तलेजु भवानी: पुजारीबाहेक अरूले हेर्न नमिल्ने, देवीको स्वरूपबारे अरूसँग वर्णन गर्न पनि नहुने

तलेजु भवानी: पुजारीबाहेक अरूले हेर्न नमिल्ने, देवीको स्वरूपबारे अरूसँग वर्णन गर्न पनि नहुने

आज नवरात्रिको नवौं तथा अन्तिम दिन। नेपाली परम्पराअनुसार आजको दिनलाई महानवमी भनिन्छ।

घटस्थापनादेखि महानवमीसम्म नौ दिन नवदुर्गाको पूजा आराधना गरिने परम्परा छ। दशौं दिन विजयादशमीमा देवी विसर्जन गरिन्छ।

नवदुर्गामध्ये दशैंको पहिलो दिन घटस्थापनामा शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा देवी पूजा आराधना गरिएको थियो। यस्तै पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो।

आठौँ दिन नवदुर्गामध्येकी महागौरीको पूजा आराधना गरिएपछि आज अन्तिम दुर्गा सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

सिद्धिदात्री

सिद्धिदात्रीलाई घ्यू चढाएमा अकाल मृत्युबाट बचिने र कुनै प्रकारका अशुभ समाचार सुन्न नपर्ने शास्त्रमा उल्लेख छ।

सिद्धिदात्रीले सबैलाई मोक्ष प्रदान गर्ने विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ। पौराणिक कथनअनुसार मार्कण्डेय ऋषिलाई ब्रह्माले देवीका नौ नाम बताएका थिए, जुन नाम स्मरण मात्र गर्नाले पनि मानिस जुनसुकै कष्ट वा संकटबाट सजिलै मुक्त हुनसक्छ।

आजकै दिन नेपाली सेनाले कोतमा रहेका हातहतियारको पूजाआजा गर्ने गरिन्छ। सिद्धदात्रीलाई विजयको प्रतीकका रूपमा पनि लिने गरिन्छ।

मार्कण्डेय पुराणमा बताइएअनुसार सिद्धि आठ प्रकारका छन्— अणिमा, महिमा, लघिमा, गरिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व। इच्छाअनुसार सानो रूप बनाउन सक्नु अणिमा हो।

सिद्धिदात्रीका दायाँ हातमा चक्र र गदा छन् भने बायाँ हातमा शंख र कमलपुष्प छन्। सुन्दर वस्त्र र अलंकारले सुसज्जित यिनी दिव्य तेजले युक्त छिन्। यिनी कमलको आसनमा बस्छिन्। यिनको वाहन सिंह हो। यिनलाई वरिपरिबाट सिद्ध, गन्धर्व, यक्ष, देवता, असुर आदिले पूजा गरिरहेका हुन्छन्।

सिद्धिदात्रीको कृपा प्राप्त गर्ने उपासकले सबै सिद्धि प्राप्त गर्दछन्। उनीहरूका लागि कुनै कामना बाँकी नै रहन्न। सिद्धि प्राप्त गरेका भक्त संसारका सबै इच्छा र आवश्यकताभन्दा माथि उठेर मानसिक रूपले जगज्जननी भगवतीको दिव्य लोकमा विचरण गर्दछन् भन्ने शास्त्रीय कथन छ।

यस्तै आजकै दिन नेपाली सेनाले कोतमा रहेका हातहतियारको पूजाआजा गर्ने गरिन्छ। सिद्धदात्रीलाई विजयको प्रतीकका रूपमा पनि लिने गरिन्छ।

उनले थातथलो त छाडे तर इष्ट देवी छाड्न सकेनन्। तुलजा भवानीलाई पनि नेपालमण्डल ल्याए। पछि तुलजाको नाम अपभ्रंश हुँदै तलेजु बन्न पुगेको इतिहास छ। 

नौ वटै नवदुर्गाको दर्शनसँगै हामी तपाईंहरूलाई आजको शक्तिपीठको दर्शन गराउँछौं। आज तजेजु भवानीको दर्शन गरौँ।

तलेजु भवानी

तलेजु भवानी आजकै दिन मात्र सर्वसाधारणको लागि खुला गरिन्छ। अन्य दिन पुजारीबाहेक अरूले भवानीको दर्शन पाउँदैनन्।

सबैभन्दा पहिला तलेजु भवानीको घरको कुरा गरौँ। तलेजु मल्ल राजाहरूको इष्ट देवी हुन्। तर उनको पुर्ख्यौली घर भने काठमाडौं होइन। उनी सिम्रौनगढकी हुन्।

सिम्रौनगढका कर्णाट वंशका राजा हरिहरसिंहदेवले १४औं शताब्दीमा तुलजा (तलेजु) भवानीलाई भक्तपुर ल्याएका थिए। उनी मुगलहरूको आक्रमणबाट बच्न थातथलो छोडेर नेपालमण्डल (काठमाडौं उपत्यका) प्रवेश गरेका थिए। उनले थातथलो त छाडे तर इष्ट देवी छाड्न सकेनन्। तुलजा भवानीलाई पनि नेपालमण्डल ल्याए। पछि तुलजाको नाम अपभ्रंश हुँदै तलेजु बन्न पुगेको इतिहास छ। 

अर्को किंवदन्ती यस्तो छ
कर्णाट राजाका इष्ट देवी तलेजु भवानी थिइन्। ती राजाले तलेजुलाई काठमाडौं ल्याउँदा मकवानपुरको टिष्टुङ गाउँको पलाञ्चोकमा एक रात बास बसेकी रहिछिन् उनी।

यसैकारण तलेजु भवानीको मन्दिर मकवानपुरमा पनि स्थापना गरिएको रहेछ। पाटनमा विष्णु मल्लले राखेको शिलापत्रबाट यो किवंदन्तीमा प्रकाश पर्छ।

तलेजु भवानीको मन्दिर दुई तले छ। पुजारीबाहेक अरूले देवीको दर्शन गर्न नहुने धार्मिक मान्यता रहिआएको छ। अरूले हेर्न नहुने मात्रै हैन, देवीको स्वरूप कस्तो छ भन्ने कुरा अरूसँग वर्णन समेत गर्न नहुने मान्यता छ।

मकवानपुर मात्र होइन, जहाँ जहाँ तलेजु भवानी बास बसेकी छिन्, त्यहाँ त्यहाँ तलेजु भवानीको मन्दिर देख्न सकिन्छ। उपत्यकाभित्र काठमाडौं, भक्तपुर र ललितपुरमा तलेजु भवानीको मन्दिर छ।

नेपाल आइसकेपछि पहिलो रात बास बसेकाले मकवानपुरको तलेजु भवानीको मन्दिर र काठमाडौंमा सधैं बसेको अर्थमा वसन्तपुरमा रहेको तलेजु भवानीको मन्दिरलाई अन्य मन्दिरको तुलनामा विशेष मानिन्छ।

काठमाडौंमा भने तलेजु भवानीको मन्दिर वसन्तपुर दरबार क्षेत्रमा अवस्थित छ। मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर हो।

तलेजु भवानीको मन्दिर दुई तले छ। पुजारीबाहेक अरूले देवीको दर्शन गर्न नहुने धार्मिक मान्यता रहिआएको छ। अरूले हेर्न नहुने मात्रै हैन, देवीको स्वरूप कस्तो छ भन्ने कुरा अरूसँग वर्णन समेत गर्न नहुने मान्यता छ।

तलेजुको आफ्नै गुठी र नित्यपूजा हुने गरेको छ। दशैंको समयमा कन्याहरूको पूजा गरी दक्षिणा दिई भोजन पनि गराउनुपर्ने चलन छ। 

तलेजुको मन्दिरमा बोका बलि चढाइन्छ।

यी पनि,

असोज १८, २०७९ मंगलबार ०८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।