आईपीएलमा आज बैंग्लुरु र गुजरात भिड्दै

आईपीएलमा आज बैंग्लुरु र गुजरात भिड्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा आज रोयल च्यालेन्जर्स बैंग्लुरु र गुजरात टाइटन्स भिड्दैछन्।

खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे बैंग्लुरुको एम चिन्नस्वामी स्टेडियममा हुनेछ।

यो खेल दुवै टोलीका लागि प्लेअफमा पुग्न निकै महत्वपूर्ण छ। गुजरात र बैंग्लुरु दुवैले समान १० खेलमा क्रमशः ८ र ६ अंकसहित आठौं र दशौं स्थानमा छन्।

दुवै टोलीबीच आजसम्म भएका चार खेलमा दुवै टिमले दुई–दुई खेल जितेका छन्।

२२ बैशाख, २०८१, १३:५९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।