उकेरा फिचर

नवरात्रका नवदुर्गा र शक्तिपीठहरू:

माइती जान उडेका पञ्चकन्यालाई देशको रक्षा गर्न तान्त्रिकले वशमा पारे, अनि स्थापना भइन् मैतिदेवी


आज असोज शुक्ल चतुर्थी अर्थात् दशैंको चौथो दिन।

नेपाली परम्पराअनुसार घटस्थापनादेखि महानवमीको नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरिने परम्परा छ। दशौं दिन विजयादशमीमा देवी विसर्जन गरिने परम्परा रहेको छ।

घटस्थापनाको दिन शैलपुत्रीको पूजा आराधना गरियो भने दोस्रो दिन ब्रह्मचारिणी भगवतीको पूजा अराधना गरियो। तेस्रो दिन चन्द्रघण्टाको पूजा अराधना गरियो।

आज चौथो दिन नवदुर्गामध्ये कुष्माण्डाको पूजा आराधना गर्ने परम्परा छ।

धार्मिक विश्वासअनुसार दुर्गाको कुष्माण्डा शक्तिबाटै ब्रह्माण्डको उत्पत्ति भएको हो। सेतो कुभिण्डोको जस्तो रूप हुने भएकाले यिनलाई कुष्माण्डा भनिएको हो।

यस्तै आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन तापलाई कुष्मा भनिन्छ। कुष्माण्डा देवीले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले उनको नाम कुष्माण्डा राखिएको हो। विभिन्न पुराणका अनुसार कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्छिन्।

कुष्माण्डाको पूजा अराधना गरेमा ज्ञान प्राप्त हुने बताइन्छ। यस्तै कुनै प्रकारका वाणीमा दोष छ भने आजको दिन मालपुवा अर्पण गरे शुभ हुने विश्वास गरिन्छ।

नवदुर्गामध्ये कुष्माणडाको दर्शन गरेपछि अब लागौँ आजको शक्तिपीठ दर्शन गर्न

आज हामी तपाईंलाई मैतिदेवीको दर्शन गराउनेछौँ। पहिला नामबाट सुरु गरौँ।

पौराणिककालमा पञ्चकन्याहरू माइत जान भनेर आकासमा उडिरहेका थिए। धरतीमा चाहिँ एक जना तान्त्रिकले पञ्चकन्या उडेको देखेछन्।

पारसमणिको मूर्तिमा बसेर थकाइ मारिरहेको मयूरलाई एक बदमासले प्याट्ट लौरीले हिर्काएछ। मयूर त भुर्र उडेर गइहाल्यो, तर लौरीले लागेको पारसमणिको मूर्ति भने फुटेर टुक्रा टुक्रा भएछ।

ती तान्त्रिकले देशको रक्षा गर्न पञ्चकन्याको आवश्यकता भएको र उनीहरूलाई यहीँ राख्न पर्छ भनेर आफ्नो तान्त्रिक शक्ति प्रयोग गरे। पञ्चकन्यालाई वशमा पारे। अनि यहीँ बस्न बाध्य पारे। 

र माइती हिँडेका देवीको स्थानको रूपमा यस ठाउँ र मन्दिरलाई माइती देवी भन्दाभन्दै अपभ्रंश हुँदै मैतिदेवी भन्न थालिएको हो। 

मैतिदेवीको नामाकरणको सन्दर्भमा एउटा अर्को किंवदन्ती रहेको छ। 

परापूर्वकालमा एउटा सुन्दर मयूर रहेछ। मयूरलाई उड्दा उड्दै थकाइ लागेछ। अनि थकाई मार्न फलामबाट बनेको मूर्तिमा बसेछ। त्यो मूर्ति चाहिँ पारसमणिको रहेछ। त्यो नजिकै मैतिदेवीको मूर्ति पनि थियो।

पारसमणिको मूर्तिमा बसेर थकाइ मारिरहेको मयूरलाई एक बदमासले प्याट्ट लौरीले हिर्काएछ। मयूर त भुर्र उडेर गइहाल्यो, तर लौरीले लागेको पारसमणिको मूर्ति भने फुटेर टुक्रा टुक्रा भएछ।

अचम्म त के भयो भने, फलामले बनेको मूर्ति मयूर उडेर गएपछि सुनमा परिणत भएछ। अनि त्यही दिनबाट मयूरलाई दैवीय रूप मानेर मैतिदेवीको स्थापना मयूर बसेकै स्थानमा गरिएको किंवदन्ती छ।

ऐतिहासिक प्रमाण
अंशुवर्माकालीन शिलालेखले मयूर र मैतिदेवीको कथालाई पुष्टि गरेको छ। शिलालेखअनुसार मैतिदेवीको उत्पति मयूर आउनुअघि नै भए पनि मन्दिर भने सोही समयमा स्थापना भएको हो।

मैतिदेवीको मयूरकुण्डमा हातगोडा धोएर दर्शन गर्दा छालाजन्य रोग नलाग्ने धार्मिक विश्वास छ। मैतिदेवी मन्दिरमा तान्त्रिक विधिअनुसार पूजाआजा गरिन्छ। दशैंको समयमा मैतिदेवीको मन्दिर झन् विशेष हुने गरेको छ।

त्यसपछिका लिच्छविकालीन र मल्लकालीन शिलालेखमा पनि यी कुराहरू लेखिएको पाइन्छ।

मैतिदेवीमा उत्तरपट्टी मयूरकुण्ड, मसानघाट, ब्रह्मनाल छन्। मैतिदेवीमै हरेक जातिका लागि शव जलाउने छुट्टै मसानघाट समेत रहेको छ।

मैतिदेवीमा बेतालका लामो लिच्छविकालीन धातुको मूर्ति पनि छ। 

मैतिदेवीको मयूरकुण्डमा हातगोडा धोएर दर्शन गर्दा छालाजन्य रोग नलाग्ने धार्मिक विश्वास छ। मैतिदेवी मन्दिरमा तान्त्रिक विधिअनुसार पूजाआजा गरिन्छ। दशैंको समयमा मैतिदेवीको मन्दिर झन् विशेष हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

त्रिपालमुनि भोट माग्न गएका उम्मेदवारलाई मतदाताको जवाफ- ‘लिखित वाचा नभए हाल्दैनौं भोटसोट’

रातिको १२ बजेको थियो। एक्कासी गड्याङगुडुङ आवाजसँगै छिमेकीहरू कराएको हल्ला चल्यो। महेन्द्र ब्यूँझिए, यस्सो घरबाहिर हेर्दा पहिरोले घरलाई दायाँबायाँबाट घेरा हालिसकेको थियो। बल्लतल्ल झ्यालबाट हाम....

गाउँमै व्यवसाय गर्न पनि सरकारसँग जुधिरहेका हरिबहादुर दम्पती

सिरीरी चलिरहेने सिरेटो र वरपरको सुन्दर दृश्यले जोकोहीलाई लोभ्याउँछ नै। यहि होम स्टे चलाउने हरि बहादुर घिमिरे र उनी श्रीमती स्वस्तिकाको भने आफ्नै दुःख छ।....

साँखुमा डाेकाे बुन्ने जयनारण भन्छन्- 'नेतालाई भोट हाल्नु र खोलामा ढुङ्गा हान्नु एकै हाे'

एक्लो सन्तान भएको र आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारण उनले विद्यालय पढ्न जान समेत पाएनन्। गाउँघरमा खेती किसानीको काम गर्दा-गर्दा दिक्क भएका राईकाे दिमागमा....

३० वटा माटाका गिलासबाट सुरू भएकाे ‘दाह्री भाईको चिया पसल’, जहाँ मुख्यमन्त्री र मन्त्रीले चिया पिउँछन्

सुर्खेतमा प्रख्यात बनेको मट्का चियाको ‘ब्राण्ड’सँगै विभिन्न योजना र कुराकानी समेत हुन्छ यहाँ। चुनावी सरगर्मी चलिरहेका बेला अहिले उनको पसलमा राजनीतिका गफ पनि टन्नै हुन्छन्।....

१५ वर्षदेखि आँगनमै भाषण गर्दा पनि कुनै नेताले देखेनन् धर्मबहादुरको घर

कार्यक्रममा उनकै घरतिर माइक फर्काएर नेताहरू ठूल्ठूला स्वरमा भाषण गर्छन्– ‘हामी गरिबलाई धनी बनाउँछौं। बाटो, खानेपानी र बिजुली ल्याउँछौं। गरिबका खरले छाएका झुपडीमा टिन हाल्छौं।....