ओलीले देउवालाई भने- 'बसौं न, कुरा गरौं न'

ओलीले देउवालाई भने- 'बसौं न, कुरा गरौं न'

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दल कांग्रेसका सभापति देउवालाई बसेर सल्लाह गर्न आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री आलोपालो गर्ने बारे गठबन्धनभित्र कुनै सम्झौता नभएको दाबी गरे।

उनले आफूलाई प्रधानमन्त्री बन्ने इच्छासमेत नभएको बताए।

उनले भने, 'प्रधानमन्त्रीको कार्यकाल बाँडेका चर्चाहरू अखबारमा देखेँ। यस्तो चर्चाले यो सरकार परिवर्तन किन गरेको भन्ने प्रश्नको गरिमा घटाएको छ। यो गलत कुरा हो। बाहिर आएजस्तो १३/१३ वर्ष, वा १५/१५ वर्षको कसैले गरेको छैन। मलाई इच्छा छैन प्रधानमन्त्री बन्ने। मेरो नाम पनि जोडिएको छ क्यार!'

उनले प्रधानमन्त्री जोसुकै होस्। कांग्रेसलाई बसेर कुरा गरौँ न सही रुपमा भनेर भने पनि वर्णाश्रम व्यवस्थामा भात दाल चल्दैन भनेझैँ एमालेसँग कुरा गर्न नचाहेको बताए। 'शेरबहादुर जीलाई फेरि पनि भन्न चाहन्छु। बसौँ न कुरा गरौँ न' उनले भने।

३० फागुन, २०८०, १२:४५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।