'पञ्चायकालमा झुटो मुद्दामा १० वर्ष जेल सजाय सुनाइएको थियो, १४ वर्ष बस्नुपर्यो'

'पञ्चायकालमा झुटो मुद्दामा १० वर्ष जेल सजाय सुनाइएको थियो, १४ वर्ष बस्नुपर्यो'

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले पञ्चायतकालमा आफूले झुटो मुद्दामा १४ वर्ष जेल बस्नु परेको बताएका छन्।

बुधबार काठमाडौं जिल्ला कमिटीको कार्यक्रममा पञ्चायतकालमा उनले आफूलाई झुटो मुद्दामा दश वर्षको सजाय सुनाइए पनि नछाडे पछि १४ वर्ष बस्नु परेको बताए।

'मैले जिन्दगीमा भूमिगत बसेर काम गरेको छु। पिटाइ खाएको छु। दश वर्षको सजाय भनेर तोकेको थियो, जाली मुद्दा लगाएर। तर १४ वर्षसम्म नछोडेर थुन्ने काम भयो,' उनले भने।

अध्यक्ष ओलीले राजतन्त्र पक्षधरप्रति लक्षित गर्दै अहिले अस्तित्वमा नरहेकाहरू मौका हेरेर बसेको भन्दै उनीहरू आफ्नो पालो आयो कि क्या हो भन्ने भ्रममा रहेको बताए।

'यो भ्रम हो। यसलाई भ्रममै सीमित राख्नुपर्छ। कुनै अलमलमा पर्नु हुँदैन', ओलीले भने।

अध्यक्ष ओलीले राजधानी सपार्ने कि बिगार्ने भन्ने कुरा काठमाडौंका नेता कार्यकर्तामा निर्भर हुने बताए।

'तपाईंहरू राजधानीका अगुवा। राजधानीका नेता हुनुहुन्छ। राजधानी सपार्ने कि बिगार्ने तपाईंको हातमा छ,' उनले भने ।

७ चैत, २०८०, १६:२९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।