निर्वाचन विधेयक : निर्वाचनको मिति ऐनमै तोक्ने, मतदान स्थलमै मतगणना अनि नो भोटको व्यवस्था

निर्वाचन विधेयक : निर्वाचनको मिति ऐनमै तोक्ने, मतदान स्थलमै मतगणना अनि नो भोटको व्यवस्था

काठमाडौं : निर्वाचन आयोगले निर्वाचनको मिति कानूनमै स्पष्ट तोकिने कानूनी प्रबन्धको प्रस्ताव गरेको छ।

सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदालाई पारित गर्दै यस्तो कानूनी प्रबन्धको प्रस्ताव गरेको हो।

यदि यो प्रस्ताव पारित भएमा निर्वाचनको मिति आयोगले तोकिरहनु पर्दैन। अहिले बजेट भाषण प्रस्तुत भएजसरी नै ऐनमा तोकिएको दिन निर्वाचन हुनेछ।

यस्तै विधेयकले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने, तीन तहको कुनै एक चुनावमा पराजित व्यक्ति पाँच वर्षसम्म उम्मेदवार हुन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यसैगरी विधेयकमा प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फ राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने, स्थानीय तहमा एउटा मात्र पदमा उम्मेदवारी दिँदा महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने र वडामा उम्मेदवारी दिँदा पनि ३३ प्रतिशत पूरा गर्नुपर्ने व्यवस्था समेटिएको छ।

मतदान स्थलमासमेत मतगणनाको व्यवस्था गरिने, नो भोटको व्यवस्था गरिने र त्यस्तो भोट गणना गर्दा ५० प्रतिशतभन्दा बढी भएमा निर्वाचन रद्द हुने व्यवस्था पनि विधेयकमा छ।

१८ असार, २०८०, २०:१९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।