रास्वपाले सराकार छाडेपछि प्रधानमन्त्रीले भने- ‘सत्ता साझेदार दलको एकतालाई जसरी पनि बचाउँछु’

रास्वपाले सराकार छाडेपछि प्रधानमन्त्रीले भने- ‘सत्ता साझेदार दलको एकतालाई जसरी पनि बचाउँछु’

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दलहरूबीचको एकतालाई आफू जसरी पनि बचाउँने पक्षमा रहेकाे बताएका छन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सराकार छाडेपछि उनकाे याे प्रतिक्रिया आएकाे हाे।

‘सत्ता साझेदार दलको एकतालाई जसरी पनि बचाउँनुपर्छ भन्ने मेरो मान्यता हाे,’ उनले भने, ‘त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेजीसँग फेरि भेट गरी देखिएको समस्या तत्काल हल गर्ने प्रयास हुन्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट हटे पनि उसले याे सरकारलाई दिएको समर्थन भने फिर्ता गरेकाे छैन।

२२ माघ, २०७९, १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।