उकेरा टप फाइभ : सभामुखको समर्थनमा कोशीमा मुख्यमन्त्री नियुक्तदेखि प्याच्च बोल्ने बानीले सङ्कटमा प्रचण्डसम्म

उकेरा टप फाइभ : सभामुखको समर्थनमा कोशीमा मुख्यमन्त्री नियुक्तदेखि प्याच्च बोल्ने बानीले सङ्कटमा प्रचण्डसम्म

काठमाडौं : बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक एमालेले अवरुद्ध गर्यो। 

प्रधानमन्त्रीको भनाइलाई आधार बनाएर राजीनामा नआएसम्मका लागि भन्दै उसले बैठक अवरुद्ध गर्यो। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले केहीबेर प्रतिक्षा गरे पनि अवरोध नहटेपछि उनले शुक्रबारसम्मका लागि बैठक स्थगित गरे।

कोशी प्रदेशमा विवादका बीच मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भए। सभामखुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि एमालेले कानूनी उपचार खोज्ने निर्णय गर्यो।

अब लागौं उकेरा टप फाइभतर्फः
बिहीबार उकेराले नेपालमा गैर कानुनी मानिएको ‘वानएक्स बेट’मार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीबिना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको समाचार लेख्यो। गत जेठ ३० गते पक्राउ परेका उनले केही व्यक्तिको नागरिकता प्रयोग गरी ४२ वटा खाता खोलेको पाइएको हो।
पूरा समाचारः ‘वानएक्स बेट’ प्रकरण– अरुकै नागरिकतामा ४२ वटा बैंक खाता, ३१ करोड बढीको कारोबार

दिउँसो उकेराले आफ्नो नियमित स्तम्भ हिजोका कुरा प्रस्तुत गर्यो। जसमा कलाकार सुवास गजुरेलको हिजोको अनुभव समेट्यौँ। ६२ वर्षअघि धनुषाको लालगढमा जन्मिएका गजुरेलले ‘बसाइँ, ‘मजदुर’, ‘माया’, ‘बैगुनी’ र ‘को होला मेरी मायालु’ लगायत निर्देशन गरे। दर्जनौँ टेलिफिल्ममा अभिनय गरेका उनले उकेराँसग आफ्नो विगत साटे।
पूरा समाचारः ‘सहचालकले साथी कुटेपछि विद्यार्थी नै उर्लिएर बजार तोडफोड गर्यौँ, पुलिसको डरले ३ रातसम्म जङ्गलमा बस्नुपर्यो’

दिउँसो नै उकेराले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सरकार गठनका लागि गरिएको दाबीमा सभामुखको नभइ प्रदेशसभा सदस्य बाबुराम गौतमको समर्थन लिएको बताएकाो समाचार लेख्यो। सभामुखको समर्थनमा मुख्यमन्त्री बनेको भन्दै विवाद भएपछि उनले यस्तो तर्क गरे।
पूरा समाचारः कोशी नवनियुक्त मुख्यमन्त्रीको तर्क– सभामुखको होइन, प्रदेशसभा सदस्य बाबुराम गौतमको समर्थन लिएको हुँ

त्यसैगरी दिउँसो नै उकेराले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने समाचार लेख्यो। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माको भनाइ समेटिएको समाचार उनले प्रधानमन्त्रीले राजनीनामा नदिने बताएकी थिइन्।
पूरा समाचारः सरकारकी प्रवक्ताले भनिन्– प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न

राति उकेराले  आफूलाई प्रधानमन्त्री बनाउन नेपालमा रहेका भारतीय नागरिक पटक–पटक भारतको दिल्ली गरेको सार्वजनिक अभिव्यक्तिका कारण अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सङ्कटमा परेकोसम्बन्धी भिडियो रिपोर्ट प्रकाशित गर्यो। रिपोर्टमा उनी कसरी र कुन–कुन समयमा आफ्नै अभिव्यक्तिका कारण समस्यामा परेका छन् भन्नेबारे उल्लेख छ।
पूरा समाचारः दिल्ली दौडाहाको बोलीमा रप्फु भर्दै प्रचण्ड, प्याच्च बोल्ने बानी अदालतमा मुद्दा पर्दा पनि नजाने (भिडियो रिपोर्ट)

२१ असार, २०८०, २२:१२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।