कोसीपारि लज एन्ड होटेलमा रहेको क्लोज सर्किट टेलिभिजनको फुटेजका आधारमा गोठाटारमा सोमबार मारिएका लाल मोहम्मदको हत्यामा भारतीय नागरिक नितिन मदन आरोरा संलग्न रहेको देखिएको छ। घटना लगत्तै गेस्ट हाउसमा रहेको झोलै छाडेर उनी भागेका थिए।
उकेरा टीभी
प्रहरीले फेला पारेको झोलामा नितिन मदन आरोरा, पन्जाब लेखिएको कार्ड बरामद भएको छ। कार्डमा रहेको तस्बिर र होटेलको फुटेजमा देखिएका व्यक्ति एकै जना रहेको र ती व्यक्तिसँगै अर्का क्याप लगाएका व्यक्ति समेत रहेको देखिएको छ।
२०७९ असोज ०६ गते २२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।