गरे भाषणमा। उनको अपत्यारिलो दाबीको विचार–विश्लेषण भइरहेको छ।

सोमबारै नेकपाको दाहाल–नेपाल समूहको सचिवालय बैठक बसेर निर्वाचन आयोगलाई नेकपाको आधिकारीता बारेको विवाद चाँडै टुङ्ग्याउन दबाब दिने निर्णय समेत गरेको थियो।

उकेराका टप फाइभ

जग्गा कारोबारका लागि ‘ल्यान्ड मार्केट’ ल्याइँदै, कसरी हुन्छ मूल्य निर्धारण 

उकेराले सरकारले तयारी गरेको ल्यान्ड मार्केटको समाचारबाट सोमबार बिहानको प्रारम्भ गरेको थियो। समाचार अनुसार अव्यवस्थित बन्दै गएको जग्गा कारोबारलाई व्यवस्थित, भरपर्दो तथा संस्थागत बनाउन सरकारले भूमि बजार ९ल्यान्ड मार्केट०को अवधारणा अघि सारेको छ। यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको अध्ययन टोलीले प्रारम्भिक प्रतिवेदनसमेत तयार गरी पेस गरिसकेको छ। 

प्रारम्भिक प्रतिवेदनले जग्गा कारोबारका लागि ल्यान्ड मार्केटको आवश्यकता औँल्याएसँगै यस विषयमा गहन अध्ययन भएको मन्त्रालयका सहसचिव जनकराज जोशीले बताए। ल्यान्ड मार्केटबारे विस्तृत प्रतिवेदन तयार भइरहेको सहसचिव जोशीले जानकारी दिए। उनका अनुसार विस्तृत प्रतिवेदन पनि केही दिनमै मन्त्रालयमा पेस गर्ने तयारी गरिएको छ। 

१२ वर्षकी कवयित्री

उमेर भर्खर १२ वर्ष। कक्षा ६ मा अध्ययनरत। कपिलवस्तुको बाणगंगा नगरपालिका–८ की जोशिका कँडेलको यो परिचयले उनी साहित्यकार हुन भन्ने पत्याउन गाह्रो हुन सक्ला। तर, यसलाई सम्भव बनायो– उनको साहित्यप्रति लगाव र सक्रियताले। 

यही कारण उनको दिनचर्या आम बालबालिकाभन्दा भिन्न थियो, छ।  सँगैका साथी खेल्न जाँदा, टेलिभिजन र मोबाइलमा रमाउँदा उनी भने कविता कोर्थिन्, कोर्छिन्। र, लयबद्ध गरेर गाउँथिन्, गाउँछिन्।  

साहित्यप्रतिको लगाव र सक्रियता युवा साहित्यकारभन्दा कम छैन उनको। यसलाई पुष्टि गर्छ– उनले प्रकाशन गरेका कृतिले। १२ वर्षकै कलिलो उमेरमा उनका तीन वटा कविता संग्रह बजारमा आइसकेका छन्। ‘प्रेरणा’, ‘छन्दकोपिला’ र ‘छन्दमञ्जरी’ उनले प्रकाशन गरेका कविता संग्रह हुन्।

‘मायाराम, भोलाराम’ जसले दरबारलाई उधारोमा पेट्रोल दिन्थ्यो

त्रिपुरेश्वर, हराएको ट्रली बसको स्टेसनसँगै जोडिएको ‘मायाराम, भोलाराम’ पेट्रोल पम्प कुनै बेला दरबारीया पम्प जस्तै थियो। भोलारामले त्यति बेला रक्सौलबाट भिमफेदीको बाटो हुँदै जर्किनमा तेल ल्याउँथे अनि  राजा महेन्द्र, वीरेन्द्र, युवराजाधिराज धीरेन्द्र, वीरेन्द्र पत्नी ऐश्वर्या र ज्ञानेन्द्र पत्नी कोमल शाह आफ्नो गाडीमा इन्धन भर्न आउँथे त्यही।

‘मायाराम, भोलाराम’ पम्पले दरबार र राणाहरूलाई कुपन मार्फत उधारोमा इन्धन दिन्थ्यो। खनाति पुस्तामा आइपुग्दा जर्किनबाट सुरु भएको पेट्रोल बेच्ने यात्रा डिजिटल पम्पमा पुगिसक्यो।

नेपालको इस्लामी सङ्घले सहयोग लिने संस्था आइएचएचको सम्बन्ध अलकायदासँग रहेको दाबी

इस्लामी सङ्घ नेपालले आर्थिक सहयोग लिइरहेको टर्कीको संस्थाको सम्बन्ध अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन अलकायदासँग रहेको दाबी सार्वजनिक भएको छ।

सङ्घले टर्कीको ‘फाउन्डेसन फर ह्युमन राइटस् एन्ड फ्रिडम्स एन्ड ह्युमनटेरीयन रिलिफ’ ९आइएचएच०सँग आर्थिक सहायता लिइरहेको छ। सङ्घका अध्यक्ष खुर्सिद आलमले उकेरासँगको कुराकानीमा मदरसाको भवन बनाउन तथा मुस्लिम समुदायको शिक्षाका लागि आइएचएचसँग सहयोग लिइरहेको पुष्टि गरे।

 

उकेरा प्रभाव : ट्रमा र वीरका निर्देशकको अनियमितता छानबिन गर्न मन्त्रालयले बनायो समिति

 चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमितताको छानबिन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समिति गठन गरेको छ।

ट्रमामा काम गर्ने स्वास्थ्य उपकरण बिग्रियो भनेर थन्काउँदै कमिसनका लागि नयाँ उपकरण किनेर अनियमितता गर्ने गरेकोबारे उकेराले प्रकाशित गरेको समाचारको आधारमा मन्त्रालयले समिति गठन गरेको हो। फागुन १३ मा सचिवस्तरिय निर्णय गर्दै ४ सदस्यीय छानबिन समिति गठन भएको हो। 

१७ फागुन, २०७७, ००:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।