२ बजेसम्मलाई सर्‍यो प्रतिनिधि सभाको बैठक

२ बजेसम्मलाई सर्‍यो प्रतिनिधि सभाको बैठक

काठमाडौं : प्रतिनिधि सभाको बैठक सरेको छ।

विपक्ष दलको आग्रहपछि सूचना टाँसेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।

सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ।

सो विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसक्दा संसद् अनिर्णयको बन्दी बनेको छ।

बिहीबार बस्ने भनिएको बैठक पनि कांग्रेस सांसदको वेल घेराउ गरेपछि अवरुद्ध भएको थियो।

जेठ ४, २०८१ शुक्रबार १२:५७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।