राष्ट्रिय सभा बैठकमा कांग्रेसको अवरोध, पाँच मिनेट बसेर स्थगित

राष्ट्रिय सभा बैठकमा कांग्रेसको अवरोध, पाँच मिनेट बसेर स्थगित

काठमाडौं : राष्ट्रिय सभाको बैठकमा कांग्रेसले अवरोध कायमै राखेको छ।

शुक्रबारको बैठक प्रारम्भ भएपछि कांग्रेस सांसदहरूले उठेर अवरोध गरेका थिए।

राष्ट्रिय सभाको सोह्रौं अधिवेशन प्रारम्भ भएपछि चौथो बैठक बसे पनि प्रक्रियाहरू सहज रुपमा अघि नबढेको भन्दै त्यसलाई अघि बढाउन सहजीकरण गर्न राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले आग्रह गरे।

समस्या अन्त उत्पत्ति भए पनि त्यसको प्रभाव राष्ट्रिय सभामा परेको भन्दै उनले राष्ट्रपतिको कार्यालयबाट आएका पत्र र सूचनाहरू राख्न दिन आग्रह गरे।

तर कांग्रेस सांसदहरू टसको मस भएनन्। पाँच मिनेसम्म यो क्रम जारी रह्यो। त्यसपछि अध्यक्ष दाहालले बैठक जेठ ६ गते दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरे।

जेठ ४, २०८१ शुक्रबार १३:४९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।