घट्यो इन्धनको मूल्य, तर निगमले खुलाएन पाक्षिक नाफा/नोक्सान

घट्यो इन्धनको मूल्य, तर निगमले खुलाएन पाक्षिक नाफा/नोक्सान

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

सोमबार साँझ एक विज्ञप्ति निकालेर निगमले सोमबार राति १२ बजेटदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो।

निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ।

यसअनुसार पेट्रोल भारतसँगको सीमावर्ती क्षेत्रमा प्रतिलिटर १६७ रुपैयाँ ५० पैसादेखि काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १७० रुपैयाँसम्म कायम भएको छ।

डिजेल र मट्टितेलमा १४७ रुपैयाँ ५० पैसादेखि १५० रुपैयाँसम्म मूल्य कायम भएको छ।

चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढी पर्छन्। यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ पर्दा काठमाडौं, पोखरा र दिपायल तेस्रो वर्गमा पर्छन्।

विभागले साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर ११५ ले कम गरिएको निगमले जनाएको छ।

खाना पकाउने ग्यासको मूल्य भने स्थिर छ।

समायोजनपछि निगमको पाक्षिक नाफा कति कायम हुन्छ भन्ने खुलाइएको छैन। यसअघि इन्धनको मूल्य समायोजन गर्दा निगमले पाक्षिक नाफा वा घाटाको विवरणसमेत खुलाउने गरेको थियो।

१८ असार, २०८०, २१:२२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।