महानगरले 'राम्रो व्यवस्थापन' भनेको बानेश्वरका फुटपाथ पसल राख्ने निजी भवनको ज्यादती, 'एक हप्ताको भाडा अग्रिम माग्दा व्यापारीले आत्महत्या गरे'

महानगरले 'राम्रो व्यवस्थापन' भनेको बानेश्वरका फुटपाथ पसल राख्ने निजी भवनको ज्यादती, 'एक हप्ताको भाडा अग्रिम माग्दा व्यापारीले आत्महत्या गरे'

केही दिनअघि उकेराकर्मी नयाँ बानेश्वर चोक पुग्दा वरपरका हरेक पोलमा 'फुटपाथ व्यापार निषेधित क्षेत्र' लेखिएको बोर्डहरू झुण्ड्याइएको देखेको थियो। बोर्डहरू पछ्याउँदै जाँदा अर्को बोर्ड पनि देखियो। जहाँ 'फुटपाथ पसलहरू यता सारिएको छ' भन्ने लेखिएको थियो।

गत साउन ४ गते फुटपाथ व्यापारी र स्थानीयबीच भएको विवाद चर्किएसँगै काठमाडौं महानगरको वडा नम्बर १० मा पर्ने नयाँ बानेश्वर क्षेत्र अहिले 'फुटपाथ व्यापार निषेधित क्षेत्र' भएको छ।

त्यहाँका फुटपाथ व्यापारीका लागि चोकभन्दा थोरै भित्रपट्टी अहिले एक निजी भवन नै संचालनमा छ। यसअघि बाहिर पसल थापेका अधिकांश 'सडक व्यापारी'हरू त्यही भवनमा भाडा तिरेर पसल थापिरहेका छन्। 

व्यापारीहरू आउने क्रम बढेपछि एक तले भवन अहिले तीन तलामा परिणत भएको छ। तर, अस्थायी संरचनाका रूपमा।

तेस्रो तल्लामा भीड बढी भयो भने जोखिम उत्तिकै छ। किनकि यसको भुईँ भनेको पातलो काठको फलेक हो। 

उनले यो भवनमा बस्दा पहिलो महिना भने दिनको जम्मा ५० रुपैयाँ मात्र तिरेका रहेछन्। ५० रुपैयाँ त सजिलै तिर्न सकिन्छ भनेर बसेका उनले अहिले दैनिक चार सय रुपैयाँ तिर्ने गरेको बताए। अर्थात् महिनाको १२ हजार।

भवन त सुरक्षित छैन-छैन, त्यहाँको भाडा पनि पारदर्शी छैन।

खुशी छैनन् व्यापारी 
एउटा ठिङ्रिङ उभिएको भवन। जसमा फलामको ब्लक छ अनि हरेक तलामा कच्ची ढलान छ।

ग्राहकलाई आकर्षित गर्न बजाइने 'पाँच सयको दुईटा, एउटा लगे एउटा फ्री, ए हजुर कता' लगायतका रेकर्डिङ भने यहाँ खासै सुन्न पाइँदैन। किनभने हरेक एक फुटको दूरीमा एउटा अर्को पसल छ। 

फुटपाथ व्यापारीहरूको लागि वडादेखि महानगरपालिका समेतले 'राम्रो व्यवस्थापन' भन्दै आएको यो भवनमा व्यापारी भने खुशी देखिँदैनन्।

मनलाग्दी भाडा
सात महिनादेखि यस भवनमा जुत्ताको व्यापार गरिरहेका श्याम महतो*लाई भाडा तिर्नै धौ-धौ छ। उनी भन्छन्, 'बाहिरै राम्रो नि व्यापार त! यहाँको व्यापार त के व्यापार भन्नु। भाडा तिर्नै पनि धौ-धौ हुन्छ।' 

उनले यो भवनमा बस्दा पहिलो महिना भने दिनको जम्मा ५० रुपैयाँ मात्र तिरेका रहेछन्। ५० रुपैयाँ त सजिलै तिर्न सकिन्छ भनेर बसेका उनले अहिले दैनिक चार सय रुपैयाँ तिर्ने गरेको बताए। अर्थात् महिनाको १२ हजार।

'त्यो त यत्तिको मात्र हो', उनले आफ्नो सानो ठाउँ देखाउँदै भने, 'बाँकी गोदामको त पहिलादेखि नै पाँच हजार हो महिनाको। अहिले त गोदामको भन्दा पनि यो सामान बेच्न राखेको पो महँगो भएको छ।' 

'पहिला कहिले त दिनमै १५/१८ हजारको व्यापार पनि हुन्थ्यो। अहिले त यो पसलको पैसा तिर्न पुगे पनि खुशी भएर बस्नु परेको छ', अध्यारो अनुहार लगाउँदै उनले भने, 'व्यापार नै छैन। सडकमा भए साँझ परेपछि गाडी पर्खिने मान्छेहरू पनि गाडी नआएसम्म सामान हेरेर किनेर लान्थे। अब यता त गाडी चड्ने कसरी आउनु? एकदमै गाह्रो भइरहेको छ यता त।'

त्यति मात्र होइन उनले बत्ती र फोहोरको गरेर तीन सय रुपैयाँ छुट्टै तिर्नुपर्ने पनि बताए।

बाल्दा पनि नबाल्दा पनि पैसा तिर्नुपर्ने भएकाले अधिकांश व्यापारीले यहाँ बत्ती बालिरहेका हुन्छन्।

३० वर्षदेखि बानेश्वर क्षेत्रमा फुटपाथ पसल नै राखेर आफ्नो गुजारा गरिरहेका अर्का व्यापारी आमीर अन्सारी*को पनि हालत उस्तै छ। उनी तन्ना, सिरानीको खोल, ओढ्नेहरू बेच्छन्। 

३० वर्ष 'फुटपाथ व्यापार' गरेको अनुभवमा अहिले जत्तिको व्यापार घाटा उनले व्यहोरेकै थिएनन् रे।

'पहिला कहिले त दिनमै १५/१८ हजारको व्यापार पनि हुन्थ्यो। अहिले त यो पसलको पैसा तिर्न पुगे पनि खुशी भएर बस्नु परेको छ', अध्यारो अनुहार लगाउँदै उनले भने, 'व्यापार नै छैन। सडकमा भए साँझ परेपछि गाडी पर्खिने मान्छेहरू पनि गाडी नआएसम्म सामान हेरेर किनेर लान्थे। अब यता त गाडी चड्ने कसरी आउनु? एकदमै गाह्रो भइरहेको छ यता त।'

'समय तोकेर भए पनि बाहिर नै राख्न देऊ'
आमीरले भने आफ्नो पसलको दैनिक आठ सय रुपैयाँ तिर्छन्। उनको पसल अलि बाहिरैपट्टी पर्ने भएकाले भाडा पनि महँगो भएको हो रे।

'दशैंको समयतिर बरू हामी आफैँ व्यापारीहरू मिलेर नगरप्रहरीलाई २०/२५ हजार दिन्थ्यौँ। अहिले त नगरप्रहरी पनि सिधै झम्टिन आउँछ', अन्सारी भन्छन्, 'यसरी एउटा साहुलाई सबै व्यापारीले व्यापार नै नहुँदा पनि पैसा तिर्नुभन्दा त बरू वडाले केही व्यवस्थापन गरे हुन्थ्यो। यो साहुलाई भन्दा त वडालाई नै पैसा दिएको भए पनि बरू वडा त राम्रो हुन्थ्यो नि। हामी पनि वर्षौँदेखि यही वडामा बसिरहेका हौँ।'

उनी भन्छन्, 'अगाडिको पसल ठ्याक्कै ग्राहकहरूको नजरमा पर्छ। त्यही भएर यो ठाउँ अलि महँगो भएको होला।' 

उनले पनि बत्तीको पैसा तीन सय रुपैयाँ तिर्छन्। पसलको दैनिक आठ सयको दरले उनले महिनामा २४ हजारसम्म तिर्ने गर्छन्। उनले भित्र पसल राख्न थालेको पनि पाँच महिना भयो।

आमीर भन्छन्, 'फुटपाथ पसल राखेर यत्रो वर्ष भयो। तर, अहिले जस्तो नराम्रो कहिले पनि लागेको थिएन। मेरो तीन जना बच्चासहितको सम्पूर्ण खर्च यसैबाट जुटाएको थिएँ। अब तपाईं नै भन्नुस् न मेरो व्यापार कस्तो थियो भनेर। तर, अहिले त साहुलाई दिनमा यो पसलको भाडा दिन पनि मन आत्तिन्छ।'

यसअघि बाहिर पसल राख्दा गोदाममा महिनाको सात हजार तिर्नबाहेक अरू कतै पैसा तिर्न नपरेको उनी बताउँछन्। 

'दशैंको समयतिर बरू हामी आफैँ व्यापारीहरू मिलेर नगरप्रहरीलाई २०/२५ हजार दिन्थ्यौँ। अहिले त नगरप्रहरी पनि सिधै झम्टिन आउँछ', अन्सारी भन्छन्, 'यसरी एउटा साहुलाई सबै व्यापारीले व्यापार नै नहुँदा पनि पैसा तिर्नुभन्दा त बरू वडाले केही व्यवस्थापन गरे हुन्थ्यो। यो साहुलाई भन्दा त वडालाई नै पैसा दिएको भए पनि बरू वडा त राम्रो हुन्थ्यो नि। हामी पनि वर्षौँदेखि यही वडामा बसिरहेका हौँ।'

उनी समय तोकेर भए पनि बाहिरै पसल संचालन गर्न दिनुपर्ने बताउँछन्। 'बाहिर २४ सै घण्टा पसल राख्न नदिए पनि बरू केही घण्टा छुट्टयाएर, ठाउँ र व्यापारी तोकेर पालैपालो भए पनि बाहिर नै राख्न दिए हुन्थ्यो', उनले भने।

१३ वर्षदेखि बानेश्वरको फुटपाथमा व्यापार गरिरहेकी सोविता सापकोटा*ले पनि भित्र पसल राख्न थाको ६ महिना भयो। उनले पनि सुरुमा दिनको सय रुपैयाँ मात्र तिर्ने गरेको तर अहिले भने नौ सय तिर्ने गरेको बताइन्।

उनी भन्छिन्, 'पहिला तपाईंहरूलाई हामी व्यवस्थापन गर्छौँ भनेर हामीलाई पचास/सय तिरे हुन्छ भन्यो। एक महिनासम्म त मैले पनि दिनको सय तिरेकै हो। तर, अहिले हेर्नु न दिनको नौ सय भनेको त २७ हजार हो नि। त्यतिले त बाहिर चोकतिर सटरमै पनि भाडा तिरेको भए राख्न सकिन्थ्यो।'

उनी पनि भित्र आएदेखि व्यापार एकदमै कम भएको बताउँछिन्। गोदामको पैसा अलग्गै र बत्ती, फोहोर पसल सबैको तिर्नुपर्ने पैसाको बारेमा सोच्न पर्यो भने उनलाई पसल नै नराखौँ जस्तो लाग्छ रे। 

'तर, के गर्नु अर्को सीप छैन। पढेको भए यो काम किन गर्नुपर्थ्यो र। म त झन् भर्खर आएको अब पसल नै बन्द गर्ने बेला भइसक्यो', उनले भनिन्।

सोविताका अनुसार पसल नखोलेको दिनको भने पैसा तिर्नु पर्दैन। तर, दुई/तीन दिनभन्दा बढी पसल राखेन भने सधैँको लागि राख्न नपाउने गरी ठाउँ अरूलाई नै दिइन्छ। 

यति मात्र होइन, कुनै व्यापारीले 'आज व्यापार भएन, पैसा दिन सक्दिनँ' भन्यो भने जबर्जस्ती मागेर लाने गरेको समेत उनले बताइन्।

उनी भन्छिन्, 'पैसा उठाउन स्टाफ नै राखेको छ। को आयो, को आएन, कसको कति व्यापार भयो समेत सब हेर्छ। कसैको बढी व्यापार भएको छ भने त त्यो दिन उसलाई धेरै पैसा समेत माग्छ। नदिने भन्ने नै हुँदैन। सधैँ यतै राख्नुपर्छ।'

साहुका मान्छेले दशैंको समयमा सात दिनको भाडा एकै दिन मागेका रहेछन्। एक जना व्यापारीले तिर्न नसक्ने भन्दै आत्महत्या समेत गरेका रहेछन्।

भाडा तिर्न नसकेपछि व्यापारीले आत्महत्या गरे
उनका अनुसार यो भवनमा व्यापार गर्ने कुनै पनि व्यापारीलाई साहुसँग प्रत्यक्ष भेट्न पनि दिइँदैन। व्यापारीको सबै जानकारीदेखि प्रत्यक्ष कुरा स्टाफहरूसँगै गर्नुपर्छ। 

यहाँका कुनै पनि व्यापारीलाई साहुको नाम, नम्बर केही थाहा छैन। उनीहरूलाई बस् साहुको अनुहार याद छ, जो पसल राख्ने समयमा सम्झौता गर्दा भेट भएको थियो।

उनीहरूले त्यस समय आफ्नो बारेमा सबै विस्तृत जानकारीका लागि कागजातहरू बुझाएको समेत उनले बताइन्। तर, सम्झौतामा 'भाडा यति छ, यति समयमा दिनुपर्छ' भने केही पनि कुरा भएन। 

उनीहरूले बस् आफ्नो कागजात दिए अनि बस्न थाले। साहुसँगको उक्त भेटमा 'आफ्नो भाडाको बारेमा कसैले पनि कसैलाई पनि नबताउन' चेतावनी दिएको पनि उनले सुनाइन्।

त्यसै समय उनको पसलसँगै टाँसिएको अर्को पसलको व्यापारी लक्ष्मी श्रेष्ठ*लाई पनि उनले हामी भएको ठाउँमै बोलाउँदै भनिन्- 'दिदी हेर्नू न, तपाईंको व्यापार कस्तो छ भनिदिनु त! अनि तपाईंले कति तिर्न पर्छ रे?' 

सोविताको अनुहार हेर्दै लक्ष्मीले हास्दै भनिन्- 'केही व्यापार भएको भए पो भन्नू। म पनि भर्खरै आएको। बरू नआएको भए हुने रहेछ। साहुलाई पो पैसा तिर्न आको जस्तो भयो।'

लक्ष्मीले भने पसल थापेको भाडा दैनिक आठ सय तिर्छिन्। 

साहुका मान्छेले दशैंको समयमा सात दिनको भाडा एकै दिन मागेका रहेछन्। एक जना व्यापारीले तिर्न नसक्ने भन्दै आत्महत्या समेत गरेका रहेछन्।

सोविता भन्छिन्, 'यहाँ पसल राख्ने कोही कोही त हुनेखाने पनि छन्। उनीहरूलाई त दिनको त्यति पैसा तिर्न केही पनि हुँदैन। तर, हामी जस्तो हुँदाखानेहरूको लागि त गाह्रो छ नि। त्यो दाई बिचरा दशैंमा गाउँ जान्छु भनिराख्नु भएको थियो। हेर्नु न साहुले दशैंकै समयमा एक हप्ताको पैसा मागेपछि बिचरा दाइ त झुन्दिएर मरेछन्।'

'फुटपाथ नभएपछि बाहिर पसलमै पनि व्यापार छैन'
'पहिला यहाँको पसलेहरूले पनि फुटपाथ हटायो भने राम्रो भन्दैथ्यो। तर, फुटपाथ नभएपछि बाहिर पसलमै पनि व्यापार छैन रहेछ। हाम्रो पसलले गरेर पनि उनीहरूको व्यापारमा त राम्रै असर त गरेको रहेछ नि! अहिले व्यापार नै नभएपछि चाहिँ दुई/तीन घण्टाको लागि मात्र भए पनि राख्न दिने कुरा भइरहेको छ रे। तर, अब त्यस्तो कहिले हुने हो', उनले भनिन्।

सोविताको अनुसार सुरुसुरुमा करिब पाँच सय व्यापारीहरू यस भवनमा व्यापार गर्न आएको भए पनि अहिले भने डेढ/दुई सय मात्र छन्।

यो सोविता, लक्ष्मी, आमीर र श्यामको मात्र समस्या होइन। नयाँ बानेश्वर क्षेत्रकै सम्पूर्ण फुटपाथ व्यापारीहरूको समस्या हो।

बानेश्वरको चहलपहल हरायो
उनीहरू सबैले यसअघि बाहिर फुटपाथमा व्यापार गर्दा यही भवनमा गोदाम बनाएका रहेछन्। अलि भित्री सडकमा परेको भएर सबैले भाडा पनि सस्तो तिर्दै आएका रहेछन्। 

तर, अहिले भने तला थप्दै पैसा पनि थप्दै गएको व्यापारीहरू बताउँछन्। 

एक व्यापारी भन्छन्, 'पहिला गोदाममा त अलि बेलुका भएपछि हामीलाई यहाँ सामान थन्काउन आउन समेत डर लाग्थ्यो। तर, अहिले हेर्नू न!'

उनीहरू बारम्बार बाहिर पसल राख्न पाऊँ भन्दै महानगरलाई दबाब दिन गइरहन्छन्। तर, महानगरपालिकाले भने महानगरभित्रका कुनै पनि क्षेत्रमा फुटपाथ व्यापार गर्न नदिने योजना बनाएको छ।

फुटपाथ व्यापारीसँग सामान किन्न बानेश्वर आउनेहरू अन्यत्र जान थालेकाले सटरभित्र हुने पनि व्यापार घटेको व्यवसायीहरूको गुनासो छ। बानेश्वरमा चहलपहल घटेपछि यहाँको रूटमा चल्ने सवारीमा समेत असर गरेको छ।

भवन कच्ची नभएको तर्क गर्दै उनी भन्छन्, 'कसरी भन्ने कच्ची छ भनेर? महानगरले भर्खरै गरेको अभिलेखीकरणमा हाम्रो जग्गा पनि परिसकेको छ। नक्सा पनि पास छ। पहिलेदेखि नै तीन तले नै हो।'

यसै क्षेत्रमा १५ वर्षदेखि ट्याम्पो चलाइरहेको चालक कुलबहादुर मगर भन्छन्, 'कोरोनापछि नै खासै मान्छे त छैनन्। तर, दशैंपछि त यहाँ झन् मान्छे पाउनै गाह्रो छ। यहाँ त पहिला मान्छे गाडी कुरेर बसिरहेको हुन्थ्यो। अहिले त गाडी नै मान्छेलाई कुरेर बस्दा पनि भरिँदैन।'

के भन्छ व्यवस्थापन?
फुटपाथ पैदलयात्रीको लागि हो। त्यसैका लागि महानगरले आफ्नो क्षेत्रभित्र फुटपाथ पसल हटाउन थालेको हो। 

तर, फुटपाथबाट पसल हटेको हरेक ठाउँमा पार्किङ सुरु हुँदा समस्या झन् बढ्दै गएको छ। 

बानेश्वर क्षेत्रबाट पनि पसलहरू त हटे तर, पार्किङले गर्दा भने पैदलयात्रीको समस्या जहाँको त्यहीँ छ।

'फुटपाथमा जसरी बसेको थियो त्यही फर्म्याटमा, त्यहाँ बसेकै जसरी व्यापारीहरू बसिरहनु भएको छ। बाहिर फ्रीमा बसिरहनुभएको उहाँहरू व्यक्तिको जग्गामा बसेपछि थोर बहुत भाडा त दिनैपर्यो जसरी पनि। सधैँ त्यत्तिकै बसिरहन पाऊँ भन्ने त हुँदै हुँदैन', भवनमा व्यापार व्यवस्थापन गरिरहेका बासु पाण्डे भन्छन्, 'दैनिक हिसाबमा उहाँहरूले पैसा दिनुहुन्छ। यहाँ आएर व्यापार गरेपछि मात्र उहाँहरूले भाडा दिने हो। नआएको दिनमा पर्दैन। मिनिमम् सयदेखि हजार रुपैयाँसम्म छ। त्यसपछि भनेको हामीले तोक्नेभन्दा पनि उहाँहरूले नै तिर्ने हो। ठाउँ हेरेर क्षमता हेरेर हुन्छ।'

पहिला २ बजेदेखि बेलुका ९ बजेसम्म पसल खोल्न दिएकोमा अहिले भने दिउँसो १२ बजेदेखि बेलुका ९ बजेसम्म खुल्ने गरेको उनको भनाइ छ। 

उनका अनुसार अहिले यहाँ १२० जना व्यापारी छन्। अनि ५० जनाभन्दा बढीले यहाँ बस्नको लागि नाम टिपाइसकेका छन्।

भवन व्यक्तिगत भए पनि महानगर र वडासँग भने समन्वय भइरहेको बासुले बताए। 

'बहाल कर हो तिर्नुपर्ने। त्यो महानगरको नियमअनुसार तिरिरहेका छौँ। त्यसबाहेक त उहाँहरू खुशी हुनुहुन्छ फुटपाथ व्यवस्थापन भयो भनेर', उनले भने।

भवन कच्ची नभएको तर्क गर्दै उनी भन्छन्, 'कसरी भन्ने कच्ची छ भनेर? महानगरले भर्खरै गरेको अभिलेखीकरणमा हाम्रो जग्गा पनि परिसकेको छ। नक्सा पनि पास छ। पहिलेदेखि नै तीन तले नै हो।'

दशैंको समयमा एक हप्तादेखि नै पैसा उठाउने कुरा भए पनि त्यो कार्यान्वयन भने नभएको उनको दावी छ। व्यापारी र पसल व्यवस्थापन गर्नको लागि उनले चार जना स्टाफ राखेको पनि बताए। 

'व्यापार भएन भनेर गुनासो पोख्दा पनि जबर्जस्ती पैसा माग्नु हुन्छ रे हो?' भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, 'अहिले अफ सिजन हो। व्यापार त कम हुने नै भयो। तर, व्यापार त बाहिर जति नै छ नि। किन भने बाहिर बस्ने सबै यतै आउनु भएको छ। त्यहाँको ग्राहक त सबै यता आइरहनुभएको छ। हामीले अहिले अफसिजन भएको कारण ५० प्रतिशत कम भाडा लिइरहेका छौँ। पानी परेको बेला त भाडा पनि लिँदैनथ्यौँ। त्यति धेरै मान्छेमा कोहीकोही नेगेटिभ र पोजेटिभ भन्ने त भइहाल्छ नि!'

उनले थप भने, 'जिरो लगानीमा बानेश्वर चोकमा २५/३० हजारको सामान बोकेर आएर त्यहाँबाट व्यापार गरेर कमाएर दुई, तीन सय तिर्नुपर्ने, नआएको दिनको तिर्नु नपर्ने भन्ने त धेरै सजिलो होइन र? बाहिरको सटर लिएर गर्नुपर्दा १० देखि १२ लाख सलामी तिर्नुपर्यो। त्यसको डेकोरेसन गर्न अर्को तीन-चार लाख रुपैयाँ खर्च गर्नुपर्यो। यो मार्केट वैकल्पिकमा हामीले व्यवस्थापन गर्न नसकेको भए उहाँहरू त पूर्णरूपमा विस्थापित हुनुपर्ने अवस्था थियो। यो त अवसर हो खासमा।'

दशैंको समयमा एक हप्तादेखि नै पैसा उठाउने कुरा भए पनि त्यो कार्यान्वयन भने नभएको उनको दावी छ। व्यापारी र पसल व्यवस्थापन गर्नको लागि उनले चार जना स्टाफ राखेको पनि बताए। 

आफूले गरेको काम सेवामुखी व्यापार भन्दै उनी भन्छन्, 'महानगरको फुटपाथ नियन्त्रण योजनामा हामीले ठूलो भूमिका निभायौँ भन्ने त महानगरले पनि भनिरहेको छ।'

*सबै व्यापारीहरूको नाम परिवर्तित छ। 

२२ माघ, २०७९, १०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।