‘भेलु बाजे’को निधन

‘भेलु बाजे’को निधन

काठमाडौँ : सामाजिक सञ्जालहरूमा ‘भेलु बाजे’ रूपमा चर्चित प्युठान नगरपालिका–४ का मीनबहादुर बुढामगरको निधन भएको छ।

शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतको समस्या देखिएका बुढामगरको उपचारको क्रममा बिहीबार साँझ जिल्ला अस्पताल प्युठानमा मृत्यु भएको हो।

अत्यधिक मदिरा सेवनका कारण कमजोर बनेका उनको शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतका समस्या देखिएका थिए।

६१ वर्षीय बुढामगरले आफ्नै लवजमा बोल्ने ‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालमा भाइरल भएका थिए। उनले केही हास्य टेलिशृंखलामा अभिनय समेत गरेका थिए। 

२० बैशाख, २०८१, २२:१३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।