उकेरा फिचर

देउता होइन, रानी नवसागरको सुन्दरता कुँदिएको मूर्ति नक्साल भगवती


आज असोज शुक्ल सप्तमी अर्थात् दशैंको सातौँ दिन। आजको दिनलाई नेपाल परम्पराअनुसार फूलपातीको दिन पनि भनिन्छ।

घटस्थापनादेखि महानवमीसम्म नौ दिन नेपाली परम्पराअनुसार नवदुर्गाको पूजा अराधना गरिन्छ। दशौं दिन विजयादशमीमा देवी विसर्जन गरिने परम्परा रहेको छ।

घटस्थापनाको दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी भगवती, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरियो। यस्तै छैटौँ दिन कात्यायनी देवीको पूजा गरियो भने आज सातौँ दिन कालरात्रिको पूजा आराधना गरिँदैछ।

सुरुमा कालरात्रिकै दर्शन गरौँ।

कालरात्रि

पौराणिक मान्यताअनुसार ब्रह्माको एक दिन अर्थात् चौध मन्वन्तरको अवधि सकिएपछि ब्रह्माण्डमा महाप्रलय हुन्छ। त्यस बेला सबै प्राणी जगत्‌को संहार हुन्छ। सृष्टिको त्यो भयंकर रातलाई कालरात्रि भनिन्छ। 

यही रात अर्थात् संहारकी अधिष्ठात्री देवी हुनाले यिनलाई कालरात्रि भनिएको देखिन्छ। दक्षयज्ञ विध्वंश गर्ने भद्रकाली यिनैको रूप मानिन्छ।

द्वापर युग सकिएर कलियुग सुरु भएपछि निर्माण गरिएको हो- नक्साल भगवतीको मन्दिर। तर यसको किंवदन्ती देउतासँग होइन, रानीसँग जोडिएको छ।

कालरात्रि कालो वर्णकी छिन्। शरीर तेल लगाएजस्तो टलक्क टल्कने कालो छ। यिनी लामालामा केश फिँजेकी, ठूलाठूला गोलाकार तीन आँखा भएकी लामो जिब्रो र ठूलाठूला दाँत भएकी घोररूपा छिन्। कालरात्रिको ओठ लाली लगाएको जस्तो प्राकृतिक रूपमै राता छन्। आँखाबाट बिजुली चम्केजस्तो तेज निस्कन्छ। यिनी वस्त्रहीन छिन्। कतै बाघाम्बरले र कतै मुण्डमालाले यिनका अंग ढाकिएको वर्णन गरिन्छ।

कालरात्रिले फलामका काँडेदार गहना लगाएकी छन्। यिनका श्वासमा नाक र मुखबाट आगाका भर्भराउँदा लप्का निस्किन्छन्। कालरात्रिको दायाँ हातमा वरमुद्रा र अभयमुद्रा छन् भने बायाँ हातमा फलामको काँडेदार हतियार र खड्ग छन्। कालरात्रिको वाहन गधा हो।

आजै घर-घरमा फूलपाती पनि भित्र्याइँदैछ। शक्तिपीठहरूमा र मन्दिरहरूमा घटस्थापना गरी दुर्गापूजा गरेको स्थानमा फूलपाती भित्र्याइन्छ।

यस्तै गोरखा दरबारबाट ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा भित्र्याउने चलन छ।

नवरात्रका नवदुर्गामध्येकी कालरात्रिको दर्शनसँगै अब लागौँ आजको शक्तिपीठ दर्शन गर्न। आज नक्साल भगतवतीको कुरा।

नक्साल भगवती

द्वापर युग सकिएर कलियुग सुरु भएपछि निर्माण गरिएको हो- नक्साल भगवतीको मन्दिर। तर यसको किंवदन्ती देउतासँग होइन, रानीसँग जोडिएको छ।

मन्दिरको नाम सुरुमा 'नवसागर भगवती' थियो। तर कालान्तरमा अपभ्रंश भयो अनि 'नक्साल भगवती' भयो।

कलियुग सुरु भएको एक हजार वर्षपछि कान्तिपुरमा विक्रमकेशरी नामका राजा थिए। उनकी रानी थिइन्- नवसागर। अत्यन्तै सुन्दर थिइन्। 

त्यही समयमा एक जना मूर्तिकारले निकै सुन्दर मूर्ति तयार पारेर त्यसलाई 'नवसागर भगवती' नाम दिएछन्। त्यो मूर्ति उनले रानीलाई नै चढाएछन्।

आफ्नो रूपलाई भगवती भनेर दाँज्दा अनि सुन्दर मूर्ति बनाउँदा रानी खुशीले गद्गद् भइन्। विधिवत् रूपमा मन्दिर स्थापना गराएर मूर्ति राख्न लगाइन्।

मन्दिरको नाम सुरुमा 'नवसागर भगवती' थियो। तर कालान्तरमा अपभ्रंश भयो अनि 'नक्साल भगवती' भयो।

सुन्दरताले उन्मत्त भगवती
मूर्ति सुन्दर त थियो नै, निकै उग्र पनि थियो। मूर्तिमा सुन्दरताको यति घमण्ड थियो कि, अन्त्यमा मूर्तिलाई खाल्डो खनेर ढुङ्गाले छोप्न पर्ने अवस्था आयो।

यो मन्दिरलाई सुन्दरता, सुन्दरताले निम्त्याउने घमण्ड र घमण्डले निम्त्याउने परिणामको पाठ सिकाउन स्थापित मन्दिरको रूपमा पनि व्याख्या गरिएको पाइन्छ।

पछि राजा शंकरदेवले विसं ६६४ मा फेरि विधिवत् रूपमा भगवतीको मूर्ति स्थापना गरी प्रेत चर्तुदशीका दिन रथारोहण गरी यात्रा गर्ने प्रवन्ध मिलाएछन्।

शंकरदेवले नै मन्दिरमा सोह्र भुजा (१६ ओटा हात भएकी) देवीको मूर्ति स्थापना गरेका हुन्। 

ऐतिहासिक जानकारी
तले शैलीको भव्य मन्दिरमा नक्साल भगवतीको चिल्लो र आकर्षक मूर्ति छ।

शाह वंशावलीहरूमा चर्चा गरिएअनुसार देवीको स्थापना लिच्छवि कालतिर भएको हो। उपत्यकाका नक्साल भगवती,  शोभा भगवती र नाला भगवतीमा एकै प्रकारका मूर्तिहरू राखिएका छन्। यता पलाञ्चोक भगवतीमा पनि त्यस्तै प्रकारको मूर्ति पाइन्छ। यी देवीहरूलाई दिदीबहिनी मान्ने चलन पनि छ।

राणा प्रधानमन्त्री जुद्ध शमशेर तथा राजा महेन्द्र शाहलगायतले समय समयमा यसको जिर्णोद्धार गर्दै आएका थिए। 

यो मन्दिरलाई सुन्दरता, सुन्दरताले निम्त्याउने घमण्ड र घमण्डले निम्त्याउने परिणामको पाठ सिकाउन स्थापित मन्दिरको रूपमा पनि व्याख्या गरिएको पाइन्छ।

भगवती दुर्गाकै रूपमा पूजा गरिने नक्साल भगवतीप्रति काठमाडौं उपत्यकाका भक्तजनमा ठूलो आस्था रहेको पाइन्छ।

विशेष गरेर घटस्थापनादेखि यहाँ भक्तजनको भिडभाड बढ्ने गर्छ। नवरात्रीबाहेक शनिबार पनि भक्तहरू दर्शनका लागि नक्साल भगवतीको मन्दिर जाने गर्दछन्। नक्साल भगवतीको पूजा अराधना गर्नाले मनले चिताएको पुग्ने जनविश्वास रहिआएको छ।

(स्रोत: मन्दिरबारे जानकार राजु नेपाल र प्राध्यापक दिनेश पन्तसँगको कुराकानी। प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित 'चाडपर्वको घर नेपाल', पदम श्रेष्ठद्वारा लिखित 'नेपाल मण्डल सम्पदा' र घटराज भट्टराईद्वारा लिखित 'नेपालका धार्मिक स्थलहरू')

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

डेढ लाख कमाउने चिया पसलेकाे जागिर संघर्ष: टेलिकम छाडेर सेनामा भर्ती भए, हवल्दार कुटेर नौ महिनामै टाप

बा विनाको बाल्यकाल सम्झँदा उनी अहिले पनि भावुक हुन्छन्। आफ्नो आमा र बाको एक्लो सन्तान रहेका पाठकलाई आमाले नै हुर्काइन्। ‘बासँग भेट नभएको ५२ वर्ष....

१९ वर्षमै विवाह अनि २३ वर्षमै विधवा भएकी सविताको साहस : दोस्रो विवाह अस्वीकार गर्दै बनिन् ३ लाख महिलाको सहयोगी

त्यतिमै उनि रोकिइनन्, ‘कुरा सम्झ्यो भने केहि पाउनको लागि केहि गुमाउनुपर्छ भन्ने कुरा हो जस्तै लाग्छ। तर, मैले त आफ्नो जीवनसाथी नै गुमाउनुपर्यो।’ २३ वर्षको....

चाँडै तिहार आउँदा खुसी हुन नसकेका कल्लाबारीका किसान

तिहार सकिएपछि फूल फुल्दा स्थानीयले यसबाट राम्रो आम्दानी गर्न सकेनन्। लगानी समेत उठ्न नसकेको स्थानीय किसान बताउँछन्। ‘तिहारका बेला फुलेको भए राम्रै कमाइ हुन्थ्यो, अहिले....

त्रिपालमुनि भोट माग्न गएका उम्मेदवारलाई मतदाताको जवाफ- ‘लिखित वाचा नभए हाल्दैनौं भोटसोट’

रातिको १२ बजेको थियो। एक्कासी गड्याङगुडुङ आवाजसँगै छिमेकीहरू कराएको हल्ला चल्यो। महेन्द्र ब्यूँझिए, यस्सो घरबाहिर हेर्दा पहिरोले घरलाई दायाँबायाँबाट घेरा हालिसकेको थियो। बल्लतल्ल झ्यालबाट हाम....

गाउँमै व्यवसाय गर्न पनि सरकारसँग जुधिरहेका हरिबहादुर दम्पती

सिरीरी चलिरहेने सिरेटो र वरपरको सुन्दर दृश्यले जोकोहीलाई लोभ्याउँछ नै। यहि होम स्टे चलाउने हरि बहादुर घिमिरे र उनी श्रीमती स्वस्तिकाको भने आफ्नै दुःख छ।....