'लाल मोहम्मदको हत्या योजना भारतमा बन्यो, नेपालीको सहयोगमा कार्यान्वयन भयो'

'लाल मोहम्मदको हत्या योजना भारतमा बन्यो, नेपालीको सहयोगमा कार्यान्वयन भयो'

काठमाडौँ : लाल मोहम्मदको हत्याको योजनासहित काठमाडौँ आएका भारतीय सुटर हतियार नलिई आएको खुलेको छ। सीमा कटेर काठमाडौँसम्म आउँदा कतै आकस्मिक चेकिङमा पर्दा पक्राउ पर्न सक्ने भएर भारत लखनउका सुटर हतियार नलिई काठमाडौँ आएको र उनी काठमाडौँ आइपुगेपछि नेपाली नागरिक मोहम्मद महारामले हतियार ल्याएर दिएको खुलेको छ।

उनी वीरगन्जका हुन्। अनुसन्धानमा संलग्न स्रोतका अनुसार उनलाई अर्का एक भारतीय नागरिकले पेस्तोल दिएका थिए। उनी त्यही पेस्तोल लिएर काठमाडौँ आएर हत्या योजनामा संलग्न अर्का व्यक्तिलाई हतियार दिएर वीरगन्ज फर्किएको खुलेको हो।

अर्की एक महिला मकवानपुरकी हुन्। उनी लागुऔषध कारोबारी रहेको खुलेको छ। लागुऔषध कारोबारमा जेल परेर रिहा भएकी उनलाई सो समूहले मोहम्मदको दैनिक गतिविधिको सूचना सङ्कलन गर्न परिचालन गरिएको थियो।

घटनास्थल वरपरको क्लोज सर्किट टेलिभिजनको अध्ययनमा उनी सो क्षेत्रमा पटक-पटक देखिएपछि प्रहरीले खोजी सुरु गरेको थियो। पक्राउ परेका तेस्रो व्यक्ति पनि हतियार व्यवस्थापनमा संलग्न रहेको अनुसन्धानस्रोतले खुलायो।

घटनामा जोडिएका चौथो व्यक्ति नीति मोहन मोहम्मद हत्याको रणनीतिमा सहयोग गर्ने नेपालतिरको मुख्य सहयोगी रहेको यस अगाडि नै खुलिसकेको छ। उनी बसेको गोठाटारको कोसीपारी गेस्ट हाउसको सिसिटिभी फुटेजबाट उनको पहिचान खुलेको थियो।

उनीसँगै क्याप लगाएका अर्का व्यक्ति समेत रहे पनि उनको अनुहार भने चिनिएको थिएन। प्रहरीले घटनामा संलग्न मुख्य व्यक्तिहरूलाई पक्राउ गर्न सकेको छैन। तर घटनाको १० औँ दिनमा सहयोगी भने पक्राउ गर्न सफल भएको छ।

फलोअप स्टोरीहरू

१४ असोज, २०७९, १४:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।