राष्ट्र बैंकले जोख्यो सुन, ‘ब्रेक शु’सहित १५५ किलो

राष्ट्र बैंकले जोख्यो सुन, ‘ब्रेक शु’सहित १५५ किलो

काठमाडौं :  नेपाल राष्ट्र बैंकले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुनको तौल जाँचेको छ।

स्रोतका अनुसार अवैध रुपमा भित्रिएको सुनको तौल उक्त सुन राखेर ल्याइएको ‘ब्रेक शु’सहित १५५ किलो रहेको बताइएको छ। राजस्व अनुसन्धान विभागले जोख्नका लागि लगेको पोको सहितको सुन जोख्दा यति तौल निस्किएको हो। 

अब विभागले सुन निकाल्न आग्रह गरेपछि राष्ट्र बैंकले सुन मात्र निकालेर जोख्नेछ। जसको परिमाण भने हालको भन्दा कम हुने बताइएको छ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो। 

विभागले अनुसन्धान शाखा निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति बनाएको छ। भन्सार जाँचपास भएर बाहिरिसकेपछि बरामद भएको यस सुन प्रकरणमा अहिलेसम्म ७ जना पक्राउ परेका छन्।

साउन ४, २०८० बिहीबार १६:४७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।