सात सयले घट्यो सुनको मूल्य

सात सयले घट्यो सुनको मूल्य

काठमाडौं : साताको अन्तिम दिन शुक्रबार सुन तोलामा सात सय रुपैयाँले घटेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनमा तोलामा सात सय रुपैयाँ र चाँदी पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार छापावाल सुन मूल्य आज तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन तोलाको १ लाख ३८ हजार ६५० रूपैयाँ हुँदा चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

बुधबार छापावाल सुन तोलाको १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो।

जेठ ४, २०८१ शुक्रबार ११:०९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।