निम्सको कम्पनीमा ज्यान गुमाएका छेवाङका दाइ भन्छन्' भर्खरको भाइको ज्यान गयो, तर राज्यले वास्तै गर्दैन'

निम्सको कम्पनीमा ज्यान गुमाएका छेवाङका दाइ भन्छन्' भर्खरको भाइको ज्यान गयो, तर राज्यले वास्तै गर्दैन'

काठमाडौँ : एलाइट हिमालयन एडभेन्चर्सको कोठामा के थियो जो बम पड्किएजस्तै पड्किएको थियो? उत्तर न प्रहरीसँग देखियो न कम्पनीसँग।

असोज ५ को साँझ कपनको लसुनटारस्थित टङ्क घिसिङको साढे तीन तल्लाको पक्की घर दनदनी बल्दा ताप्लेजुङका २९ वर्षीय तेन्जिङ शेर्पा, सोलुखुम्बुका २४ वर्षीय छेवङ शेर्पा र सङ्खुवासभाका ३२ वर्षीय अशोक राईको ज्यान गयो।

दोहोरो नागरिकता अनि दोहोरो राहदानीको प्रयोग गरे पनि उनी नेपालमा सहजै आउँजाउँ गर्छन्। सेलिब्रिटीको बलमा उनी पक्राउ पर्दैनन्। अहिले नेपालमा रहेका उनले गृहमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटिसकेका छन्।

ज्यान गुमाएकाहरूको परिवार दुर्घटनावश आगलागी भएर आफ्नो सदस्यको ज्यान गएको हो या अन्य केही भएको हो भन्ने विश्वसनीय उत्तरको प्रतीक्षामा छन्। तर उनीहरूलाई उत्तर दिने मुडमा न निर्मल पुर्जाको टिम देखिन्छन् न त अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो लगायतका राज्यको निकाय।

ज्यान गुमाउने तीनै जना एलाइट हिमालयन एडभेन्चर्सका कर्मचारी थिए। निम्सदाइ उपनामले परिचित निर्मल पुर्जा अहिले भिआइपी हिमाल आरोहीमाझ चर्चित भएसँगै व्यस्त छन्।

दोहोरो नागरिकता अनि दोहोरो राहदानीको प्रयोग गरे पनि उनी नेपालमा सहजै आउँजाउँ गर्छन्। सेलिब्रिटीको बलमा उनी पक्राउ पर्दैनन्। अहिले नेपालमा रहेका उनले गृहमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटिसकेका छन्। उनी अधिकांश समय काठमाडौँको होटेल मेरियटमा बस्छन्।

यहीबिचमा उकेराले कपनमा भएको विस्फोटसहितको आगलागीमा आफ्नो २४ वर्षको भाइ गुमाएका छेवङ शेर्पाका दाइसँग कुरा गर्यो। हिमाल आरोहणमै संलग्न रहेका उनी अझै के गर्ने अनि के नगर्ने भन्ने दोधारमा देखिए।

भाइको आत्माको शान्तिको लागि आयोजित पूजामा आएका निम्स पछि भेटौला भनेर हिँडेपछि भेट नभएको अनि घटनाबारे मनमा लागेको शङ्काबारे कसैले केही जानकारी नदिएकोमा उनी खिन्न देखिए। राज्यसँग आसमा रहेका उनी अब के गर्ने भन्ने अन्यौलता समेत देखिए। बाँकी उनकै शब्दमा।

'पछि भेटौला भनेर फर्किएको निम्स आउँदै आएनन्'

पासाङ शेर्पा

छेवङ मेरो आफ्नै भाइ हो। म क्यामेराको फ्रिलान्सीङ काम पनि गरिरहेको हुन्छु। भाइ हिमाल आरोहण गरिरहन्थ्यो। उसले निर्मल पुर्जाको कम्पनीमा काम गर्न थालेको ६-७ महिना भएको थियो। हामी सबै साथी हो।

निर्मलको कम्पनी पनि भर्खर खुलेको त हो नि। १४ पिक चढेको वर्ड रेकर्डसँगै नेटफ्लिक्समा डकुमेन्ट्री आएपछि चर्चा सुरु भयो। अनि कम्पनीका लागि मान्छेहरू चाहिँदै गयो।

तीन जनाको मृत्यु भएको छ। राज्यले यसको छानबिन गर्ला नै भन्ने लाग्यो। कतै उजुरी गरेको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ भन्ने सुन्छु। तर के हो अहिलेसम्म हामी परिवारलाई न निर्मलले जानकारी गराएको छ न प्रहरीले।

मैले पनि एलाइटबाट काम गरेको छु। मैले मैले तीन वटा प्रोजेक्ट गरेँ। भाइ २६ वर्षका थियो। उ अफिसभित्र बसेर काम गरिरहन्थ्यो।

सेप्टेम्बरमा २ तारिख उसको जन्म दिन। त्यो दिन उसले जन्मदिन मनाएको थियो। कम्पनीमा के कस्तो सामान छ भनेर उसले मलाई भन्दैनथ्यो। मुख्य मान्छे चैँ अशोक र तेन्जिङ हो।

यता कपनमा आगलागी भएको दिन म मनास्लु मै थिएँ। आगलागी भएको खबर आयो। तर मृत्यु नै भएको भन्ने थाहा थिएन।

इलाइटमै काम गर्नेले यो समाचार सुनाएको थियो। इन्टरनेट त्यति आउँदैन त्यहाँ। हल्का इन्टरनेट चलेको बेलामा आगलागी भएछ भन्ने मात्र थाहा भयो। कुरा गर्दागर्दै कल कट्यो।

पछि दाइको म्यासेज आयो। अनि हेलिकोप्टर आउँछ भन्यो। बेलुका ११ बजेतिर मृत्यु भएको कुरा पो आयो।

भाइको मृत्यु भएपछि अन्तिम संस्कारमा लाग्यौँ। पूजा लगाएका थियौँ हामी। निर्मल पुर्जा पूजामा आएका थिए। उनले ' पूजापाठ सक्काउनु पछि आएर कुरा गरौँला भनेका थिए।

घटनास्थलमा गएर पनि हेरेको हुँ। त्यसपछि बौद्ध प्रहरीमा गएर प्रक्रिया पुरा गर्यौँ। भाइको शव टिचिङमा राखेको थियो। हेर्नै सकिन हेरिन।

भर्खरको भाइ बितेको छ, त्यो बेला त्यहाँको माहौल नै अर्कै थियो। उनीहरूले पछि कुरा गरौला भने। हामीले हुन्छ भन्यौँ।

तर त्यसपछि कुरा भएको छैन।

आगो लागेको छ, पड्किएको छ। तीन जनाको मृत्यु भएको छ। राज्यले यसको छानबिन गर्ला नै भन्ने लाग्यो। कतै उजुरी गरेको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ भन्ने सुन्छु। तर के हो अहिलेसम्म हामी परिवारलाई न निर्मलले जानकारी गराएको छ न प्रहरीले।

सम्बन्धित समाचार

२१ फागुन, २०७९, १८:३७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।