दुर्घटनामा मान्छे मारेर भागेका स्कोर्पियो चालक ७ दिनपछि पक्राउ

दुर्घटनामा मान्छे मारेर भागेका स्कोर्पियो चालक ७ दिनपछि पक्राउ

काठमाडौं : ७ दिनअघि फरार स्कोर्पियो चालक पक्राउ परेका छन्। 

वैशाख ७ गते बिहान झिसमिसेमा पैदल यात्रीको मृत्यु हुने गरी ठक्कर दिएर भागेका मोरङको सुन्दरहरैँचा नगरपालिका ७ बस्ने ३९ वर्षीय दुर्गाप्रसाद सिग्देललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

स्कोर्पियोको ठक्करबाट  त्रियुगा नगरपालिका-९ का २५ वर्षीय बबित सुनुवारको घटनास्थलमै ज्यान गएको थियो।

गाईघाट–कटारी खण्ड अन्तर्गत त्रियुगा नगरपालिका ९ दमारपति पुलनजिकै बीच सडकमा अचेत अवस्थामा लडिरहेका दनुवारलाई बिहान घुम्न निस्केका स्थानीयले फेला पारी उद्धार गरेर जिल्ला अस्पताल पुर्याउँदा अस्पतालले उनलाई मृत घोषित गरेको थियो। 

तर, फरार रहेका सवारी साधन र चालकको खोजी कार्य जारी राखेको प्रहरीले बिहीबार सिग्देललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार दनुवारलाई ठक्कर दिने चालक सिग्देलले मोरङबाट सोलुखुम्बुतर्फ जाँदै गर्दा को १ च ९५१६ नं. को स्कोर्पियो जीपले ठक्कर दिएको खुलेको छ।

प्रहरी प्रमुख एसपी रमेश थापाले सिग्देललाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरू भएको बताए। 

१३ बैशाख, २०८१, २१:२४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।