उकेरामा आज : ओली ब्राण्डिङ रोड सोदेखि क्यान्सर विजेताको सफलताको कथासम्म

उकेरामा आज : ओली ब्राण्डिङ रोड सोदेखि क्यान्सर विजेताको सफलताको कथासम्म

नारायणहिटी दरबार अगाडि आयोजित सभामा नेकपा ओली समूहका नेताहरूले संसद् विघटनको औचित्यको पुष्टिमा खर्चिए भने ओलीले आफू राजतन्त्रको पक्षमा रहेको भ्रम मात्र रहेको भन्दै खण्डनमा केन्द्रित भए। उकेराले समेत सो सभालाई प्रमुखताका साथ कभर गर्यो।

उता सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटन संवैधानिक कि गैर संवैधानिक भन्ने बहस जारी नै थियो। नेकपा ओली समूहको शक्ति प्रदर्शनसँगै अन्य विषयलाई पनि प्राथमिकतासाथ उठायो।

उकेराका टप पाँच

कर्णाली प्रदेशसभा अधिवेशन अन्योलमा : दबाब दिने तयारीमा प्रतिपक्ष

उकेराले शुक्रवार बिहान नेकपाको विभाजनले कर्णाली प्रदेश सरकारमा परेको असरबारेको समाचार सम्प्रेषण गरेको थियो। नेकपा विभाजनले सङ्कटमा परेको प्रदेश सरकारले अधिवेशन सार्न गरेको प्रयास र त्यसमा नेकपाको अर्को समूह र काँग्रेसको दाउलाई उजागर गरेका थियौँ। कर्णाली प्रदेशसभा अधिवेशन अन्योलमा : दबाब दिने तयारीमा प्रतिपक्ष

कान्तिपुर गाथा : कथा परिवर्तनको 

उकेराको नियमित स्तम्भ कान्तिपुर गाथामा किशोर नेपालले यो अंकमा कान्तिपुर नगरीको परिवर्तनको कथा उतार्ने प्रयास गरे। उनले लेखे 'कान्तिपुर अहिले पनि अजबको सहर छ। यहाँका मानिसहरू षडयन्त्रमा अभ्यस्त छन्। पहिलो राणा शासक जङबहादुरभन्दा अघि के कति षडयन्त्र भयो रु त्यसको लेखाजोखा चाहिँदैन।' कान्तिपुर गाथा : कथा परिवर्तनको 

दुई क्यान्सर विजेताको सफलता 

आज क्यान्सर दिवसमा उकेराले क्यान्सरलाई पराजित गरेका २ जनाको अनुभवलाई प्रकाशित गर्यौँ। उनीहरूको निष्कर्ष थियो‘रोगलाई हराउन उपचार त चाहिन्छ नै। सँगै आत्मबल समेत बलियो भयो भने सहज हुन्छ।

संसद् विघटन मुद्दामा इजलास–बहसकर्ता ‘जुहारी’

संसद् विघटन संवैधानिक कि गैर संवैधानिक भन्ने कानुनी बहस अहिले सरकारी पक्षको बहसमा केन्द्रित छ। शुक्रवार पनि बहस भयो। बहसको क्रममा रिटको विपक्षमा रहेकाहरूले नेपालको संविधान २०७२ बाहिर रहेर तर्क गरिरहे भने प्रधानन्यायाधीश र न्यायाधीशले उनीहरूलाई नेपालको संविधानमा फर्काउन भरमग्दुर प्रयास गरिरहे। संसद् विघटन मुद्दामा इजलास–बहसकर्ता ‘जुहारी’

ओलीको ब्राण्डिङ सो

नेकपा ओलीको शक्ति प्रदर्शनलाई केवल भाषणको रूपमा मात्र हेरेन उकेराले। प्रधानमन्त्री ओलीका दाबीलाई समेत गम्भीरताका साथ हेरेको थियो। प्राय भाषणमा आफ्ना विरोधीको आलोचना गर्न उनले नक्कली तथ्यको सहारा लिने गर्दै आएका थिए। शुक्रवार पनि यो क्रम जारी रह्यो । उनले दाहाल–नेपाल समूहको नेपाल बन्दमा किसानले पाएको दुखबारे गलत तथ्य बोले। उकेराले प्रार्थमिकता साथ सो झुटको उजागर गर्यो। पछि साउथएसियनचेकले थप तीन विषय गलत भएको उजागर गर्यो। दाहाल–नेपाल समूहलाई शक्ति देखाउन आयोजित कार्यक्रम भनिए पनि कार्यक्रमको शैली प्रधानमन्त्री ओलीको ब्रान्डसङका लागि गरिएको रोड सो जस्तै देखिएको थियो। यो हाम्रो गुडनाइड सामाग्री थियो। ओलीको ब्राण्डिङ सो

२३ माघ, २०७७, २२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।