बुटवलमा एम्बुलेन्सको ठक्‍करबाट एक महिलाको मृत्यु

बुटवलमा एम्बुलेन्सको ठक्‍करबाट एक महिलाको मृत्यु

काठमाडौं : बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

आज बिहान बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुंगे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो।

अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर जाँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल–१३ झोलुंगे पुल नजिकै ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। 

एम्बुलेन्सको ठक्करबाट अन्य दुईजना महिला घाइते भएका छन्। घाइते हुनेमा देवीनगरकै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई रहेका छन्। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का नारायणबहादुर  मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

जेठ ६, २०८१ आइतबार ०९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।