भद्रकाली शक्तिपीठ: जहाँ छातीमा जमरा उमार्न मानिसहरू १० दिनसम्म एकै ठाउँमा सुत्छन्

भद्रकाली शक्तिपीठ: जहाँ छातीमा जमरा उमार्न मानिसहरू १० दिनसम्म एकै ठाउँमा सुत्छन्

आज दशैंको आठौँ दिन। नेपाली परम्पराअनुसार आजको दिनलाई महाअष्टमी भनिन्छ।

घटस्थापनादेखि महानवमीसम्म नौ दिन नवदुर्गाको पूजा आराधना गरिन्छ। दशौं दिन विजयादशमीमा देवी विसर्जन गरिने परम्परा छ।

नवदुर्गामध्ये दशैंको पहिलो दिन घटस्थापनामा शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा देवी पूजा आराधना गरिएको थियो। यस्तै पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो।

आज नवदुर्गामध्येकी महागौरीको पूजा आराधना गरिन्छ। 

महागौरी
पहिला महागौरी देवीको रङ्ग कालो वर्णको थियो। भगवान् शिवले एक दिन ख्यालख्यालैमा देवीलाई ‘ए काली’ भनेर बोलाएछन्।

देवीलाई शब्द मन परेनछ। अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरिछिन्। यसैकारण उनलाई महागौरी भनिएको विभिन्न पुराणमा उल्लेख छ। महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरूपमा हुन्छिन् भन्ने उल्लेख छ।

रोटी पाएपछि भने बल्ल ती बालिका हासिन्। अनि तुरुन्तै त्यही ठाउँमा बिलाइन्। लगत्तै खाजाका लागि लगेको रोटी सुनमा परिणत भयो। सुनको रोटी देखेर किसानहरूले बालिकालाई देवी भन्ने ठाने।

महागौरीको पूजा अराधनाले सन्तान सुख मिल्ने शास्त्रमा उल्लेख छ। महागौरीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने पनि बताइन्छ।

महागौरीको दर्शनपछि अब लागौँ आजको शक्तिपीठ दर्शन गर्न। आज हामी तपाईंहरूलाई भद्रकालीको शक्तिपीठ दर्शन गराउँछौँ।

भद्रकाली
प्राचीन समयमा काठमाडौं खेतैखेत थियो। अहिले त घरैघर। त्यसबेला किसानहरू खेतिपातीमा निकै व्यस्त हुन्थे। 

एकपटक किसानहरू खेतिपातीमा व्यस्त भइरहँदा कतै एउटी बालिका रोएको आवाज आयो। किसानहरू आवाज पछ्याउँदै बालिका रोएको ठाउँमा पुगे। अनि सबै मिलेर बालिकालाई फकाउन खोजे। जति फकाए पनि उनी रोइ नै रहिन्।

तीमध्ये एक किसानले खाजाका लागि घरबाट रोटी पकाएर ल्याएका रहेछन्। उनले केही सीप नचलेपछि ती बालिकालाई खुशी बनाउन रोटी दिएछन्। 

रोटी पाएपछि भने बल्ल ती बालिका हासिन्। अनि तुरुन्तै त्यही ठाउँमा बिलाइन्। लगत्तै खाजाका लागि लगेको रोटी सुनमा परिणत भयो। सुनको रोटी देखेर किसानहरूले बालिकालाई देवी भन्ने ठाने।

भद्रकालीमा पनि घटस्थापनाकै दिनदेखि विभिन्न मानिसहरू छातीमा जमरा उमार्न सुतिरहेका हुन्छन्। उनीहरू १० दिनसम्म एकै ठाउँमा सुतेर आफ्नो छातीमा जमरा उमार्छन्। 

कलिगत संवत् ३८२५ र विक्रम संवतअनुसार १२औं शताब्दी थियो त्यो बेला। काठमाडौंका राजा गुणकामदेव थिए। राजा गुणकामदेवलाई किसानहरूले घटनाको बेलिविस्तार लगाए।

त्यसपछि त गुणकामदेवको सपनामा पनि बालिका प्रकट भइन्। किसानहरूले भनेका कुरामा सत्यता छ भन्नेमा राजा पुगे। त्यसपछि उनैले नीलपीठबाट भगवतीको आह्वान गरी भद्रकाली नामले पीठ स्थापना गरे।

बालिका देखा परेको ठाउँमा किसानले पूजा गर्दै आए पनि यसलाई व्यवस्थित गर्ने काम भने राजा गुणकामदेवले नै गरे।

सामाजिक दृष्टिले हेर्ने हो भने दशैं कृषिसँग जोडिएको पर्व पनि हो। जमरा राख्न खेतको सानो स्वरूप पूजाकोठामा स्थापित गरेर कृषि कर्मप्रति सम्मान गरिएको देख्न सकिन्छ। 

भद्रकालीमा पनि घटस्थापनाकै दिनदेखि विभिन्न मानिसहरू छातीमा जमरा उमार्न सुतिरहेका हुन्छन्। उनीहरू १० दिनसम्म एकै ठाउँमा सुतेर आफ्नो छातीमा जमरा उमार्छन्। 

अर्को किंवदन्ती यस्तो छः

गुणकामदेवको राज्यकालमा बूढानीलकण्ठमा विभिन्न रोगब्याध र अनेक उपद्रोका कारण धेरै धनजनको क्षति भएछ। यसबाट बच्न तान्त्रिकलाई देखाउँदा काठमाडौं नगरलाई जोगाउन स्थापित अष्टमातृका पीठमध्ये टुँडीखेलको उत्तर पूर्वी कुनामा रहको भद्रकाली लुँमडी अजिमाकै प्रतिकृति प्रतीक एक कोशमा स्थापना गराउँदै जानुपर्ने सुझाव दिएछन्।  

नेपाल भाषामा लुँ भनेको सुन र मडी भनेको रोटी हुन्छ। त्यही तान्त्रिकको सुझावअनुसार नै लुँमडी भद्रकालीको स्थापना गरिएको हो।

चपली भद्रकाली तथा भद्रकाली उत्पन्न भएको स्थानलाई राजा महाराजाले दर्शन गर्न नहुने चलन छ।

त्यसपछि त्यसको प्रत्येक एक एक कोशमा स्थापना गर्ने क्रममा जमल नाचघर, लाजिम्पाट, रानीबारी, बाँसबारीमा पर्ने नलिङ अड्ग भद्रकाली र चपली भद्रकालीको स्थापना गरियो।

दोस्रो किंवदन्तीलाई सत्य मान्ने आधारहरू छन्। किनभने भद्रकाली काठमाडौंको टुँडीखेलको पूर्वतिर बाटोको बीचमा छ। 

त्यसैगरी शिवपुरी डाँडाको फेदमा चपली नाम गरेको स्थानमा पनि भद्रकाली छ। 

चपली भद्रकाली तथा भद्रकाली उत्पन्न भएको स्थानलाई राजा महाराजाले दर्शन गर्न नहुने चलन छ। भद्रकाली उत्पन्न भएको ठाउँमा जान नपाइने भएकाले यिनै भद्रकालीलाई सिंहदरबारको पश्चिम दिशामा ल्याएर स्थापना गरिएको पनि हुनसक्ने विभिन्न पुस्तकहरूमा आकलन गरिएको छ।

मन्दिरको स्वरूप
तान्त्रिक पद्धतिअनुसार नवरात्रमा विशेष पूजा गरिने भद्रकालीको मन्दिर सामान्य स्वरूपको छ। चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त रहेको छ।

दुर्गाकवचमा उल्लेख भएअनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हुन्। 

देवीमाहात्म्य र चण्डी दुर्गासप्तशतीमा दुर्गालाई ११ नामले बन्दना गर्ने गरिएको छ। साथै, आफ्नो भक्तको भक्तिमा सधैँ प्रसन्न रहने देवीका रूपमा भद्रकालीलाई पुज्ने गरिन्छ।

दशैंमा भद्रकालीमा गई पूजा तथा अराधना गर्नाले शक्ति तथा समृद्धि पाइने धार्मिक मान्यता छ। दशैंका अलावा भद्रकाली मन्दिरमा शनिबार र मंगलबार पनि भक्तजनको भिड लाग्छ।

१७ असोज, २०७९, ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।