सुन तस्करी प्रकरणमा भन्सार विभागले गर्‍यो अर्का एक कर्मचारीलाई निलम्बन

सुन तस्करी प्रकरणमा भन्सार विभागले गर्‍यो अर्का एक कर्मचारीलाई निलम्बन

काठमाडौं : क्विन्टल सुन तस्करी प्रकरणमा भन्सार विभागका अर्का एक कर्मचारी निलम्बित भएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद प्रकरणमा भन्सार विभागले अन्तर्राष्ट्रिय विमानस्थलको एक्सरेमा संलग्न रहेका कर्मचारी सरोज श्रेष्ठलाई निलम्बन गरेको हो।

गत मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं ल्याइएको १०० किलोभन्दा बढीको सुन बुधबार भन्सार जाँच पास गरेर निकालिसकेपछि बरामद भएको थियो।

सुन मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको अवस्थामा राजश्व अनुसन्धान विभागले समातेको थियो।

साउन ६, २०८० शनिबार १३:०७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।