४८ हजार एसइई परीक्षार्थीको ३.६० देखि ४.०० जिपिए
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा जिपिए ३.६० देखि ४.०० ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ। बोर्डले सोमबार साँझ प्रकाशित गरेको नतिजा अनुसार ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थी ग्रेडेड भएका छन्।
यसैगरि ८० हजार ३ सय ७२ जनाको ३.२० देखि ३.६० सम्म जिपिए आएको छ। ९४ हजार २ सय २२ जनाको २.८० देखि ३.२० सम्म जिपिए आएको छ।
५५ हजार ९ ;o ७७ विद्यार्थीको २.४० देखि २.८० जिपिए आएको छ। यसैगरि ५ हजार १ सय ९० जनाको २.०० देखि २.४० जिपिए आएको छ। ७ जनाको १.६० देखि २.०० जिपिए आएको छ।
कुल परिक्षार्थीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेडमा परेका छन्।
वैशाख २८, २०८३ सोमबार २१:५३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।