उकेरा निगरानी

उकेरा फलोअप

रद्द भएको विज्ञापनमा बढुवा सिफारिस: भूपेन्द्र भन्छन्- 'बीचमा के खेल भयो मलाई थाहा छैन'


काठमाडौंः कोभिड- १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का निमित्त कार्यकारी अधिकारी डा. भूपेन्द्र बस्नेत लोकसेवा आयोगले रद्द गरेको विज्ञापनमा बढुवा सिफारिस भए। तर यो विषय आफ्नो जानकारीमा नभएको उनी बताउँछन्। 

‘रद्द भएको भए प्रक्रियामा किन गयो त ? मलाई थाहै छैन। अहिले तपाईंले भनेर थाहा पाइरहेको छु', उनले भने।  

सोमबार उकेरासँग कुरा गर्दै उनले विज्ञापन रद्द भएको बारे थाहा नभएको बताएका हुन्। 

'आयोगले किन विज्ञापन रद्द गरेछ त ?’ उनले प्रश्न गरे, 'कि त त्यो क्यान्सिल भयो भने मलाई जानकारी हुनुपर्यो?। तेरो यो फर्म रद्द भयो भनेर मलाई भनिदिनुपर्योि। मलाई जानकारी पनि आएको छैन। मैले नोटिस पनि हेरेको छैन। कसरी हुन्छ?’

आयोगले बढुवाको लागि असोज २७ गते प्रकाशित गरेको सो विज्ञापन कात्तिक २७ गते सूचना जारी गर्दै रद्द भएको जनाएको थियो। 

तर पुस २३ गते भने बढुवा भएको सूचना प्रकाशित भएको थियो।

०००
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको सचिवालयले भूपेन्द्रलाई कार्यक्षमताको मूल्यांकन प्रक्रियाद्वारा हुने बढुवाका लागि ११औं तहमा सिफारिस गरेको हो। 

मन्त्रालयको बढुवा समितिको सचिवालयले २०७८-०९-२३ मा सूचना जारी गर्दै डा. बस्नेत ६२-०७८-७९ बढुवा सूचना नम्बरअनुसार बढुवा भएको जनाएको थियो। 

तर, बढुवाको सो सूचना नम्बर आयोगले कात्तिक १७ गते जारी गर्दै २०७८-७-१५को निर्णयअनुसार रद्द गरिसकेको थियो। 

यता डा. बस्नेतले भने रद्द सूचनाको आधारमा बढुवा सिफारिस भएको बारे अनभिज्ञता जनाए। 

'कसरी रद्द भयो त? मलाई त थाहा छै न त। मैले त हेरेको छैन',  उनले भने।

उनले थपे, 'मलाई त फर्म भरेपछि यो भएको (बढुवा भएको) मात्र थाहा छ। बीचमा के खेल भयो मलाई के थाहा? यो खोज्ने विषय भयो। म त खोजिहाल्छु नि।'

बस्नेत आफूले विज्ञापन खुलेको समयमै प्रक्रिया पुर्यालएर फर्म भरेको र हाल नतिजा प्रकाशन भएर बढुवा सिफारिस भएको सूचना मात्रै देखेको बताउँछन्। उनी अरू विषयमा थाहा नभएको दावी गर्छन्। 

आयोगमा कात्तिक ३-४ गतेतिर बढुवाका लागि दरखास्त फर्म बुझाएको उनले जानकारी दिए। फर्म बुझाएपछि जानकारी नै नआएको उनको दावी छ। 

‘फर्म बुझाएकै हो। स्वीकार भएकै हो’, डा. बस्नेतले भने, ‘मैले फर्म लगेर स्वास्थ्य मन्त्रालयमा बुझाउने हैन। बुझाएको त लोकसेवा आयोगमा हो।' 

यता आयोगले समेत रद्द भएको विज्ञापनमा बढुवा हुन नपाइने बताइसकेको छ।

डा. बस्नेत बढुवा भएको समूह/उपसमूह मेडिसिन/ ग्याष्ट्रो इन्टेरोलोजी हो भने पद प्रमुख कन्सल्टेण्ट ग्याष्ट्रोइन्टेरोलोजिष्ट हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

भद्रगोल सरकारी सेवा :  हाकिम फेरिएपिच्छे कोठाको फर्निचर फेर्ने सरकारी कार्यालयले सेवाग्रहीलाई घाम-पानी छल्ने छानो किन हाल्दैन ?

सामान्य कामका लागि पनि सरकारी कार्यालयमा सेवाग्रहीले पाउने सास्ती देख्दा लाग्छ कार्यालयमा भीड नदेखी सरकारी कर्मचारीलाई काम गरेको स्वादै आउँदैन। अनि नीति निर्माताको ध्यान पनि....

राष्ट्रिय परिचय-पत्र बनाउन सेवाग्राहीलाई सास्ती : टोकनकै लागि रातभर लाइनमा

सेवा लिनका लागि लाइन बस्नु त छँदैछ, सेवा प्रवेश गर्ने टोकन लिनकै लागि माघको चिसोमा रातभर लाइनमा बस्न बाध्य छन् सेवाग्राही। काठमाडौं, थलीका आशीष सिम्खडा....

लाइन बस्नु नपरे त्यो के सरकारी सेवा ? : राहदानी विभागका निर्देशक भन्छन्- यी सब गफ हुन्

राहदानीका लागि लाइन बस्दा–बस्दा हैरान थिए उनी। भन्दै थिए, ‘जहाँ पनि जनतालाई लाइनमा राख्छ सरकार। रोजगारी नदिए पनि पासपोर्ट त समयमा दिए हुने नि। पासपोर्ट....

एउटा सरकारी कार्यालय जहाँ सेवाग्राहीले लाइन नबसी सेवा पाउँछन्

तर, परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग भने चुस्त र छरितो सेवा दिने सरकारी कार्यालयको रुपमा चिनिएको छ।  विभागले विदेशमा रहेका नेपालीका हकहितको सुरक्षा, उद्धार,....

आफैंले बनाएको नियम उल्लंघन गर्दै काठमाडौं प्रशासन

स्मार्ट लकडाउनका बेला सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने नियम छ। तर जिल्ला प्रशासन काठमाडौंले आफ्नै कार्यालयमा सयौं सेवाग्राहीलाई भेला हुन दिएर....