उकेरा प्रभाव : युनिफाइड अस्पतालका प्रमुख भूपेन्द्रलाई रद्द विज्ञापनमा बढुवा गर्ने प्रयास असफल

उकेरा प्रभाव : युनिफाइड अस्पतालका प्रमुख भूपेन्द्रलाई रद्द विज्ञापनमा बढुवा गर्ने प्रयास असफल

लोक सेवा आयोगले रद्द गरिसकेको विज्ञापनमा डा. बस्नेत अधिकृत एघारौँ तहको पदमा बढुवा समितिको मिति २०७८-०९-२१ गतेको निर्णय अनुसार कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्वारा हुने बढुवाका लागि सिफारिस भएका थिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बढुवा समितिका पदाधिकारीको मिलेमतोमा रद्द भइसकेको विज्ञापन नम्बरमै उनको बढुवा सिफारिस भएकोबारे उकेराले निरन्तर समाचार प्रकाशित गरेको थियो। मङ्गलवार मन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना निकाल्दै सो सिफारिस रद्द भएको उल्लेख गरेको छ।

रद्द विज्ञापनमा डा. भूपेन्द्रको बढुवा सिफारिसमा लोकसेवालाई स्वास्थ्य सचिवको उल्टै प्रश्न : रद्द भएको विज्ञापनको फर्म किन लियो त?

रद्द हुनुको कारण लोकसेवाले रद्द गरी सकेकै विज्ञापनमा बढुवा सिफारिस भएकाे उल्लेख छ। उकेराले यसबारे लोकसेवा आयोगका जिम्मेवार पदाधिकारीसँग जिज्ञासा राख्दा प्रारम्भमा पन्छिएका थिए भने स्वास्थ्य मन्त्रालयका अधिकारी रद्द भएको विज्ञापनमा उच्च अधिकारीको बढुवा सिफारिस भएकोबारे जानकारी नै नभएको बहाना गरेका थिए।

बढुवा रद्दको सूचना

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव तथा बढुवा समितिका सदस्य सचिव डा. रोशन पोख्रेलले  रद्द भएको विज्ञापनमै बस्नेत बढुवाको सिफारिस भएको जानकारी नै नपाएको दाबी गर्दै भनेका थिए ‘यो कुरा धेरै कोट्याइराख्नु ठिक होला जस्तो लाग्दैन मलाई।’

बस्नेत अहिले १० औँ तहमा भए पनि ११ औँ तहको प्रमुख हुने युनिफाइड अस्पतालको प्रमुख छन्। उनी निमित्त हुन्। ११ औँ तहमा बढुवा भए उनी प्रमुख हुने थिए।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा–४ मा व्यवस्था भए अनुसार ११ औँ तह अधिकृत तहका लागि उनको बढुवा सिफारिस गरेको थियो समितिले।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बढुवा समितिको सचिवालयले २०७८-०९-२३ मा डा. बस्नेतलाई बढुवा सिफारिसको सूचना जारी गरेको थियो।

सूचना अनुसार उनी प्रमुख कन्सल्टेन्ट ग्याष्ट्रोइन्टेरोलोष्टि पदमा बढुवाका लागि सिफारिस भएका थिए। डा. बस्नेतको बढुवा सिफारिस भएको समूह/उपसमूह ‘मेडिसिन-ग्याष्ट्रो इन्टेरोलोजी’ थियो।

डा. बस्नेत बढुवा (सिफारिस) भएको सूचना नम्बर ६२-०७८–७९ थियो। उनी बढुवा (सिफारिस) भएको विज्ञापनमा भनिएको थियो,‘लोक सेवा आयोगको मिति २०७८-०६-२७ को सूचना नं. ६२-०७८–७९ का अनुसार तपसिलका बढुवा सूचना नं. मा उल्लेखित नेपाल स्वास्थ्य सेवा अन्तर्गत देहायका समूह, उपसमूहको अधिकृत एघारौँ तहको पदमा बढुवा समितिको मिति २०७८-०९-२१ गतेको निर्णय अनुसार तपसिल बमोजिमको योग्यता क्रमका उम्मेदवारलाई कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्वारा हुने बढुवाका लागि सिफारिस गर्ने निर्णय भएकोले नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ७६ र ७७ को प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ।’

उकेरा प्रभाव : युनिफाइड अस्पतालका प्रमुख भूपेन्द्रलाई रद्द विज्ञापनमा बढुवा गर्ने प्रयास असफल

तर, डा. बस्नेत बढुवा (सिफारिस) भएको सूचना नं. ६२-०७८–७९ लोक सेवा आयोगले २०७८-७-१५ को निर्णय अनुसार बढुवा विज्ञापन नै रद्द गरिसकेको थियो।

सो पदपूर्तिका लागि आयोगले असोज २७ गते विज्ञापन प्रकाशित गरेको थियो।

आयोगले कात्तिक १७ गते सूचना जारी गर्दै भनेको थियो,‘स्वास्थ्य मन्त्रालयको चं. नं. ८८५-०७८–७९, मिति २०७८-७-१४ को पत्रअनुसार स्वास्थ्य सेवा, मेडिसिन समूह, ग्याष्ट्रोइन्टेरोलोजी उपसमूह, एघारौँ तह प्रमुख कन्सल्टेन्ट ग्याष्ट्रोइन्टेरोलोष्टि पदमा माग पद सङ्ख्या १ (एक) मात्र कायम गरिदिन लेखि आएकोले आयोगको मिति २०७८-७-१५ को निर्णय अनुसार देहायको बढुवा विज्ञापन रद्द गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’ जुन रद्द गरिएको विज्ञापनमा बढुवा सूचना नम्बर नं.६२-०७८–७९ उल्लेख थियो।

यो पनि

१८ माघ, २०७८, १०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।