दाहाल–नेपाल बन्दबारे प्रधानमन्त्री ओलीले भ्रम फैलाए

दाहाल–नेपाल बन्दबारे प्रधानमन्त्री ओलीले भ्रम फैलाए

काठमाडौँ : प्राय आफ्नो सम्बोधनमा नक्कली भाइरल तस्बिर र समाचारलाई उदाहरण दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको अर्को समूह पुष्पकमल दाहाल र माधव नेपाल समूहले आयोजना गरेको नेपाल बन्दमा भएको घटना उल्लेख गर्दा भ्रम फैलाउन उपयोग भएको नक्कली तस्बिरलाई उदाहरण दिएका छन्।

बिहीबार दाहाल–नेपाल समूहले आयोजना गरेको बन्दको क्रममा किसानहरूको तरकारी बाटोमा फालेको तस्बिरहरू भाइरल भएका थिए। उनले दरबारमार्गमा आयोजित शक्ति प्रदर्शनमा गरिएको पक्षमा काम गर्ने भन्ने पार्टीले आयोजना गरेको नेपाल बन्दमा किसानको तरकारी बाटोमा फ्याँक्ने काम गरेको, ट्याक्सी जलाएको भन्दै आलोचना गरेका थिए।

बिहीबार ट्याक्सी जलाइए पनि किसानको तरकारी सडकमा फ्याँकिएको थिएन। बन्दको क्रममा अफवाह फैलाउन एउटा नेपाल र अर्को भारतको पुरानो तस्बिर सामाजिक सञ्जालमा राखेर दाहाल–नेपालको बन्दको क्रममा भएको घटना भनेर भ्रम फैलाइएको थियो। नेपालफ्याक्ट चेकले उल्लेख गरेको थियो।

यस अगाडि पनि आफ्नो सम्बोधनमा ओलीले आफ्नो विरोधीविरुद्ध सामाजिक सञ्जालमा फैलाइएका भ्रामक र तथ्यहीन समाचार र विवरणलाई आलोचनाका लागि प्रयोग गर्ने गरेका छन्।

 

२३ माघ, २०७७, १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।