सरकारलाई रास्वपाको समर्थन कायमै, तर सरकारमा भने सहभागी नहुने

सरकारलाई रास्वपाको समर्थन कायमै, तर सरकारमा भने सहभागी नहुने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय समितिको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएको छ।

पार्टी सभापति रवि लामिछानेको नागरिकता निष्क्रिय भएसँगै गुमेको गृह मन्त्रालय फिर्ता गर्न सो दलले प्रधानमन्त्री प्रचण्डलाई गृह आफ्नै पार्टीलाई दिन दबाब दिँदै आएको थियो।

पार्टी बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी सभापति लामिछानेले सरकारमा रहेका पार्टीहरू फिर्ता गर्ने तर तत्काल सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने निर्णय गरेको बताए। 

केन्द्रीय समिति सदस्य र सांसदहरुले आफ्नो धारणा राख्दै समर्थन कायम राख्दै सरकारबाट बाहिरिने सर्वसम्मत निर्णय गरेको लामिछानेले बताए। मन्त्रीहरुले आज आइतबारै राजिनामा दिने निर्णय गरेको भन्दै उनले जनमतको कदर गर्ने बताए।

उनले परिस्थितीले ब्यक्तीहरुलाई विभिन्न मोडमा लैजानु सामान्य हो भन्दै उनले देखिने र देखाउने र वास्तविकतामा आकाश जमिनको फरक रहेको दाबी समेत गरे। उनले आफ्ना केही कुरा राख्ने भन्दै आफुबारे लागेका आरोपहरुबारे बोलेका थिए।

२२ माघ, २०७९, १६:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।