बेतनाको भाइरल क्यामोमाइल खेती: टिकटक आतङ्कले ३० लाखभन्दा बढीको क्षति 

बेतनाको भाइरल क्यामोमाइल खेती: टिकटक आतङ्कले ३० लाखभन्दा बढीको क्षति 

इटहरीः पूर्वको आन्तरिक पर्यटनको केन्द्र मानिने बेतना सिमसारमा सार्वजनिक बिदामा थेगिनसक्नु भीड हुन्छ। शान्त वातावरणमा व्यवस्थित पार्किङसहितको सिमसार क्षेत्र अहिले झनै चम्किँदै गएको छ। 

त्यसमाथि शनिबारको छुट्टीमा पिकनिक मनाउने र टिकटक बनाउनेको त के कुरा!

तर, पछिल्लो समय बेतनामा टिकटक बनाउनेहरू जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको बालीमा आकर्षित भए। बेतनाको ठीक अगाडि पर्ने जडीबुटीको बालीमा कुनै तारबार नभएपछि टिकटक बनाउनेको भीड त्यतातर्फ सर्यो। 

प्रहरी परिचालन गरेर रोक्न खोजेपछि बिहान र साँझको समय पारेर भिडियो बनाउनेको भीड लागेको उनले सुनाए। 

टिकटकरको भीड सरेसँगै समस्या सुरु भयो। किसानले महिनौँ लगाएर गरेको खेती लाइक्स र भ्युजका लागि मासिदै गयो।

अहिले त समस्या वेलबारीमा मात्र होइन। इटहरीको तरहरामा रहेको क्यामोमाइल खेतीमा पनि टिकटक बनाउनेको भीड लाग्न थालेको छ। 

ढकमक्क फुलेको क्यामोमाइल टिकटकको कारण नष्ट हुँदै गएको छ। बेलबारी र इटहरीका स्थानीयले टिकटक बनाउनेहरूलाई खेती नमास्न आग्रह गरे पनि यसमा कुनै कमी आएको छैन। 

दैनिक हजारौँको संख्यामा आउने टिकटकरको कारण बाली नष्ट हुँदै गएको छ।

राईका अनुसार क्यान्सरको औषधि, निन्द्रा नलाग्ने रोगको औषधिदेखि सुगन्धको लागि क्यामोमाइलको प्रयोग हुने गरेको छ। 

टिकटक बनाउनेको भीडले कुल्चिएर ३० लाखभन्दा बढीको क्षति भएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र लिमिटेड बेलबारीका प्रमुख कमल राई बताउँछन्। 

प्रहरी परिचालन गरेर रोक्न खोजेपछि बिहान र साँझको समय पारेर भिडियो बनाउनेको भीड लागेको उनले सुनाए। 

सरकारी कम्पनी भए पनि खर्च अभावमा तारबार गर्न नसकिएको कारण यो समस्या आएको राईको तर्क छ। बाली नष्ट हुने खतरा भएपछि समय अगावै काट्नुपर्ने बाध्यता आइलागेको उनले बताए। क्यामोमाइल उत्पादन गर्न धेरै मेहनत पर्ने तर नागरिकले त्यसको महत्त्व नबुझेको राईको गुनासो छ।

“टिकटक र युट्युवमा लाइक्स र भ्युज बढाउन जडीबुटी नास गर्नु त भएन नि! केही गरी साह्रो करायो भने भोलि टिकटकमा हाल्देलान् भन्ने तनाव पनि छ। भन्दा नभएपछि कसको केनै लाग्ने रैछ र! कसलाई भन्ने के गर्ने? सबैले आफैँ बुझे हुने थियो”, उनले भने।

उनका अनुसार अब अगामी वर्ष बीऊको व्यवस्थापनदेखि बाँकी कुरामा ध्यान दिनुपर्ने भएको छ। 'यो अवस्था आउला भनेर सोचिएन। अब क्षतिपूर्ति कसरी गर्ने भनेर समस्या भएको छ', उनले भने। 

क्यामोमाईल अन्तर्राष्ट्रिय बजारमा खपत हुने जडीबुटी हो। यसको तेल विभिन्न औषधीय प्रयोजनमा प्रयोग हुने गरेको छ। राईका अनुसार क्यान्सरको औषधि, निन्द्रा नलाग्ने रोगको औषधिदेखि सुगन्धको लागि क्यामोमाइलको प्रयोग हुने गरेको छ। 

२०५० सालमा स्थापना भएको उत्पादन तथा प्रशोधन कम्पनी पछिल्लो समय अभावको चपेटामा परेको छ। विगतमा आर्थिक अभाव मात्र झेलेको कम्पनीमा पछिल्लो समय जडीबुटीकै अभाव हुन थालेको छ।  

तरहरामा २५ र बेलबारीमा ७० हेक्टर क्षेत्रफलमा जडीबुटी खेती हुँदै आएको छ। पछिल्लो समय क्यामोमाइलसँगै सिटोनेला, लेमनग्रास, पामारोजा, फ्रेन्च वेलिस, मेन्था, मसलालगायतका जडीबुटी पनि खेती हुँदै आएका छन्।

२९ फागुन, २०७८, ०८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।