टप फाइभ : दलित केटाले बहिनी भगाएपछि घर जलाउने दाजुदेखि देवरलाई बुवा बनाएर छोराछोरीको नागरिकता बनाउने आमासम्मको कहानी

टप फाइभ : दलित केटाले बहिनी भगाएपछि घर जलाउने दाजुदेखि देवरलाई बुवा बनाएर छोराछोरीको नागरिकता बनाउने आमासम्मको कहानी

काठमाडौं : सोमबार सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो। बैठकले कोशी प्रदेशका मुख्यमन्त्रीको टुंगो लगायो। एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतबहादुर कार्कीले शुक्रबार विश्वासको मत नपाएपछि त्यहाँ सरकार गठनको कसरत भएको थियो।

यस्तै, सोमबार नै निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पारित गर्दै संसदमा पेश गर्ने निर्णय गर्यो। त्यसमा मुख्यतः नो भोट, निर्वाचनको मिति ऐनमै तोक्ने लगायतका विषय प्रस्ताव गरिए।

सोमबार नै नेपाल आयल निगमले इन्धनको मूल्य घटायो। यद्यपि सधैँ मूल्य समायोजनको क्रममा पाक्षिक रूपमा नाफा/घाटाको हिसाब गर्ने निगमले यसपटक भने नाफा/घाटाको अंकगणित राखेन।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले विहान सुर्खेतको तातोपानी गाउँपालिकामा गैरदलीतसँग विवाह गरेको भन्दै भगाउने केटाको घर जलाइदिएको विषयमा समाचार लेख्यो। तीन वर्षदेखि प्रेमसम्बन्धमा रहेका उनीहरूले भागी विवाह गरेपछि रिसले चुर भएका उनले मुकेन्द्र नेपालीको घर जलाइदिए।
पूरा समाचारः बहिनीलाई दलितले भगाएको भन्दै घर जलाएर खरानी बनाइदिए

यस्तै उकेराले बुवटल उपमहानगरपालिका वडा नम्बर १ बाट झुटो विवरण दिई नागरिकताको प्रमाणपत्र लिने तीन जनलााई पक्राउ गरेको समाचार लेख्यो। देवरलाई बुवा बनाएर छोराछोरीको नागरिकता लिने प्रयास भएपछि प्रहरीले उनीहरुलाई पक्र्यो।
पूरा समाचारः देवरलाई बाबु बनाई छोराछोरीको नागरिकता लिने प्रपञ्च गरेपछि...

त्यसैगरी त्रिचन्द्र कलेजमा पढेका विज्ञ विद्यार्थीले आफ्नो उच्च शिक्षाको जग बसाउने संस्थाको बेहाल अवस्था देखेर भक्कानिएकोबारे समाचार लेख्यो। उनीहरूले त्रिचन्द्र कलेजलाई मन्दिरजस्तै बनाउनुपर्ने बताए। साथै त्रिचन्द्रको जग्गा जर्गेना गर्नुपर्ने भन्दै यसको दायित्व आफूहरूको हुने बताए।
पूरा समाचारः आफ्नो उच्चशिक्षाको जग बसाउने त्रिचन्द्रको बेहाल देखेर रोइरहेछन् विज्ञ विद्यार्थी

सोमबारको नियमित स्तम्भ भुईंमान्छेमा उकेराले रक्सौलबाट काठमाडौं छिरेका ‘मास्टरजी’को अनुभव र संघर्षका कथा लेख्यो। उनले स्तम्भमा ४० वर्षदेखि आफूले कपडा सिउने पेशामा रहे पनि अहिलेसम्म महिलाको कपडा सिलाउन नजानेको उल्लेख गरे।
पूरा समाचारः रक्सौलबाट काठमाडौं छिरेका ‘मास्टरजी’, जसले ४० वर्षसम्म पनि महिलाको कपडा सिउन जानेनन्

साँझपख उकेराले लेखेको निर्वाचन विधेयकको समाचार लेख्यो। जसमा नो भोट, निर्वाचनको मिति ऐनमै राखिने, मतदान स्थलमै मतगणनाको व्यवस्था लगायतका अन्य व्यवस्थाको समेत प्रस्ताव गरियो। आयोगले प्रस्ताव गरेको विधेयक अब संसदमा पेश हुनेछ र सांसदहरुले छलफल गर्नेछन्।
पूरा समाचारः निर्वाचन विधेयक : निर्वाचनको मिति ऐनमै तोक्ने, मतदान स्थलमै मतगणना अनि नो भोटको व्यवस्था

१८ असार, २०८०, २२:१२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।