वैशाख महिनामा मात्रै आगलागी र डढेलोबाट २७ जनाको मृत्यु, ५६ करोडको क्षति

वैशाख महिनामा मात्रै आगलागी र डढेलोबाट २७ जनाको मृत्यु, ५६ करोडको क्षति
प्रतिकात्मक तस्बिर

काठमाडौं : गत वैशाख महिनाभर आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ।

२०८१ वैशाख १ गतेदेखि ३१ गतेसम्मको अवधिमा आगलागीका घटनामा परी २१ जना र वन डढेलोका घटनामा परी ६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जनाएको छ।

प्राधिकरणका अनुसार वैशाख महिनामा मात्र आगलागीमा ५० करोड ६७ लाख ६८ हजार ५९० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। 

वन डढेलोको घटनाले ६ करोड ३० लाख ४२ हजार ४०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।

२०८० सालको वैशाख महिनामा आगलागी र वन डढेलोका घटनामा परी १६ जनाले ज्यान गुमाएका थिए भने ३८ करोड ८६ लाख ७१ हजार ८ सय रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो। सोही अवधिमा विभिन्न विपद्का घटनामा परी ३८ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

जेठ ६, २०८१ आइतबार ०८:२१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।