उकेरा टप फाइभ : सरकार छाडेपछि मिडियाप्रति रविले देखाएको आक्रोशदेखि गायिका मनिषाको प्रसव पीडा र खुसीकाे कथासम्म

उकेरा टप फाइभ : सरकार छाडेपछि मिडियाप्रति रविले देखाएको आक्रोशदेखि गायिका मनिषाको प्रसव पीडा र खुसीकाे कथासम्म

काठमाडौ‌ं : आज आइतबारको देशकाे राजनीति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यसका सभापति रवि लामिछानेको वरिपरि नै केन्द्रित रह्यो।

पुनः गृह मन्त्रालय नपाएको झाेकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएकाे थियाे। रमाइलाे कुरा त यसपछिको पत्रकार सम्मेलनमा रविले मिडिया र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रुपमा नै धम्की दिए।

आजका टप फाइभ

महानगरले 'राम्रो व्यवस्थापन' भनेको बानेश्वरका फुटपाथ पसल राख्ने निजी भवनको ज्यादती, 'एक हप्ताको भाडा अग्रिम माग्दा व्यापारीले आत्महत्या गरे'

उकेराले दिनकाे सुरुवात काठमाडौं महानगरले बानेश्वरका फुटपाथ पसललाई सडकबाट सारेर राख्नको लागि बनाएकाे राम्रो व्यवस्थापन भएकाे भनिएकाे भवनकाे स्टाेरीबाट गरेकाे थियाे। जहाँकाे अस्थायी संरचना र अपारदर्शी भाडाका कारण व्यापारीहरू खुसी थिएनन्।

सरकारलाई रास्वपाको समर्थन कायमै, तर सरकारमा भने सहभागी नहुने

आज राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको थियाे। तर सरकारबाट बाहिरिए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने रास्वपाले जनाएकाे छ।

मिडियाप्रति आक्रोशित हुँदै रविले भने 'उकेरा.. जसरी प्रमाणसहित लेखे केही छैन, प्रमाण नभई लेखे मिडिया घेर्न आउँछु'

सरकार छाडेसँगै पार्टीको निर्णय सार्वजनिक गरेपछि सभापति रविले नेपालका मिडियाहरूले सिन्डिकेट चलाउने गरेको र आफ्ना गलत काम लुकाउने गरेको भन्दै तीव्र आलोचना गरे। उनले उकेराले जस्ताे प्रमाणसहित समाचार छाप्न भने आग्रह गरेका थिए।

रास्वपाले सराकार छाडेपछि प्रधानमन्त्रीले भने- ‘सत्ता साझेदार दलको एकतालाई जसरी पनि बचाउँछु’

रास्वपालाई पुनः गृह मन्त्रालय दिन अश्विकार गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपाले सरकार छाडेपछि भने अब सत्ता साझेदार दलहरूबीचको एकतालाई आफूले जसरी पनि बचाउँने बताएका थिए।

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

उकेराले आइतबारकाे अन्तिम स्टाेरीकाे रुपमा गायिका मनिषा राईको प्रसव पीडा र खुसीकाे कथा प्रकाशित गरेकाे थियाे। जसमा उनले सुत्केरी भएकाे बेला स्याहार नपुगेर तथा मनोवैज्ञानिक असर परेका कारण लाखौंमा एकदुई जनालाई लाग्ने लुपोस् भन्ने बाथ रोग लागेकाे कथा सुनाएकी छन्।

२२ माघ, २०७९, २१:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।