डिप्रेसन र अटिजमबाट गुज्रिरहेकी २९ वर्षीय युवतीले जब इच्छामृत्यु रोजिन्...

डिप्रेसन र अटिजमबाट गुज्रिरहेकी २९ वर्षीय युवतीले जब इच्छामृत्यु रोजिन्...

एजेन्सी : नेदरल्याण्ड्समा तनावबाट पीडित एक २९ वर्षीय युवतीलाई इच्छामृत्युको अनुमति दिइएको छ। ती युवतीको नाम जोरया टेर बेक हो।

उनी जर्मनीको सिमाना नजिकै नेदरल्याण्ड्समा बस्छिन्। उनले साढे तीन वर्षदेखि नेदरल्याण्ड्स प्रशासनलाई इच्छामृत्युका लागि मनाउने प्रयास गरेकी थिइन्। द गार्डियनका अनुसार यो महिना उनको मृत्यु हुनसक्छ।

जोरया धेरै वर्षदेखि अटिजम र असहनीय मानसिक समस्यासँग संघर्ष गरिरहेकी छन्। अटिजम भएको व्यक्तिले आफैंलाई प्रहार गर्छ र चोट पुर्याउँछ। उसलाई आत्महत्या गर्ने सोच आइरहन्छ। त्यसपछि जोरयाले आफ्नो समस्याको समाधान नभएको महसुस गर्दै इच्छामृत्युको माग गरेकी थिइन्।

तर, उनी शारीरिक रूपमा पूर्ण रूपमा फिट छिन्। यस्तो अवस्थामा उनको इच्छामृत्युको स्वीकृतिमा प्रश्न भने उठिरहेको छ। मानसिक रोगबाट ग्रसित मानिसहरूले इच्छामृत्युलाई अपनाउने गरेको बताउँछन्। जोराया बाल्यकालदेखि नै चिन्ता र आघातको सिकार थिइन्।

जोरयाले द गार्डियनलाई बताए अनुसार उनको समस्या बाल्यकालबाट सुरू भएको थियो। उनी क्रोनिक डिप्रेसन, एन्जाइटी, ट्रमा र पर्सनालिटी डिसअर्डर जस्ता समस्याबाट पीडित हुन थालिन्। यसबाहेक उनलाई अटिजमको समस्या पनि थियो। यसैमा उनी आफैंलाई दुःखी बनाउन थालिन्।

जोरायाले आफ्नो रोगसँग लड्न इलेक्ट्रोकन्भल्सिभ थेरापी (इसीटी) को ३० भन्दा बढी उपचार गराइन्। यसमा बिरामीलाई विद्युतीय झट्का दिइन्छ। तर उनको स्वास्थ्यमा कुनै सुधार नआएको जोरयाले बताएकी छन्।

१० वर्षसम्म विभिन्न तरिकाले उपचार गराएपछि निराश भएर अन्ततः स्वस्थ जीवन जिउने आशा त्यागेको जोरयाले बताइन्। त्यसपछि उनले इच्छामृत्युका लागि आवेदन दिएकी थिइन्। उनले इच्छामृत्यु प्राप्त गर्न त्यति सजिलो नभएको बताइन्।  

नेदरल्याण्ड्स इच्छामृत्युलाई वैधानिकता दिने पहिलो राष्ट्र हो। त्यहाँ सन् २००१ मा इच्छामृत्युलाई कानुनी मान्यता दिइएको थियो। नेदरल्याण्ड्समा इच्छामृत्युको लागि स्वीकृति पाएपछि डाक्टरहरूले सामान्यतया अन्तिम मिनेटको प्रक्रिया सम्बन्धित व्यक्तिको घरमा गर्छन्। यस क्रममा बिरामीलाई विशेष प्रकारको इन्जेक्सन दिइन्छ र केही मिनेटमै उनको मृत्यु हुन्छ।

विशेष कुरा यो हो कि यो मामिला मृत्युपछि पनि छानबिन हुन्छ। चिकित्सकको तर्फबाट अलिकति पनि लापरबाही गरेको पाइएमा १२ वर्षसम्म कैद हुनसक्छ। सन् २०२२ मा नेदरल्याण्ड्समा यस कानुनी विधिबाट कुल ८ हजार ५ सय १ जनाले इच्छामृत्यु रोजेका थिए।

जेठ ५, २०८१ शनिबार १६:५०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।