'सय किलो सुनमा फरार' रोहन अडुकिया विमानस्थलमा समातिए

'सय किलो सुनमा फरार' रोहन अडुकिया विमानस्थलमा समातिए

काठमाडौँ : सय किलो सुन तस्करीको अनुसन्धान लगत्तै फरार रहेका व्यापारी राकेश अकुडियाका छोरा रोहन अकुडिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

राजश्व अनुसन्धान विभागले अनुसन्धान सुरु गरे लगत्तै भागेर दिल्ली गएका उनी नयाँ दिल्लीबाट इन्डिगो विमानमार्फत काठमाडौँमा उत्रिए लगत्तै पक्राउ परेका हुन्।

अडुकियाको बाबु-छोरा नै फरार भएपछि राजश्व अनुसन्धान विभागले यी दुवैको राहदानीको विवरण पठाएर विमानस्थल अध्यागमनमा ब्ल्याकलिस्टमा राखेको थियो।

राजश्व अनुसन्धान विभागको पत्रको आधारमा रोहन पक्राउ परेकाले विमानस्थल प्रहरीले उनलाई राजश्व अनुसन्धान विभागमै बुझाउने भएको छ। अहिले सय किलो सुन तस्करीको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ।

नेपालमा सेयर,अटो अनि चाँदीको कारोबारमा संलग्न राकेश अडुकियाको घरमा राजश्वले छापा मार्दा बाबु-छोरा नै त्यहाँ थिएनन्। राकेश विवादित पृष्ठभुमीका ब्यापारी हुन्। उनको साथमा भारतीय राहदानी रहेको छ।

साउन २६, २०८० शुक्रबार १५:११:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।