हार्दिक आईभीएफमा नि:सन्तान दम्पत्तीलाई १ लाख ९९ हजारमै सेवा

हार्दिक आईभीएफमा नि:सन्तान दम्पत्तीलाई १ लाख ९९ हजारमै सेवा

काठमाडौं : सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले नि:सन्तान दम्पत्तीलाई १ लाख ९९ हजारमै आईभीएफ सेवा उपलब्ध गराउने भएको छ।

नयाँ वर्षलाई लक्षित गरि कम आय भएका बिरामीका लागि केन्द्रले अषाढ मसान्तसम्म १ लाख ९९ हजार रुपैयाँमा आईभीएफ सेवा उपलब्ध गराउन लागेको प्रमुख सञ्चालक कैलाश खड्काले जानकारी दिए।

उनका अनुसार यो अवधिमा आईयूआई सेवा मात्र ८ हजार ५ सयमा लिन सकिनेछ। यसका साथै ल्याब टेष्ट तथा बिर्यको जाँचमा २० प्रतिशत छुटको निर्णय समेत केन्द्रले गरेको छ।

हाल यस सेन्टरमा प्रजनन, स्त्रीरोग तथा आई.भि.एफ बिशेषज्ञका रुपमा डा. अर्चना शाक्य सहित, बरिष्ठ इम्ब्रयोलोजिष्ट डा. आष्मा बानु  लगायतका मेडिकल टिम कार्यरत छ।

डा. शाक्य बिगत १३ वर्षदेखि स्त्री, प्रजनन तथा निःसन्तान सम्बन्धि बिरामीको उपचारमा संलग्न हुनुहुन्छ भने डा. बानु बिगत ६ वर्षदेखि इम्ब्रयोलोजिष्टको रूपमा सेवा दिँदै आएकी छन्।

केन्द्रमा निःसन्तान वा प्रजनन समस्या भएका दम्पत्तीहरूलाई  परामर्श सेवा सहित निःसन्तान हुनुको सहि कारण पत्ता लगाई सुपथ मूल्यमा उपचार सेवा दिइने सञ्चालन खड्काको दाबी छ।

केन्द्रले पुरुषको विर्य जाँचका साथै भविष्यका लागि भ्रुण भण्डारणको व्यवस्था समेत छ। केन्द्रले हालसम्म दर्जनौं दम्पत्तीलाई निःसन्तान सम्बन्धि सफल उपचार एवं परामर्श सेवा उपलब्ध गराइरहेको छ।

जेठ ५, २०८१ शनिबार ०८:२०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।