सुन तस्करीमा जोडिएका राहुल महरा पक्राउ

सुन तस्करीमा जोडिएका राहुल महरा पक्राउ

काठमाडौं : सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्। उनलाई बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।

केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले अनुसन्धानका लागि महरालाई नियन्त्रणमा लिएको पुष्टी गरे। विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको नौ किलो सुन तस्करीमा उनी र उनको बाबु महरा समेत जोडिएका थिए। 

'उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ। भेपमा राखि ल्याइएको सुनको बारेमा अनुसन्धान गर्न नियन्त्रणमा लिएका हौँ' सिआइबीका प्रवक्ता नवराज अधिकारीले भने।

चिनियाँ ब्यापारी दावासँग राहुल र उनको बाबु कृष्णबहादुर महतको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीको अनुसन्धानबाट खुलेको थियो।

यो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाएपछि आलोचना भइरहेको थियो। भेपमा लुकाएर ल्याएको सुन भन्सारका कर्मचारीहरु मिलेर निकालेर विक्री गरेका थिए। उनीहरु अधिकांश अहिले पुर्पक्षका लागि थुनामा छन्।

महरा बाबु-छोरामाथि अनुसन्धान गर्न दबाब बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराधमा संलग्न देखिएका कसैलाई पनि नछाड्ने दाबी गर्दै आएका थिए।

सम्बन्धित समाचार:

भदौ १३, २०८० बुधबार १६:१७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।